भ्यालेन्सिया । स्पेनिस ला लिगामा भ्यालेन्सियाले भिलारियाललाई २–१ ले पराजित गरेको छ । शनिबार बिहान भ्यालेन्सियाको मैदानमा भएको खेलमा मध्यान्तर हुन पाँच मिनेट बाँकी रहँदा जेराड मोरेनोले पेनाल्टीमार्फत गोल गर्दै भिलारियाललाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १–० ले पछि परेको भ्यालेन्सिया कार्लोस सोलेरले खेलको ८६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बराबरी गोल फर्काए । निर्धारित ९० मिनेटसम्म १–१ को बराबरीमा रहेको खेलको इन्जुरी समयमा गुइडेजले गोल गर्दै भ्यालेन्सियाको जित सुनिश्चित गरे ।
जितसँगै २६ खेलबाट ३० अंक जोडेको भ्यालेन्सिया अंक तालिकाको ११औं स्थानमा उक्लिएको छ । समान खेलबाट ३७ अंक जोडेको भिलारियाल सातौं स्थानमा छ ।
तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)






