Friday, April 23, 2021
Home Editor-Picks त्रिवि परीक्षा केन्द्रमा अब सीसी क्यामेरा

त्रिवि परीक्षा केन्द्रमा अब सीसी क्यामेरा

,

काठमाडौं । परीक्षालाई व्यवस्थित बनाउन त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रमा अब सीसी क्यामेरालाई अनिवार्य गरेको छ । त्रिविले सञ्चालन गर्ने वार्षिक परीक्षा प्रणालीअन्तर्गतका परीक्षा सञ्चालन प्रक्रियामा सीसी क्यामेरालाई अनिवार्य गरेको हो ।

योसँगै त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आगामी २० चैतभित्र परीक्षा सञ्चालन, उत्तरपुस्तिका सिलबन्दी कक्ष र प्रवेशद्वारको सम्पूर्ण दृश्य आउनेगरी डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने सीसी क्यामेरा जडान गरी सोको विवरण उपलब्ध गराउन सम्बन्धित परीक्षा केन्द्रलाई सूचित गरेको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षाको सीसी क्यामेराको दृश्यसहित सिलबन्दी गरेको उत्तरपुस्तिका पठाउनुपर्ने प्रावधान ल्याएको हो । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षा र उत्तरपुस्तिकामा धाँधली नहोस् भन्दै यस्तो निर्णय गरिएको बताए ।

उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्ष र प्रवेशद्वारको सबै दृश्य आउनेगरी डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने सीसी क्यामेरा जडान गरी सबै फुटेज २० चैतभित्र बुझाउन परीक्षा केन्द्रलाई पत्रमार्फत जानकारी गराएको छ । आगामी दिनमा पनि सीसी क्यामेरा जडान गरेर मात्रै परीक्षा सञ्चालन गर्ने योजना बनाएको छ ।

सम्बन्धित परीक्षा केन्द्रले परीक्षाको समयमा सीसी क्यामेरा जडान नगरे परीक्षाका लागि परीक्षा केन्द्रबाट वञ्चित गरिनेसम्म तयारी छ । हाल त्रिवि विज्ञान, व्यवस्थापन, शिक्षालगायतका संकायमा वार्षिक परीक्षा हुने गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुले निकालेको सूचनामा भनिएको छ, ‘वार्षिक परीक्षा प्रणालीअन्तर्गतका सम्पूर्ण परीक्षा केन्द्रलाई २० चैतभित्र परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्ष र प्रवेशद्वारको सम्पूर्ण दृश्य आउनेगरी कम्तीमा डेढ महिनासम्मको रेकर्ड गर्न मिल्ने सीसी क्यामेरा जडान गर्नुहुन अनुरोध छ ।’ सोको अनुगमन सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयलाई दिई आगामी दिनमा परीक्षा सञ्चालन गर्न त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले निर्णय गरेको हो ।

सम्बन्धित परीक्षा केन्द्रले परीक्षाको समयमा सीसी क्यामेरा जडान नगरे परीक्षाका लागि परीक्षा केन्द्रबाट वञ्चित गरिनेसम्म तयारी छ । हाल त्रिवि विज्ञान, व्यवस्थापन, शिक्षालगायतका संकायमा वार्षिक परीक्षा हुने गरेको छ । त्रिविले सञ्चालन गर्ने परीक्षामा पटकपटक प्रश्नपत्र निर्माणमा त्रुटि हुने गरेको देखिएको छ । तर, विद्यार्थीहरूले परीक्षा प्रणालीमै सुधार हुनुपर्ने बताएका छन् । प्रश्नपत्र निर्माण गर्ने निकायको चरम लापरबाहीका कारण प्रताडित हुनुपरेको विद्यार्थीको गुनासो छ ।

यस्तै, नेविसंघका केही विद्यार्थी त्रिवि उपकुलपति कार्यालयमा २९ दिनदेखि अनशन बसेका छन् । उनीहरूले विद्यार्थिका अधिकारका सवालमा त्रिवि मौन भएको भन्दै धर्ना दिएका हुन् । त्रिविले वार्षिक शैक्षिक क्यालेन्डर बनाए पनि कार्यान्वयन नगरेको अनशनरत विद्यार्थीको गुनासो छ । स्रोतका अनुसार त्रिविका उपकुलपति विद्यार्थी अनशन बसेदेखि आफ्नो कार्यकक्षमा छिरेका छैनन् ।

(Visited 63 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेपाली विद्यार्थीको भविष्यसित खेलबाड

उत्तरी छिमेकी चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५० भन्दा बढी नेपाली विद्यार्थी चिनियाँ सरकारको नेपालीप्रतिको भेदभावपूर्ण एवं दुराशययुक्त नीतिका कारण अन्धकारमय जीवनको सामना...

कर्णालीमा फ्लोर क्रस गर्ने चार जनालाई एमालेको कार्वाही

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्नेे चारजना सांसदलाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गरेको छ । माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर...

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

एमाले बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण...

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

साताका लोकप्रिय समाचार

सभामुखविरुद्धको द्वन्दकालीन मुद्दा संवैधानिक इजलासमा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दाको पेसी सर्वोच्च अदालतको संवैधानिक इजलासमा चढेको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरू...

कम प्राथमिकता: उच्च जोखिम

यो आलेख तयार पार्दासम्म विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वका २ सय १९ देशका १४ करोडभन्दा बढी मानिस प्रभावित भएका छन् ।...

६ खर्ब ८७ अर्ब बढी राजस्व संकलन

काठमाडौं । सरकारले आइतबारसम्ममा कुल ६ खर्ब ८७ अर्ब ६० करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो चालू आर्थिक वर्षको कुल...

मनकामना मन्दिर वैशाख महिनाभर बन्द

काठमाडाैं । कोरोना संक्रमण जोखिम बढेसँगै प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामना मन्दिर र गोरखकाली मन्दिरमा नित्य बाहेकको पूजा बन्द हुने भएको छ । मंगलबार बसेको...

भारतमा काेराेनाकाे नयाँ रेकर्ड : एकै दिनमा दुई लाख ६१ हजार सङ्क्रमित, १५०० को मृत्यु

नयाँ दिल्ली ।  भारतमा कोरोनाभाइरसबाट एकै दिनमा दुई लाख ६१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । “एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो...

ट्रेन्डिङ

प्रदेश १ का ९ जिल्लामा १६० जनामा कोरोना संक्रमण

धनकुटा । शनिवार संखुवासभामा कोरोना संक्रमित भेटिएसँगै प्रदेश नं.१ मा कोरोना संक्रमण फैलिएका जिल्लाको संख्या ९ पुगेको छ । बिराटनगर स्थित कोशी अस्पतालको प्रयोगशालामा...

रोकिएन शंकर ग्रुपको बदमासी, खुल्दै राजस्व छलीको अपराध

काठमाडाैं । उच्च घरानियाँको आवरणमा सर्वसाधारणमाथि ठगी धन्दा सञ्चालन गर्दै आइरहेको शंकर गु्रपमाथि सरकारका तीनवटा निकायले एकैपटक छानबिन थालेको छ । शंकर ग्रुपका कम्पनीले राजस्व...

गुल्मीमा ५ सय जनाले लगाए कोरोनाविरुद्धको खोप

गुल्मी । गुल्मीमा हालसम्म पाचँसय जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । माघ १५ गते बिहिबारदेखि सुरु भएको खोप कार्यक्रमअन्तरगत चार दिनमा कुल ५१४ जनाले...

घर–घरमै बसेर बनाइयो लघुचलचित्र बुहारी

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सरकारले लकडाउन लागू गरेको एक महिना बित्यो । यसैबीच लकडाउनका समयमा सबै जनाले आआफ्नै घरबाट काम गरी...

भारतबाट फर्केका सात जनामा कोरोना पुष्टि

धनगढी । कञ्चनपुरको गौरिफण्टा नाकामा हेल्थ डेस्क रहेको छ । भारतका विभिन्न शहरमा रोजगारी गर्ने नेपालीहरू स्वदेश फर्किने क्रममा स्वास्थ्य परीक्षण गर्न स्थापना गरिएको...

सन्जीव पराजुलीले ल्याए नयाँ गीत

काठमाडौं । गायक सन्जीव पराजुलीको आफ्नो नयाँ गीत ‘बाल्यकालको सम्झना...’को भिडियो दर्शकमाझ शुक्रबार ल्याएका छन् । जसलाई उनले ‘बालापनको उमेर’को दोस्रो संस्करणका...

थप ९३६ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर ९३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा एक हजार ९९६ जना कोरोना...

फुटबलको उपाधि सराँते युवा क्लबलाई

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका– ५ गहतेमा सञ्चालन गरिएको गहते कालिका रनिङ कप खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिताको पुरुषतर्फको पहिलो पुरस्कार सिद्धार्थ युवा...

केन्द्रीय कारागारमा कैदीको शंकास्पद मृत्यु

काठमाडौं । केन्द्रीय कारागार सुन्धारामा जेल जीवन बिताइरहेका एक कैदी बन्दीको शंकास्पद मृत्यु भएको छ । केन्द्रीय कारागारको भद्र ब्लकमा जेल जीवन बिताइरहेका सिद्धार्थनगर...

राष्ट्रपति ट्रम्पलाई कोरोना सङ्क्रमण देखिएन

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको सङ्क्रमण नदेखिएको अमेरिकी स्वास्थ्य अधिकारीहरुले बताएका छन् । राष्ट्रपति ट्रम्पले कोरोना सङ्क्रमित रहेका व्यक्ति संलग्न केही...

मृतकका आफन्तद्धारा नारायणी अस्पतालमा तोडफोड

वीरगन्ज । नीजि अस्पतालहरुले विरामी भर्ना गर्न नमानेपछि स्थानीयले वीरगन्जको नारायणी अस्पतालमा तोडफोग गरेर आक्रोस पोखेका छन् । शनिबार उपचारको अभावमा वीरगन्ज २ छपकैयाकी...

महामारी सिर्जित कानुनी उपचारको इतिहास

२०५४ सालतिरको कुरा हो । म श्री सत्यवादी माध्यमिक विद्यालय भोपुर, बझाङमा कक्षा ८ मा अध्ययनरत थिएँ । श्री सत्यवादी माध्यमिक विद्यालय मानवतावादी बझाङी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)