भ्याक्सिन्ड पर्यटक र एक्सपिरियन्स्ड पर्यटन

कोभिड–१९ महामारीले थलिएको पर्यटन क्षेत्र विस्तारै भ्याक्सिन्ड पर्यटनको नाममा तंग्रिन खोज्दै छ । कोरोना महामारी नियन्त्रण गर्न विश्वभर भ्याक्सिन लगाउने कार्य तीव्र गतिमा बढिरहेको छ । बीबीसीले सन् २०२१ को पहिलो चौमासिकसम्ममा विश्वका करिब १० प्रतिशत मान्छेले भ्याक्सिन लगाउने जनाएको छ । यसबाट के देखिन्छ भने केही वर्षसम्म विश्वमा भ्याक्सिन्ड टुरिज्मको वर्चस्व रहनेछ । भ्याक्सिनको उत्पादन र प्रयोगको प्रारम्भले मात्र चलायमान बनेको विश्व अर्थतन्त्र खोप लगाउने क्रमको वृद्धिसँगै भ्याक्सिन्ड टुरिज्म बढ्ने निश्चित छ । भ्याक्सिन्ड टुरिज्मसँग पर्यटनको क्षेत्रमा देखिएको एक्सपिरियन्स्ड (अनुभवमुखी) पर्यटन प्रवृतिको लर्को पनि लाग्नेछ । यसकारण नेपालमा पनि भ्याक्सिन्ड पर्यटकको स्वागतका लागि एक्सपिरियन्स्ड पर्यटन विकासका लागि आवश्यक प्रबन्ध तत्कालै मिलाउनुपर्छ ।

विश्वका सबै देशमा पर्यटन क्षेत्र आर्थिक विकासको महŒवपूर्ण आधार स्तम्भका रूपमा स्थापित भइसकेको छ । पर्यटन भनेको आर्थिक सामाजिक सांस्कृतिक, वातावरण, ऐतिहासिक एवं भौगोलिक स्थिति हो जसले मान्छेलाई व्यक्तिगत वा पेसागत वा व्यावसायिक उद्देश्यले देशदेश र ठाउँठाउँ घुम्न वा हेर्न पे्ररित गर्ने गर्छ । विश्वव्यापीकरणसँगै पर्यटन व्यवसाय पनि फस्टाएको छ । पर्यटन व्यवसायले हरेक देशको आर्थिक गतिविधिमा गतिशिलता ल्याउने गरेको पाइन्छ । पशुपतिनाथ, सगरमाथा, लुम्बिनी, अनुपम भौगोलिक सुन्दरता तथा नेपाली संस्कृति पर्यटक आर्कषणका स्रोत हुन् । विस्तारै पर्यटकको रुचि र पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले साहसिक पर्यटनले पनि ठाउँ बनाउँदै गएको थियो ।

समयसँगसँगै पर्यटकको रुचि चाहना र स्वाद परिवर्तन हँुदै गएको छ । बनावटी रमझम वा कृत्रिम स्वागत वा मेकनाइज्ड रूपमा विकसित स्वाद वा आधुनिक लवाइभन्दा छुट्टै पर्यटक आफैं सहभागी भई आफैंले अनुभव गर्न सक्ने स्थानीय खानाको स्वाद, खाना बनाउने दृश्य, सांस्कृतिक चालचलनको मज्जा र आफ्नो अनुभवलाई स्मरणीय बनाउने उद्देश्य लिएर आउने पर्यटकको चाहना एक्सपिरियन्स्ड (अनुभवमुखी) पर्यटन भनिन्छ । पर्यटन उद्योग वा व्यवसाय पर्यटकको इच्छानुसार हुने र हुनुपर्ने भएकाले वर्तमान पर्यटन व्यवसाय अनुभवमुखी पर्यटनतर्फ मोडिएको छ ।

इन्डोनेसियाको बाली पारिवारिक भ्रमणमा गएका बखत गाइडले हामीलाई लुवाक कफी उत्पादन गार्डेनमा पु¥याए । बगैंचा बगैंचा नभएर जंगलजस्तै थियो । खोल्साखाल्सी होचाहोचा पहाडका थुम्कामा हरिया रूखको दृश्य सुन्दर थियो । कफी लटरम्म फलेको थियो । हामीलाई कफी टिप्न लगाए । छोराछोरी र हामी दुईले रमाउँदै कपी टिप्यांै । कफी लगेर बिरालोजस्तो जनावर लुवाक खान दिन लगाए । हामीले दिएको कफी लुवाकले मज्जासँग खायो । हामी केहीबेर यताउता हेर्न चाल्यौं । हामीलाई भिन्नभिन्न १० स्वादका कफी १० दसवटा कपमा राखेर ट्रे दिए । हामीले रमाउँदै कफी स्वाद लिईलिई पियौं । झन्डै १ घण्टापछि लुवाकले गोब्य्रायो, कफीको गेडा । त्यहाँको मानिसले हामीलाई गेडा पखाल्ने भनेर सोधेको थियो हामीले नाइँ भन्यौं । त्यसपछि धोएको गेडा भुटन हाँडीमा हामी आफंैले हाल्यौं । रोस्ट भएपछि उनीहरूले हामीलाई गेडा पिस्न सिकाए । हामी चारै जनाले पालैपालो पिस्यौं । हामीले धुलो बनाएको कफी प्याकिङ ग¥यांै र आफैंले किन्यो । कति राम्रो अनुभव र कति राम्रो बिक्री कला ? यो नै एक्सपिरियन्स्ड पर्यटनको सटिक उदाहरण हो ।

भ्याक्सिनको उत्पादन र प्रयोगको प्रारम्भले मात्र चलायमान बनेको विश्व अर्थतन्त्र खोप लगाउने क्रमको वृद्धिसँगै भ्याक्सिन्ड टुरिज्म बढ्ने निश्चित छ

पर्यटक मेकानिकल दैनिक जीवन पद्धतिबाट फरक खालको स्थानीय प्राकृतिक सुन्दरता र स्थानीय जीवनशैली र जीवन प्रक्रियाको अनुभव लिन भोका देखिन्छन् । पर्यटक नेपाली खाना खान रुचाउने विगतको प्रवृतिबाट अब उनीहरू नेपाली खाना आफंै बनाएर खान उत्सुक हुने, गुन्द्री मान्द्रो डोका, थुन्से, घुम, चकटी, ढकी बुनेको, गुन्द्रुक बनाएको, मस्यौरा, तितौरा पारेको, भक्का बनाएको, जाँतोमा दाल, पिठो पिनेको ढिकीमा धान चिउरा कुटेको हेर्न मात्र होइन सो कार्यमा आफैं सहभागी हुने रमाउने इच्छा राख्छन् । गोरुगाडा चढ्न, हलो जोत्न, धान कोदो रोप्न, मकै गोड्न चाहन्छन् । तरकारीबारीमा तरकारी फल्दै र पाक्दै गरेको आफैंले अनुभव गर्न चाहने पर्यटन प्रवृति बढदै गएको छ । यस प्रकारको अनुभवमुखी अर्थात् (एक्सपिरियन्स्ड टुरिज्म मोटिभमा घुम्न आउने पर्यटकलाई आकर्षण गर्न विश्व समुदायसँग प्रतिस्पर्धा गर्न हामी तयार हुनुपर्ने भइसकेको छ ।

एक्सपिरियन्स्ड टुरिज्म पर्यटन क्षेत्रमा आएको एउटा नवीन प्रवृति हो । पहिलेझंै अब पर्यटक टेबलमा बसेर लुरुलुरु खान, बाटोमा लुखुरलुखुर हिँड्न र कोठामा बसेर टिभी हेर्न घर छोडेर हिँड्दैनन् वा अर्को देश आउँदैनन् । सँधै सबै पर्यटकलाई सगरमाथा र माछापुच्छे«ले आर्कषण नगर्न सक्छन् । यस यथार्थलाई पर्यटन क्षेत्रका नीति निर्माता, व्यवसायी र सरोकारवाला सबैले बुझनुपर्ने भएको छ । हाम्रो पर्यटन व्यवसाय एक्सपिरियन्स्ड टुरिज्म मोटिभमा आउने पर्यटकलाई आकर्षण गर्न त्यसप्रकारका सुविधा उपलब्ध गराउन तयार बन्नुपर्छ । कसरी पर्यटकलाई आफ्नो जीवन पद्धतिमा सहभागी र क्रियाशील बनाउन सकिन्छ भन्नेतर्फ पनि केन्द्रित हुनुपर्छ । यस सन्दर्भमा केही रणनीतिक तथ्य यहाँ छलफलका लागि उठाइएको छ ।
नीतिगत दृष्टिकोण परिवर्तन पहिलो रणनीति हुनुपर्छ । पर्यटन नीतिले परम्परागत मार्गबाट अलग भई पर्यटकको उमेर, चाहना र नवीन अनुभवलाई समेटनुपर्ने देखिएको छ । हाम्रो देश विशाल जनसंख्या भएका दुई छिमेकी देश भारत र चीनको बीचमा रहेको तथ्यलाई केन्द्रमा राखी पर्यटन नीति निर्देशित हुन उचित देखिन्छ । अर्जेन्टिना र न्युजिल्यान्डबाट भन्दा चीन र भारतका पर्यटक नै तुलनात्मक रूपमा हाम्रो देशमा धेरै आउने सम्भावना बढी भएकाले सोअनुरूप नै हाम्रा पयटकीय गतिविधि हुनुपर्छ र व्यक्तिगत सुरक्षाको प्रत्याभूति दिनुपर्छ ।

आजसम्म हाम्रो देशमा भारतबाट धार्मिक पर्यटक मात्र आएका छन् । हामीले भारतीय युवालाई नेपाल भ्रमण गर्न प्रेरित गर्न चासो दिएका छैनांै वा ध्यान नपुगेको हो यसमा सुधार हुनुपर्छ । चीनको सिने चरित्र अभिनेत्री सु क्विनले पोखरामा प्याराग्लाइडिङ गरेपछि चाइनिज युवामा पोखरा तीर्थस्थलजस्तै बनेको छ ओइरिएका छन् ।

समाज, संस्कृति, परम्परा र वस्तु उत्पादनलाई पर्यटन सेवा उन्मुख बनाउन पर्यटन विकास नीतिलाई अन्य विकास नीतिमा आबद्ध गरी नीतिबीच सहयोगात्मक सम्बन्ध स्थापित गर्न पनि जरुरी छ । यस पृष्ठभूमिमा हाम्रो पर्यटन नीतिको पुनरावलोकन आवश्यक बनेको देखिन्छ ।

पर्यटन व्यवसायको संरचना परिवर्तन दास्रो रणनीति हुन्छ । अनुभवमुखी पर्यटन प्रवद्र्धनलाई समग्र पर्यटन व्यवसायसँग आबद्ध गर्न आवश्यक भएकाले सबै पर्यटन व्यवसायको पुनर्संरचना गर्नुपर्नेहुन्छ । पर्यटक ठूलाठूला होटलमा बस्नुको सट्टा होमस्टे रोज्ने प्रवृति बढ्दै गएको देखिन्छ । त्यो प्रवृत्ति पैसा जोगाउन भन्दा स्थानीयता सिक्न र बुभ्mन हो । यसकारण, होमस्टेदेखि ठूलाठूला होटलमा समेत नेपाली खाना, मःमः, मस्यौरा, बनाउने, भिन्नभिन्न जातजातिका ड्रेस लगाएर पर्यटकलाई डान्स गर्न पे्ररित गर्नेजस्ता प्रयोजनका लागि संरचना निर्माण परिवर्तन गर्नुपर्छ । पर्यटकलाई नेपाली खुकुरी, डाँफे चरी, नेपालको झन्डा ढिकी, जाँतो, ठेकी मदानी, ढकी, पेरुङ बनाउन सिकाउने, बाजा बजाउन सिकाउने, उनीहरूलाई सहभागी बनाउने र बनेको वस्तु उनीहरूलाई नै बेच्नेजस्ता कार्यक्रम रमाइलोसँग प्रस्तुत गर्नुपर्छ ।

साथै, बारीमा फलेको तरकारी टिप्न लैजाने पकाउन लगाउने, हरियो मकै भाचेर पोल्न उसिन्न सहभागी गराउने, गहुँ झार्न, धान झार्न, दाइँमा परालमा गुडुल्किन सहभागी गराउन प्रेरित गर्न र त्यसको लागत उठाउन पनि सरल हुन्छ । धार्मिक स्वीकृतिका आधारमा हाम्रा जात्रामेला, पूजाआजा, चालचलनमा सहभागी गराउन पनि सकिन्छ । गाउँमा हलो जोत्ने, धान, मकै रोप्ने, जाँतोमा कोदो फपरको पिठो पिस्ने, ढिकीमा चिउरा कुट्ने, रोदीमा नाँच्ने, लाखे नचाउने, गाईभैंसी दुहुने, मोही पार्ने, ताडीको रूखबाट ताडी भर्न लगाउने, जाड बनाउने र बनाएको प्रक्रिया देखाउन उनीहरूलाई सँगसँगै राख्ने र खुसी बनाउने गर्न सकिन्छ । यसबाट पर्यटक हाम्रा घरघर पुग्ने र पर्यटकको आगमनबाट आम्दानी बढ्ने भएको कारण घरगाउँ सफा बनाउने प्रेरणा मिल्छ । हाम्रा संस्कृतिको जगेर्ना हुन्छ भने पर्यटकको बसाइँ लम्ब्याउन पनि मद्दत मिल्छ ।

सम्पूर्ण नेपाली समाजलाई एक्सपिरियन्स्ड टुरिज्मको विकास र विस्तारमा योगदान दिन प्रेरित गर्नेगरी नीति र कार्यक्रमले बोल्न सक्नुपर्छ

हाम्रा बिर्सेका प्राचीन प्रचलन र संस्कृतिको महŒव दिन दिनै बढ्दै गएको छ । हरेक देशले आफ्नो इतिहासलाई संरक्षण र प्रवद्र्धन गरेर पर्यटक तान्ने चुम्बक बनाएका छन् । हामी हाम्रो ऐतिहासिक सम्पदा र प्राकृतिक वन वातावरण जोगाउन पछि परेका छांै । हरेक गाउँ वा जिल्लाको विशेषता देखाउन, इतिहासका कथा, लोककथा जोगाउन र सुनाउन सकेका छैनांै । इतिहास र संस्कृति हाम्रो सभ्यताका चिनारी हुन् । हाम्रा आफना प्रचलन, संस्कृति, सम्पदा, इतिहास र साहित्यको खोजीखोजी संरक्षण र संवद्र्धन गर्न सरकार, नागरिक र सरोकारवाला सक्रिय बन्नुपर्छ ।

पर्यटनकर्मीका लागि तालिम तेस्रो रणनीति हुन्छ । पर्यटकको स्वागत सीप र कला पर्यटक आर्कषणको एक महŒवपूर्ण पक्ष हो । आफूसँग भएको वस्तुसेवाका ’bout पर्यटकलाई बुझाउन सक्ने, रमाइरमाइ हाँसीहाँसी उनीहरूको स्वागत गर्ने क्षमता र कला अर्को आवश्यक सीप हो । पर्यटकले बोल्ने भाषाको केही न केही जानकारी हुनु अर्को महŒवपूर्ण पाटो हो । तापनि कम्प्युटर वा लेख्य सामग्रीको प्रयोगले सञ्चारका लागि भाषा अपरिहार्य देखिँदैन । आजभोलि पर्यटक भाषा अनभिज्ञताको स्थितिमा स्थानीयसँग कनिकुथी सञ्चार गर्न झन् आर्कषित भएको पाइन्छ । यसकारण एक्सपिरियन्स्ड गर्न चाहने पर्यटकलाई आर्कषित गर्न सभ्यता र सरसफाइ नै महŒवपूर्ण विषय बनेको देखिन्छ ।

मालदिभ्सले पर्यटन क्षेत्रलाई देशको आर्थिक विकासको मेरुदण्ड बनाएको छ । तर, हामी त्यो अवस्थामा पुगेका छैनौं । आर्थिक सर्भेक्षणअनुसार आर्थिक वर्ष २०७६÷७७ मा हाम्रो देशको कुल ग्रार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान केवल १ दशमलव ४ प्रतिशत मात्र रहेको छ । हामीले पनि पर्यटनलाई आर्थिक विकासको आधारस्तम्भ बनाउनुपर्छ । पर्यटन क्षेत्रलाई सारभूत रूपमा विकास गर्न पर्यटकको चाहनालाई मध्यनजर राख्दै पर्यटन व्यवसायको उत्परिवर्तन गर्न जरुरी भएको छ । विश्वभर पर्यटकले आफंै सहभागी भएर आनन्द लिन सक्ने पर्यटन सेवाको विकास गरेर अनुभवमुखी पर्यटनलाई आर्कषण र प्रवद्र्र्धन गर्न प्रतिस्पर्धा बढेको यर्थाथलाई आत्मसात् गर्दै भ्याक्सिन्ड पर्यटकलाई भिœयाउन एकातिर स्वास्थ्य सुरक्षाका न्यूनतम कुरा सरसफाइ र सावधानी तथा आवश्यक स्वास्थ्य सेवासुविधा उपलब्ध गराउन आवश्यक हुन्छ ।

अर्कोतिर पर्यटकले आफैंले अनुभव गर्न सक्ने पर्यटकीय वातावरण बनाउन सोहीअनुरूप पर्यटकीय संरचना निर्माण, कृषि उत्पादन र संस्कृतिको विकास गर्नुपर्छ । साथै, सम्पूर्ण नेपाली समाजलाई एक्सपिरियन्स्ड टुरिज्मको विकास र विस्तारमा योगदान दिन प्रेरित गर्नेगरी नीति र कार्यक्रमले बोल्न सक्नुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

अखिलको २३औं सम्मेलनः अध्यक्षका लागि ६ जना प्रतिस्पर्धामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दलले छानेकालाई अस्वीकृत गर्दै मतदाता