Wednesday, April 14, 2021
Home प्रदेश प्रदेश ३ राउत क्षत्री सेवा समाज नेपालको १३ औ साधरणसभा सम्पन्न

राउत क्षत्री सेवा समाज नेपालको १३ औ साधरणसभा सम्पन्न

,

काठमाडौं । राउत क्षेत्री सेवा समाज नेपालको १३औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजका अध्यक्ष ई. भगवान बहादुर राउतको अध्यक्षता तथा पूर्ब सांसद बिष्णुबहादुर राउतको प्रमूख आतिथ्यमा सभा सम्पन्न भएको थियो ।

कार्यक्रममा पूर्व सांसद भेषकुमारी राउत (कोपिला), नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का उपाध्यक्ष तथा उद्योगपति राजेन्द्र राउत, सस्थापक अध्यक्ष ईन्जिनियर मीनबहादुर राउत, समाजका पूर्व का.वा.अध्यक्ष कालिदासबहादुर राउत, समाजको भवन निर्माण गर्ने जग्गादाता हरि बहादुर राउत, कर्णेल विनोद राउत, समाजसेवी तथा राजनीतिज्ञ ईश्वर मणि राउत, समाजसेवी तथा व्यवसायी नरेन्द्र राउत (कमल), व्यवसायी तथा समाजसेवी दीपक राउत, समाजसेवी बिष्णु राउत, (गोपाल), समाजसेवी कमल राउत, संस्थापक उपाध्यक्ष सर्जु राउत, इन्जिनियर ओम राउत, प्रध्यापक राजेन्द्र राउत, लोक गायक बद्री राउतलगायत देशभरका विशिष्ट राउत बन्धुहरुको उपस्थिति रहेको थियो ।

काठमाडौको नयाँबानेश्वरमा रहेको काठमाडौ ब्याङ्केटमा भएको उक्त सभामा देशभरबाट करिब ६ सय राउतहरुको उपस्थिति रहेको थियो । सभामा मन्तव्य राख्दै प्रमुख अथिति पूर्वसांसद बिष्णुबहादुर राउतले समाजले राउत बंशको उत्थान भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।

पूर्वसांसद भेषकुमारी राउत ‘कोपिल’ले समाजको उत्तरोत्तर प्रगतिका कामना गर्नुभएको थियो । समाज र बन्धुहरुको हितमा काम गर्नेहरु अवको नेतृत्वमा जानुपर्ने भन्दै उहाँले नयाँ कार्यसमितिलाई शुभकामना दिनुभएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का उपाध्यक्ष राजेन्द्र राउतले केन्द्रीय कार्यालय भवन निर्माणको लागि जग्गादाता हरिबहादुर राउतको प्रशंसा गर्दै धन्यवाद समेत दिनुभएको थियो । आफूले पनि केन्द्रीय कार्यालय भवन निर्माण गर्न ५ लाख रुपैयाँ सहयोग गरेको भन्दै आवश्यक परेमा अन्य सहयोग समेत गर्न तयार रहेको बताउनुभयो ।

जग्गादाता हरिबहादुर राउतले मन्दिर निर्माण गर्न थप २०ह्३० फिट जग्गा उपलब्ध गराउने घोषणा गर्नुभयो । आमाको नामको जग्गा आफूहरुले दिएको बताउँदै उहाँले अहिले जग्गामा भवन तयार भएपनि आमाले हेर्न नपाएकोमा भन्दै भावुक हुनुभयो । सभामा ईश्वरमणी राउत, नरेन्द्र राउत (कमल), रामेश्वर राउत ‘मातृदास’ सर्जु राउत, विनोद राउतलगायतले मन्तव्य राख्नुभएको थियो ।

सभामा महासचिव गोविन्द राउतले पेश गर्नुभएको कार्यप्रगतिको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष श्याम राउतले पेश गर्नुभएको आर्थिक प्रतिवेदन सभाले पारित गरेको थियो । सभामा समाजका सह–अध्यक्ष अभिमन्यू राउतले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन उपाध्यक्ष नेत्र राउतले गर्नुभएको थियो ।

नयाँ कार्यसमिति चयन
यसैबीच समाजको १३औं बार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले ईन्जिनियर भगवान राउतलाई पुनः अध्यक्षमा चयन गरेको छ । भगवानबहादुर राउतसँगै अध्यक्षमा उम्मेद्वारी दिनुभएको कृष्ण राउत (खोटाङ), आनन्दकुमार राउत (सिराहा)ले आफ्ना उम्मेद्वारी फिर्ता लिएपछि ईन्जिनियर भगवान राउत निर्विरोध निर्वाचित हुनुभएको थियो ।

त्यसैगरी सह–अध्यक्ष दुई पदका लागि ३ जनाको उम्मेद्वार परेको थियो । पूर्वउपाध्यक्ष एबम व्यवसायी नकुल राउतले आफ्ना प्रत्यासी उम्मेद्वार दिनुभएका उद्योगी अस्मिन राउत र संस्थापक सदस्य हरि कृष्ण राउतलाई समर्थन गर्दै उम्मेद्वारी फिर्ता लिएपछि सह–अध्यक्ष पदमा पनि निर्विरोध भएको थियो ।

त्यस्तै उपाध्यक्षहरुमा पूर्ब महासचिवद्वय मेघबहादुर राउत, गोविन्द राउत र निवर्तमान केन्द्रीय सदस्य भिमबहादुर राउत निर्वाचित हुनुभएको छ । त्यसैगरी निवर्तमान कोषाध्यक्ष श्याम राउत महासचिव पदमा चयन हुनु भएको छ ।

सभाले समाजसेवी शिशुपाल राउतलाई सचिव पदमा, सञ्चारकर्मी धनबहादुर राउत (रोशन) लाई सह–सचिवमा, निवर्तमान केन्द्रीय सदस्य इराजकुमार राउत कोषाध्यक्षमा, राउत क्षत्री सेवा समाज काठमाडौ जिल्ला उपाध्यक्ष प्रधुम्न राउत स–कोषाध्यक्ष पदमा चयन भएका छन् ।

सभाले सदस्यहरुमा भने राजु राउत, लोकेन्द्रबहादुर राउत (आर.सी.), सुजन राउत कविता राउत, विजय राउत, मोहनबहादुर राउत, विशाल राउत, बसन्त राउत, देवेन्द्रबहादुर राउत, बिनोदकुमार राउत, इन्द्रबहादुर राउत र रामबहादुर राउतलाई चयन गरेको छ ।

त्यस्तै अधिवक्ता हरिबहादुर राउतको संयोजकतामा कानुन व्यवसायी तथा साहित्यकार रामेश्वर राउत ( मातृदास) सदस्य, अधिवक्ता भरत राउत रहेको ३ सदस्यीय निर्वाचन मण्डलले उक्त नयाँ कार्यसमिति चयनको घोषणा गरेको थियो ।

सर्वसम्मत गराउन समाजसेवी ईश्वरमणि राउत, युवा नेता नरेन्द्र राउत, व्यवसायी दिपक राउतलगायतको प्रयास पछि सर्वसम्मत कार्यसमिति चयन भएको थियो ।

नयाँ कार्यसमितिका तर्फबाट समाजका नवनिर्वाचित अध्यक्ष भगवानबहादुर राउतले भवन निर्माण सम्पन्न सँगै कुलायन मन्दिरको निर्माण कार्य चाँडै थालनी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले देशभरका राउत दाजुभाई, आमा, दिदी बहिनीहरुलाई एकताबद्ध गर्दै आगामी दिनमा सबैको हित हुने र समाजको प्रतिष्ठालाई उचाईमा पु¥याउने विभिन्न गतिविधि गर्ने बताउनुभयो ।

(Visited 163 times, 1 visits today)
Loading comments...

आजको समाचार

लहानमा सलहेश फुल हेर्नेको घुइँचो

लाहान । सिरहाको लहान नगरपालिकाका २२ मा अवस्थित ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल सलहेश फुलबारीमा आजैका दिन मात्र फुल्ने फुल हेर्न श्रद्धालु भक्तजनहरुको विहानैदेखि...

सप्तरीमा लाग्ने ऐतिहासिक मेला प्रशासनको निर्देशनपछि स्थगित

सप्तरी, राजविराज । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको...

‘हेर्देउन मायाले’

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको 'हेर्देउन मायाले' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित यस गीतमा लभद्रकला आङबुहाङ राईको...

गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, चारको अवस्था गम्भिर

गुल्मी । गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना गम्भिर घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेकमा लु २...

अभिनेता अभिनेत्रीलाई २०७८ को आशा

काठमाडौं । नेपाली चलचित्र उद्योगका लागि २०७७ साल सबैभन्दा निराशको वर्ष बन्यो । वर्षभरिमा जम्मा चारवटा मात्र नयाँ नेपाली चलचित्र रिलिज भयो । त्यसैले...

साताका लोकप्रिय समाचार

सांसद पद गुमाएका चार मन्त्रीको पुर्ननियुक्ति, ५ बजे सपथ

काठमाडौं । सांसद पद गुमाएका चार जना नेकपा ओली समुहका नेताले शुक्रबार मन्त्री पदको शपथ लिने भएका छन् । माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका...

१२ वटा शहरलाई स्मार्ट सिटी बनाउने मन्त्री प्रभु साहकाे याेजना अघि बढ्याे

काठमाडौं । नेपाल सरकारले देशैभरी एकैपटक १२ वटा शहरलाई स्मार्ट सिटीको रुपमा निर्माण एवं वातावरणीय अध्ययन प्रक्रिया अगाडी बढाउँने भएको छ । शहरी विकास मन्त्री...

सिँगटीमा जिप खस्दा चार जनाकाे मृत्यु

दाेलखा ।  दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा जिप खस्दा चार जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । मृत्यु हुनेमा बिगु–३ का...

बलात्कार प्रयासपछि हल्ला हुने डरले बालिकाको हत्या

मुगु । मृत अवस्थामा भेटिएकी नौ वर्षीया लक्ष्मी चौलागाईंको बलात्कार प्रयासपछि ‘हल्ला हुने डर’ ले हत्या गरिएको खुलासा भएको छ । बालिका श्री ग्रिलाह...

सेयर बजारमा नयाँ रेकर्ड, नेप्से सूचक २७ सय विन्दु नजिक

काठमाडाैं ।  नयाँ वर्ष लाग्नै लाग्दा सेयर बजारमा चमक देखिएकाे छ । माइक्रोफाइनान्स, बैंक, विकास बैंक, निर्जीवन बिमा लगायतका समूहमा चमक देखिएको छ । ...

ट्रेन्डिङ

दुई फिल्म नसक्दै पारसमा जोडिए अनमोल

काठमाडौं । तीन महिनामा तीनवटा फिल्ममा अनुबन्धित भएका अभिनेता अनमोल केसी मंगलबार फेरि अर्को नयाँ चलचित्र ‘पारस’मा अनुबन्धित भएका छन् । आफ्नै गृह...

कोरोना जितेर घर फर्किइन् अभिनेत्री निरिशा

मुम्बई । अभिनेत्री निरिशा बस्नेत कोरोना संक्रमणबाट मुक्त भएको उनका पिता एवं अभिनेता विश्व बस्नेतले बताएका छन् । विगत चार वर्षदेखि मुम्बईमा बसेर उतै...

लकडाउनमा सवारी साधन चलाउनेमाथि प्रहरीको एक्सन : तीन सय बढी सवारी साधन समातियो

काठमाडौं । कोरोना भाइरस (कोभिड–¬१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ३०० भन्दा बढी सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ...

नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

जेनेभा । कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यो सङ्क्रमण विश्वका ६० देशमा पुगिसकेको...

संखुवासभामा प्रहरी र विप्लव समूहबीच गोली हानाहान

सखुवासभा । संखुवासभा चैनपुर नगरपालिकामा प्रहरी र विप्लव कार्यकताबीच गोली हानाहान भएको छ । गस्तीमा रहेको प्रहरी टोली र विप्लव कार्यकताबीच गोली हानाहान भएको...

कोरोनाविरुद्ध अक्षय कुमारको २५ करोड सहयोग

मुम्बई । यतिबेला विश्वमा कोरोना भाइरसले आफ्नो संक्रमण बढाइरहेको छ । यसको प्रभाव भारतमा पनि तीव्र रूपमा बढिरहेको छ । यसै क्रममा बलिउड अभिनेता...

उपराष्ट्रपतिकी श्रीमती पक्राउ

हरारे । मुद्रा अपचलन गरेको आरोपमा जिम्बाबेका उपराष्ट्रपतिकी श्रीमती पक्राउ परेकी छिन् । उपराष्ट्रपति कोन्स्टान्टीनो चिवेङगाकी श्रीमतीलाई पक्राउ गरिएको जिम्बाबेको भ्रष्टाचार विरुद्धको आयोगका अधिकारीले...

तस्विरमा प्रतिनिधिसभा विघटन विरुद्ध प्रर्दशन

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहले शुक्रवार काठमाडौंमा शक्ति प्रर्दशन गरेको छ । काठमाडौंको विभिन्न स्थानहरुबाट निस्किएको जुलुस रत्नपार्कमा...

मानव तथा पशुअधिकारको अन्तर्य

प्राणीमा प्राणनिहित हुन्छ । प्राण नभएका वस्तु हुन् । प्राणी हैनन् । निष्प्राण हुन् । समस्त प्राणीमा प्राणनिहित भएबाट समान हुन् । प्राणनिहित हुनुका...

पर्यटन : कोतडाँडाबाट काठमाडौं छर्लङै

‘हाम्रोमा २१ जनासम्म बसेका छन्,’ कोरोना महामारी छेकोमा पारिलो घाम तापेर मोबाइल चलाइरहेकी शान्ति श्रेष्ठ भन्दै थिइन्, ‘एकरात बस्नेगरी धेरै जना आउँछन् । तर,...

कोरोना भाइरस बिरुद्धको खोप प्रयोग गर्न अनुमति

लण्डन । फाइजर बायोएनटेक खोपलाई बृहत् रूपमा प्रयोग गर्न अनुमति दिइने भएको छ । ब्रिटिश नियामक संस्था एमएचआरएका अनुसार ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने सो...

ट्याक्टरले किचेर चालकको मृत्यु

संखुवासभा । उत्तर दक्षिण कोशी सडक खण्डमा ट्याक्टर पल्टिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक खोटाङ सुम्देलका २३ बर्षीय...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)