Wednesday, April 14, 2021
Home प्रदेश प्रदेश ३ संसदमा नेकपाः दुवै पक्षका सांसद एकै लहरमा

संसदमा नेकपाः दुवै पक्षका सांसद एकै लहरमा

,

काठमाडौं । दाहाल–नेपाल पक्षका सांसद आइतबारबाट सुुरु हुने संसद् अधिवेशनमा सत्तापक्षको लहरमा नै बस्ने भएका छन् । राजनीतिक रूपमा पार्टी विभाजन भए पनि निर्वाचन आयोगले पार्टी विभाजनको निर्णय नगरेका कारण उनीहरू एकै लहरमा बस्नुपर्ने भएको हो ।

नेपाल कम्युनिस्ट पार्टीको वैधानिकताको मुद्दा निर्वाचन आयोगबाट निर्णय नहुँदा ओली पक्ष र दाहाल–नेपाल पक्षका सांसदहरू एकै लहमा बस्नुपर्ने संसद् सचिवालयले जनाएको छ । ‘पार्टी विभाजन वा फरक दल भएको जानकारी संसद्मा नआएसम्म हामीले सत्ता पक्षका सांसदहरू सबैलाई एकै स्थानमा बस्ने व्यवस्था मिलाएका छौं,’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले राजधानीसँग भने, ‘संसद्मा एउटै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सांसदको रूपमा उहाँहरूलाई एकै स्थानमा बस्ने व्यवस्था मिलाएका हौं ।’

राष्ट्रियसभाको बैठकमा पनि एकै लहरमा बस्ने व्यवस्था मिलाइएका कारण दुवै पक्षका सांसदहरूसँगै बसेका थिए । पार्टीको शीर्ष नेता तथा पूर्वप्रधानमन्त्रीहरूलाई छुट्टै बस्ने व्यवस्था गरिएको संसद् सचिवालयले जनाएको छ ।

संसद् अधिवेशन नजिकिँदै गर्दा नेकपाभित्र सांसदहरूको तानातान तीव्र भएको छ । एक समूहले अर्को समूहलाई विभिन्न सुत्र प्रयोग गरि आफूमा तान्ने प्रयास गरिरहेको पाइएको छ

संसद् अधिवेशन नजिकिँदै गर्दा नेकपाभित्र सांसदहरूको तानातान तीव्र भएको छ । अहिले प्रतिनिधिसभा र राष्ट्रियसभामा ओली समूह र दाहाल–नेपाल समूहबीच सदस्य संख्याका हिसाबले कडा टक्कर छ । दुवै समूहबीच सांसद संख्याको फरक साँघुरिदै जाँदा वामदेव गौतम निर्णायक हुने स्थिति देखिएको छ ।

गौतमले भने आफू एकताको पक्षधर भएको भन्दै कतै पनि नलागेको बताएका छन् । प्रतिनिधिसभामा नेकपाका १ सय ७४ जना सांसदमध्ये एक जनाको निधन भएको छ भने सभामुख अग्नि सापकोटा दलका सदस्य हुँदैनन् । त्यसैले, अहिले १ सय ७२ सांसद कायम छन् । त्यसमध्ये दाहाल–नेपाल पक्षले आफूसँग ९० भन्दा बढी सांसद भएको दाबी गरेको छ भने ओली समूहले ८८ सांसद आफूसँग रहेको दाबी गरेको छ ।

अहिलेसम्म वामदेव गौतम, उनकी पत्नी तथा सांसद तुलसी थापा र लालबाबु पण्डित कुनै पनि समूहमा लागेका छैनन् । अरू लगभग एउटा समूहतिर खुलेका छन् । नेकपा विभाजन गर्नुहुँदैन भनेर लागेका सांसद लालबाबु पण्डित अन्तिम समयमा आफूतिर आउन सक्ने दाहाल–नेपाल पक्षको आशा छ । उनले भने आफू ओली, दाहाल र नेपाल एक ठाउँमा उभिए भने मात्र त्यस्तो बैठकमा सहभागी हुने नत्र कतैतिर नलाग्ने बताए ।

नेकपा संसदीय दलको विधानमा राष्ट्रिय सभाका सांसदहरूले समेत संसदीय दलको नेता चयनमा मतदान गर्न पाउँछन् । उपाध्यक्ष वामदेव ओली समूहमा लागे भने राष्ट्रिय सभामा ओलीकै बहुमत पुग्छ । राष्ट्रिय सभामा नेकपाका ५० जना सांसद छन् । राष्ट्रिय सभा अध्यक्षले मतदान गर्न नपाउने भएकाले ४९ जना कायम हुन्छ । ४९ जनामध्ये दाहाल–नेपाल पक्षमा २४ सांसद छन् भने ओली समूहमा पनि २४ जना नै छन् । यस्तो अवस्थामा गौतम जता लाग्छन्, राष्ट्रिय सभामा उसकै बहुमत पुग्छ ।

(Visited 164 times, 1 visits today)
Loading comments...

आजको समाचार

गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, चारको अवस्था गम्भिर

गुल्मी । गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना गम्भिर घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेकमा लु २...

राष्ट्रपति रनिङ शिल्डको उपाधि सेतीदेवीलाई (फोटो फिचर)

सुनकोशी गाउँपालिकाको आयोजना र सुनकोशी खेलकुद विकास समितिको समन्वयमा आयोजीत तेस्रो सुनकोशी गाउँपालिका स्तरी राष्ट्रपति रनिङ शिल्डको उपाधि यो वर्षपनि सेतीदेवी शारदा माध्यमिक विद्यालयले...

नयाँ वर्ष राजनीतिक एकताको वर्ष बनोस्

अहिले हामी नयाँ वर्ष २०७८ लाई स्वागत गर्दै छौं । नयाँ वर्षले सबैमा सुख, शान्ति समृद्धि लिएर आओस् । विकृति र विसंगति हटाइदियोस् ।...

निफमा तीन वटा नेपाली चलचित्रले प्रस्तिस्पर्धा गर्ने

काठमाडौँ । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (नीफ) २०२१ मा यो वर्ष तिन वटा नेपालि चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धामा अन्तर्गत भाग लिने भएका छन...

कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा...

साताका लोकप्रिय समाचार

टेक्सासमा एक नेपालीको गोली हानी हत्या

काठमाडौं । अमेरिकामा एक नेपालीको गोली हानी हत्या भएको छ । टेक्सासको अस्टिनमा बस्दै आएका पोखरा सराङकोटका रमेश थापाको मृत्यु भएको जनाइएको छ ।...

२ अर्ब ३० लाख अमेरिकी डलर विकास सहायता प्राप्त

काठमाडौं । नेपालले कुल विकास सहायताको ७० प्रतिशत ऋण लिएको देखिएको छ । वैदेशिक सहायतामध्ये ६९.९ प्रतिशत ऋण, १८.७ प्रतिशत अनुदान र ११.३ प्रतिशत...

उदेशले सुनाए प्रेमध्वजका गीत

काठमाडौं । गायक उदेश श्रेष्ठले अग्रज गायक प्रेमध्वज प्रधानका गीतहरू गाएर दर्शकको मन जितेका छन् । उनले नयाँ गीत ‘मलाई तिमी मन प¥यो’ काठमाडौंमा...

तीन साता शैक्षिक संस्था बन्द गर्न प्रस्ताव

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले नेपालमा यूके भेरियन्टको कोरोना संक्रमण बढ्न सक्ने भन्दै तीन साताका लागि शैक्षिक संस्था बन्द गर्ने प्रस्ताव गरेको...

गोली हानी सुनचाँदी व्यवसायीको हत्या, श्रीमती घाइते

लहान । लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेको छ । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२...

ट्रेन्डिङ

मस्तिष्कघातका विरामीलाई खोटाङ सेवा समाज कतारको १ लाख आर्थिक सहयोग

दोहा ।   खोटाङ सेवा समाज कतारले खोटाङका मस्तिष्क घातका बिरामी कुमार पुरीलाई गत २६ फेब्रुवरी २०२० का दिन एक लाख रुपैयाँ हस्तान्तरण गरेको...

आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्ने

काठमाडाै‌ ।  मन्त्रिपरिषद्को यही वैशाख २४ गतेको निर्णयअनुसार आगामी आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका छन् । सरकारले बैंक तथा वित्तीय संस्था,...

डोनी भान अनुबन्धमा तीन क्लबको दौडधूप

आम्सटर्डम । नेदरल्यान्ड तथा डच क्लब आयाक्सका युवा मिडफिल्डर डोनी भान डि विक अनुबन्धमा युरोपका ठूला क्लबहरू स्पेनिस रियल मड्रिड, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड...

प्रधानमन्त्रीको आत्मबलको सर्वत्र प्रशंसा

“नेपाली चिकित्सा क्षेत्रमा विश्वास राख्ने बा ! हजुरलाई मिर्गौला अङ्गदान गर्ने महान् नारी समीक्षा सङ्ग्रौलाप्रति उच्च सम्मान गर्दै सफल प्रत्यारोपणको शुभकामनासहित दुवै जनाको शीघ्र...

वाग्मती प्रदेश सरकारको बजेट ५१ अर्ब ४२ करोड

हेटौंडा । वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि कुल ५१ अर्ब ४२ करोड ७४ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशसभामा सोमबार...

रौतहटमा साउन महिनाभर निषेधाज्ञा

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार साउन २४ गते देखी ३२ गते सम्मको लागी रौतहट जिल्ला भर निषेधाज्ञा लागु गर्ने निर्णय गरेको छ...

लोकसेवाको परीक्षामा लेख्ने कला

लोकसेवा आयोगका परीक्षामा सफल हुनका लागि लेख्ने तरिकाको महत्वपूर्ण भूमिका रहन्छ । परीक्षामा सशक्त लख्ने पूर्ण तयारी आवश्यक हुन्छ । आयोगका परीक्षामा सफल हुनको...

अब पाइपलाइनबाट पेट्रोल पनि ल्याइने

वीरगञ्ज । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनबाट अगामी एक वर्षभित्र पेट्रोल ल्याउन गृहकार्य शुरुआत गरिएको छ । यसअघि विसं २०७६ भदौदेखि भारतको मोतिहारीबाट पाइप लाइनमार्फत...

विदेशबाट घर आउन चाहने सबैलाई फिर्ता ल्याऊ : काँग्रेस

काठमाडाैं । नेपाली काँग्रेसले स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारसँग आग्रह गरेको छ । काँंग्रेसको केन्द्रीय जनसम्पर्क समिति समन्वय विभागले...

बर्दियामा कोरोना संक्रमणबाट क्याम्पस प्रमुखको मृत्यु

बर्दिया । कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका ५ का ५२ वर्षीय बिनोदकुमार अग्रवालको शनिबार दिउँसो निधन भएको स्वास्थ्य...

मध्यरातमा वनका कर्मचारीमाथी तस्करद्धारा ढुंगामुढा

सप्तरी, राजविराज । कोरोना संक्रमणको समय पारेर सप्तरीमा विगत केही दिन यता काठ तस्करहरु सलबलाउन थालेका छन् । यसै क्रममा तस्करहरुलाई नियन्त्रणमा लिन मंगलबार मध्य...

टिकटकले गर्दा नेपालमा इन्टरनेट ‘स्लो’

काठमाडौं । सेवा प्रदायकले विदेशबाट ल्याउने ब्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एपलगायतमा आउने समस्याका कारण इन्टरनेटको स्पीड स्लो हुनसक्ने बताएका छन् । प्रविधि पत्रकार...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)