तमु सञ्चारकर्मी संघ नेपालको अध्यक्षमा रविन चयन

लमजुङ । लमजुङमा अयोजना गरिएको तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशनले रविन गुरुङ (काठमाडौं) को नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । लमजुङको उक्तरी क्षेत्रमा रहेको क्व्होलासोंथर गाउँपालिका– ६ को पैकोंनाँसा (पसगाउँ) मा शनिबार सम्पन्न महाधिवेशनले रविनको नेतृत्व(अध्यक्षता)मा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।


समितिको उपाध्यक्षमा लाला गुरुङ (काठमाडौं), महासचिवमा रोशनी गुरुङ (कास्की), सचिवमा चित्र गुरुङ (चितवन) र कोषाध्यक्षमा दीपेन्द्र गुरुङ (काठमाडौं) चयन भएका छन् ।


समितिको सदस्यहरूमा मीना गुरुङ (लमजुङ), मनीलाल गुरुङ (कास्की), केशव गुरुङ (गोरखा), सीता गुरुङ (चितवन), गजेन्द्र गुरुङ (नेपालगञ्ज), रोहित गुरुङ (सिन्धुली), नवीन गुरुङ (सुनसरी), कुमार गुरुङ (रुपन्देही), खिमा गुरुङ (कास्की) र किरण गुरुङ (कास्की) चयन भएका छन् । अध्यक्ष मण्डलका अध्यक्ष खिम घलेले पदाधिकारीको घोषणा गर्दै नवनिर्वाचितलाई सपथ खुवाएका थिए । उक्त समितिको कार्यकाल ३ बर्षको रहनेछ ।


तमू सञ्चारकर्मी संघ नेपालका अध्यक्ष मीना गुरुङको अध्यक्षतामा भएको उक्त अधिवेबनका अवसरमा यसअघिका कोषाध्यक्ष लाला घलेले आर्थिक प्रतिबेदन, महासचिव गंगा गुरुङ र सचिव रोशनी गुरुङले प्रतिबेदन प्रस्तुत गरेका थिए ।


कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघ अध्यक्ष डण्ड गुरुङ, तमू सञ्चारकर्मी संघ नेपालका पूर्व अध्यक्ष गणेशमान गुरुङ, संस्थापक अध्यक्ष हुमबहादुर गुरुङ, परिकल्पनाकार भिम गुरुङ, पत्रकार महासंघको लमजुङका जिल्ला अध्यक्ष आश गुरुङलगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत कार्याबाहक अध्यक्ष रविन गुरुङले गरेका थिए । तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल विसं २०६५ मा स्थापना भएको हो । फोटो छ ।

तपाइको प्रतिक्रिया
(Visited 291 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वतन्त्र उम्मेदवारलाई जनताको हितमा काम गर्न सघाउनुपर्छ : महामन्त्री शर्मा