Sunday, April 18, 2021
Home Editor-Picks कांग्रेसले भन्यो – तत्काल सत्ता सहकार्यको सोच छैन

कांग्रेसले भन्यो – तत्काल सत्ता सहकार्यको सोच छैन

काग्रेस पर्ख र हेरको रणनीतिमा

,

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वैधानिक रूपमा एकै रहेकाले सत्ता सहकार्यबारे अहिले नै धारणा नबनाउने निष्कर्ष निकालेको छ । नेकपाका दुवै समूहसँग सत्ता सहकार्यका सम्बन्धमा उसले पर्ख र हेरको रणनीति तय गरेको छ ।

बिहीबार सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मिलित बैठकले वैधानिक रूपमा नेकपा एकै रहेकाले हालकै अवस्थामा हतारमा कुनै पनि समूहसँग सत्ता सहकार्यबारे निर्णय नगर्ने निष्कर्ष निकालेको हो ।

संसद् पुनस्र्थापना भएलगत्तै नेकपाका दाहाल—नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल आफैं देउवा निवास पुगेर कांग्रेससँग सत्ता सहयात्रा गर्न आफूहरू तयार रहेको बताएका थिए ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट शक्ति वैधानिक रूपमा एकै रहेकाले अहिले नै कसैको पक्षविपक्षमा उभिने भन्दा उनीहरू कसरी अघि बढ्छन् हेरेर त्यसपछि मात्रै निर्णय गर्ने बताए ।

‘अहिलेसम्म कम्युनिस्ट एकै छन्, अहिले नै कांग्रेसले कसैको पक्ष विपक्षमा केही निर्णय गर्दैन, उनीहरू कसरी प्रस्तुत हुन्छन् हेर्छौं र त्यसपछि मात्रै सोच्ने हो,’ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राजधानीसँग भने ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले कांग्रेसले अहिले नै सत्ता साझेदारीबारे नसोचेको र स्थितिको परिपक्वता हेरेर निर्णय लिने बैठकको निर्णय रहेको बताए ।

‘अहिलेसम्म नेकपा वैधानिक रूपमा एकै छ, कांग्रेसले अहिले नै हतारमा कोसँग मिल्ने भन्ने निर्णय गर्दैन, स्थितिको परिपक्वता पनि हेर्नुपर्छ, संसद्मा उनीहरू कसरी प्रस्तुत हुन्छन् त्यसपछि निर्णय हुन्छ,’ कांग्रेस सहमहामन्त्री महतले बैठकबारे जानकारी दिँदै भने ।

बैठकमा संसद् प्रतिनिधिसभा पुनस्र्थापनापछिका विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो । सो क्रममा सभापति देउवाले नेकपाका दुवै समूहबाट आएका प्रस्तावबारे बैठकलाई जानकारी गराएका थिए ।

‘नेकपाको विवाद अन्तिम टुंगो नलागेसम्म कांग्रेस कसैको पक्ष वा विपक्षमा उभिन सक्दैन अहिले समदूरीमै रहनुपर्छ, बैठकको निचोड यही हो, विधिवत् ढंगबाट नेकपा निचोडमा पुगेपछि कांग्रेसले पनि निचोड दिने ठाउँ आउला,’ नेता अर्जुननरसिंह केसीले भने ।

संसद् पुनस्र्थापना भएलगत्तै कांग्रेससँग प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली समूहले पनि सत्ता सहकार्यको प्रस्ताव गर्दै आइरहेको बताइन्छ । सो विषयमा प्रधानमन्त्री ओलीले निकटका नेतालाई कांग्रेससँगको संवादका लागि खटाएका छन् भने उनी आफैंलेसमेत देउवासँग टेलिफोनमार्फत कुरा गरिसकेका छन् ।

(Visited 73 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

राजेश राई, विश्वमणि सुवेदी र नरेन्द्र साउदलाई कार्वाही

काठमाडाैं ।  प्रेस चौतारी नेपालले उपाध्यक्ष विश्वमणि सुवेदीसहित तीन पदाधिकारीलाई पदमुक्त गरेको छ । चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले हालै सम्पन्न...

कोरोनाबीच नेपाली निर्यात क्षमता सन्तोषजनक

कोरोना महामारीसँगै नेपालको उत्पादन निर्यातमा वृद्धि हुने विश्व बैंकको प्रक्षेपणले नेपालीमाझमा आशाको सञ्चार गरेको छ । जीविकोपार्जनमुखी उत्पादन प्रणाली भएको नेपालमा कोरोना महामारीपछि वैदेशिक...

आइपीएलमा बेङलोरको लगातार दोस्रो जित

नयाँ दिल्ली । रोयल च्यालेन्जर बेङलोरले इण्डियन प्रिमियर लिग (आइपीएल) मा लगातार दोस्रो जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई ६...

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

मुम्बई इन्डियन्सको पहिलो जीत

इन्डियन प्रिमियर लिगको साविक विजेता मुम्बई इन्डियन्सले गएराती सम्पन्न खेलमा पहिलो जीत निकालेको छ । स्पीनर राहुल चहरको उत्कृष्ट बलिङको सहयोगमा कोलकत्ता नाइट राइडर्सलाई...

ट्रेन्डिङ

केही दिन वर्षाको क्रम बढ्ने, बाढी/पहिरोको सम्भावना

काठमाडौँ । आजदेखि तीनदिन मौसम बदली हुने भएकाले मुलुकका विभिन्न क्षेत्रमा विगतको तुलनामा पानी पर्ने क्रम बढ्ने र केही स्थानमा भारी वर्षा हुने भएको...

पर्वपछि देखिन्छ हानिकारक मिठाइकाे असर

नयाँ सडककी गीता श्रेष्ठ जेरी मिठाई खानेबित्तिकै लगातार आएको वान्ताले गत सोमबार वीर अस्पतालको आकस्मिक कक्ष पुग्नु प-यो । मिठाईले विषाक्त भएको सबै कुरा...

सफिक ६ वर्ष प्रतिबन्धित

काबुल । अफगानिस्तान क्रिकेट बोर्डले आफ्ना टोलीका विकेटकिपर ब्याट्सम्यान सफिकउल्लाह सफिकलाई ६ वर्षको प्रतिबन्ध लगाएको छ । खेल मिलोमतोको आरोप पुष्टि भएपछि उनलाई ठूलो...

लम्जुङ पार्टी कार्यालयमा ओली समूहको तालाबन्दी, संयोजक कार्यालय छिर्न पाएनन्

लमजुङ । नेकपाको केन्द्रको किचलो लमजुङको जिल्ला तहमा पनि देखिएको छ । प्रधानमन्त्री एवं नेकपा पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट युवा र विद्यार्थीले नेकपाको...

सन्दीपले गरे रंगशाला निर्माणका लागि सहयोग

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछाने चितवनको भरतपुरमा निर्माणाधीन रंगशालाको निर्माणका लागि धुमुर्स सुन्तली फाउन्डेसनलाई १ लाख ४१ हजार ५ सय...

जारको पानीको पुरानै मूल्य कायम

काठमाडौँ । आफूखुशी व्यवसायीले पानीको मूल्य बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीसँग छलफल गरेको छ । सोमबार विभागमा पानी व्यवसायीसँग भएको...

बैतडीका थप २१ जनामा कोरोना संक्रमण पुष्टि

बैतडी । बैतडीका थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार थप भएकाहरुमा पाटन नगपालिकाका १८, दोगडाकेदार गाउँपालिकाका २ र सुर्नगा...

३ वर्षमा ९० वन्यजन्तु राजमार्ग दुर्घटनामा मरे

बर्दिया । ३ वर्षको अवधीमा बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गमा सवारीसाधनको ठक्करबाट ९० वटा वन्यजन्तु मरेको पाइएको छ । जसमा गत आर्थिक...

प्रेममा सम्बन्ध आफैं हुने कुरा हो

नयाँ पुस्ताकी मोडलका रूपमा कञ्चन चालिसे परिचय बनाउने क्रममा छिन् । नाटकबाट ‘करिअर’ थालेकी उनी सिन्धुली दोभानकी हुन् । त्यहाँबाट बसाईँ सरेर एक दशकदेखि...

रियाललाई बार्साको दबाब कायमै

लन्डन । स्पेनिस लिग फुटबल ला–लिगाअन्तर्गत गए राति भएको खेलमा बार्सिलोनाले रियाल भालाडोलिडलाई १–० ले पराजित गर्यो । यो जितसँगै बार्सिलोनाले रियाल मड्रिडमाथिको दबाब...

पोखरामा नै हुने भयो कोरोना परीक्षण, अब एक घण्टामा नै रिपोर्ट

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना भाइरसको परीक्षण हुने भएको छ । पोखरामा नै कोरोना भाइरसको परीक्षण हुनुपर्ने भन्दै चौतर्फी आवाज उठिरहेको अवस्थामा...

सर्लाहीमा एकैदिन ३८ जनामा कोरोना संक्रमण, संक्रमित सबै भारतबाट आएका

सर्लाही । सर्लाहीमा एकैदिन ३८ जनामा कोरोना संक्रमण देखिएको छ । कविलासी नगरपालिकामा ३ जना महिलासहित ३६ र हरिपुर नगरपालिकामा १ जना महिला गरी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)