Tuesday, September 21, 2021
Your Ads Here
HomeBreaking News३३ महिनामा साढे ४७ अर्बको आर्थिक अपराध

३३ महिनामा साढे ४७ अर्बको आर्थिक अपराध

,
sharethis

काठमाडौं । विभिन्न उपाय अपनाएर राजस्व छल्नेले बितेको ३३ महिनामा करिब साढे ४७ अर्ब रुपैयाँ राजस्व छलेर आर्थिक अपराध गरेको पाइएको छ । राजस्व अनुसन्धान विभागले विभिन्न बहाना बनाएर सरकारी निकायका कर्मचारीहरूसँगकै मिलेमतो तथा सेटिङ मिलाएर यसरी अर्बाैं राजस्व छलेको पाइएको हो ।

मुलुकलाई ठूलो घाटा पु-याउन खोज्ने आर्थिक अपराधीको जालो तोड्दै बितेको दुई वर्ष नौ महिनाको अवधिमा झन्डै साढे ४७ अर्ब रुपैयाँ राजस्व छल्नेलाई धमाधम कानुनी दायरामा ल्याइएको हो ।

राजस्व अनुसन्धान विभागले सो अवधिमा राजस्व चुहावट र विदेशी विनिमय अपचलन गर्नेहरूको संख्या सबैभन्दा धेरै रहेको जनाएको छ । त्यसैगरी नक्कली फर्म खडा गरी मूल्य अभिवृद्धिकरको झुटो विवरण पेस गर्नेलगायतका कसुरमा करिब १ हजार फर्मका सञ्चालकविरुद्ध विभिन्न अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

– एक हजारवटा फर्मविरुद्ध मुद्दा
– राजस्व चुहावट र विदेशी विनिमय अपचलनमा संलग्न धेरै
– सरकारी कर्मचारीहरूसँगै हुन्छ सेटिङ

विभागले यस अवधिमा आर्थिक अपराधमा संलग्न विभिन्न फर्मका सञ्चालकविरुद्ध ४७ अर्ब ३३ करोड रुपैयाँ मागदाबीसहित विभिन्न अदालतमा मुद्दा दायर गरेको छ । विभागमा ३३ महिना नेतृत्व गरेका महानिर्देशक दीर्घराज मैनालीले बुधबार मात्रै आफ्नो कार्यकालको उपलब्धि सार्वजनिक गर्दै त्यस्तो जानकारी दिएका हुन् । मैनालीको केही दिनअघि मात्रै अर्थ मन्त्रालयमा सरुवा गरिएको थियो ।

मैनालीका अनुसार सो अवधिमा राजस्व चुहावटतर्फ २ सय २० वटा मुद्दामा ७ सय ८० जनालाई ३६ अर्ब ६१ करोड रुपैयाँ बिगो माग दाबीसहित विभिन्न अदालतमा मुद्दा दायर भएको छ । अन्य कयौं मुद्दा अनुसन्धानको क्रममा रहेका छन् । यसैगरी, विदेशी विनिमय अपचलनतर्फ ४ सय ४० जनालाई प्रतिवादी बनाई १० अर्ब ७२ करोड रुपैयाँ बिगो असुल गर्न माग दाबीसहित मुद्दा दायर गरिएको छ । सो अवधिमा ७ अर्ब बढी बिगो कायम भएका १७ वटा मुद्दा रायका लागि सरकारी वकिलको कार्यालयमा पठाइएको छ । अन्य कयौं मुद्दा अनुसन्धानका क्रममा रहेको विभागको भनाइ छ ।

यसैगरी, मूल्य अभिवृद्धि करका झुटा तथा नक्कली विजकबाट ठूलो परिमाणमा करछली गर्ने आर्थिक अपराधीमाथि अनुसन्धान गरी १९ अर्ब रुपैयाँभन्दा बढीको माग दाबीसहित १ सय ६० वटा मुद्दा दायर भइसकेको विभागले जनाएको छ । विभागका अनुसार सोही अवधिमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन–२०५२ मा समयानुकूल परिमार्जन गरी अनुसन्धान तथा अभियोजन र न्याय निरुपण प्रभावकारी हुने व्यवस्था गरिएको छ । अनुसन्धान कार्यलाई सूचना, प्रमाण, प्रविधि र ज्ञानमा आधारित बनाउने पद्धति अवलम्बन गरिएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   तरकारीमा तहतहका बिचौलिया

त्यसैगरी, व्यावसायिक पारदर्शिता कायम गर्ने, स्वस्थ प्रतिस्पर्धालाई प्रवद्र्धन गर्ने, राजस्व चुहावट नियन्त्रण गरी कराधारको व्यापक विस्तार गर्न वेभमा आधारित भेहिकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ प्रणाली १ साउन २०७६ बाट सुरु गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार हालसम्म यस प्रणालीमा १ लाख १३ हजार प्रयोगकर्ता सहभागी छन् । ४१ खर्ब बढीको सूचना संग्रह भएको छ । १ करोड ५० लाख बढी विलविजक, प्रज्ञापनपत्र र चलान प्रणालीमा प्रवृष्ट भएका छन् । त्यसैगरी, व्यावसायिक प्रयोजनका मालवस्तु ढुवानी गर्नुपूर्व ढुवानी साधन र मालवस्तुको संक्षिप्त विवरण भीसीटीएसमा प्रवृष्टि गर्नुपर्ने व्यवस्था गरिएको छ । भीसीटीएस पालना नगर्नेमाथिको अनुगमन कार्य बढाइएको छ । यसबाट राजस्व छली नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह भएको विभागको दाबी छ ।

विभागका अनुसार पछिल्लो दुई वर्ष नौ महिनाको अवधिमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजस्व छलीमा संलग्न रहेको कसुरमा मुलुकका प्रतिष्ठित व्यक्तिदेखि बहुराष्ट्रिय कम्पनीसमेत कानुनी दायरामा आएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत आएपछि राजस्व अनुसन्धान विभागले कर छलीको कसुरमा साढे ४७ अर्ब रुपैयाँ बिगोबराबरको आर्थिक अपराध गरेको अभियोगमा विभिन्न व्यक्ति र कम्पनीविरुद्ध मुद्दा चलाएको हो ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   यस्ताे छ घनश्याम भूसालले देखेको समृद्धि र समाजवादको बाटो (प्रस्तावसहित)

उच्च आर्थिक कारोबार हुने जोखिम क्षेत्र पहिचान गरेर अनुसन्धान गर्दा ठूलो आर्थिक अपराध भएको फेला पारिएका, केही मुद्दाको चरणमा रहेको र अझै केही अनुसन्धानकै घेरामा रहेको विभागले जनाएको छ ।

अर्थ मन्त्रालय मातहतमा रहेको विभाग २०७४ साल, १३ फागुनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत आएको थियो ।

तपाइको प्रतिक्रिया

(Visited 148 times, 1 visits today)

आजको समाचार

यी लक्षण देखिएमा हुन सक्छ अल्जाइमर्स

  न्युयोर्क । अल्जाइमर्स एउटा स्नायूप्रणालीको अनौठो रोग हो, जसले व्यक्तिको स्मरण शक्ति, उसले देखाउने व्यवहार र गतिविधिमा असर गर्छ । प्रायः ६० वर्षमाथिका मानिसमा...

अवरोध र नाराबाजी बजेट पारित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको अवरोध र नाराबाजीबीच सोमबार प्रतिनिधि सभाबाट चालू आर्थिक वर्ष २०७८-७९ का लागि विनियोजित बजेट पारित भएको छ...

मन्त्रिपरिषद् विस्तारमा सत्तारूढमै असहमति

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धभित्रै असहमति बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको दुई महिना बित्दासमेत सरकारलाई पूर्णता दिन...

बैंकहरूमा तरलता अभावसँगै सेयर बजारमा पहिरो

काठमाडौं । ११४ दशमलव शून्य २ अंक अर्थात् ४ दशमलव शून्य ५ प्रतिशतको पहिरोका साथ सोमबार नेप्से परिसूचक २ हजार ६९८ दशमलव २४ बिन्दुमा...

साताका लोकप्रिय समाचार

पत्रकार यात्रुसहित चारलाई नगद पुरस्कार र सम्मान

  काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा बिशेष योगदान दिएको भन्दै वरिष्ठ पत्रकार कुमार यात्रु लगायत दुई जना...

शक्तिकेन्द्रको दबाबमा ८५ सहसचिवको सरुवा

काठमाडौं । सरकारले एकैपटक ८५ जना सहसचिवको सरुवा गरेको छ । विभिन्न शक्तिकेन्द्रको दबाबमा सरकारले एकैपटक ठूलो संख्यामा सहसचिव सरुवा गरेपछि स्थायी सरकारका रूपमा...

ओमानविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लको कीर्तिमानी अर्धशतक र तीव्र गतिका बलर करण केसी र स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शनपछि नेपालले आईसीसी विश्वकप लिग–२...

जसपामा सरकारको नेतृत्वबारे दुई विकल्प

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल आफ्नो दलले उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय पाए अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा र नपाए राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी...

सर्वस्वीकार्य बन्न नसकेको विभूषण

काठमाडौं । ‘देश र जनताका लागि उल्लेखनीय कार्य गरेको’ भन्दै यो वर्ष संविधान दिवसको अवसरमा सरकारले ९ सय ३ जनालाई विभिन्न पदक दिने घोषणा...

ट्रेन्डिङ

आमा- बुबाको अनुहार हेर्ने, पिउलीको सपना अधुरै

बझाङ । साईपाल गाँउपालिका वडा नम्बर ४, की पिउली कुमारी रोकाया अहिले १४ बर्ष लागिन् । उनी एक बर्षको हुँदा आँखा देख्थिन्...

सिन्धुपाल्चोकमा पुनः बाढी, चनौटे बजारबाटै बग्न थाल्यो नदी (फाेटाेफिचर)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । त्यस्तै ग्यालथुममा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)