च्याम्पियन लिग: चेल्सी र म्युनिख सफल

लन्डन । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिख र लन्डन क्लब चेल्सी विजयी भएका छन् ।म्युनिखले लाजियोलाई पराजित गरेको हो भने चेल्सीले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई पराजित गरेको थियो ।

आज बिहान सम्पन्न च्याम्पियन लिग अन्तिम १६ को पहिलो लेगमा वायर्न म्यूनिखले लाजियोलाई उसैको घरेलु मैदानमा ४-१ को फराकिलो जीत निकालेको हो ।

खेलको पहिलो हाफको नवौं मिनेटमा लेवान्डोस्कीले गरेको गोलबाट अग्रता कायम गर्न सुरु गरेको वायर्नले पहिलो हाफको समाप्तीसँगै ३-० ले लाजियोलाई पछि पारेको थियो । दोस्रो हाफमा अर्को एक गोल खाँदै ४-० को पछि परेको लाजियोले खेलको ४९औं मिनेटमा सान्तवना गोल गरेको थियो ।

त्यसैगरी आज बिहान सम्पन्न अर्को खेलमा एट्लेटीको म्याड्रिड चेल्सीसँग स्तब्ध बन्न पुगेको छ । आफ्नै घरेलु मैदानमा एट्लेटिको म्याड्रिड चेल्सीसँग शून्यका विरुद्ध एक गोलले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा खेलेको चेल्सीले दोस्रो हाफको ६८औं मिनेटमा गोल गरेपछि यो गोल नै निर्णायक गोल बन्न पुग्यो ।

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाँचथरमा २ वटा वडामा स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा निर्वाचित