इलाम । गत वर्ष अदुवाको मूल्य पाएसँगै फाकफोकथुम गाउँपालिकाका तीन किसान गिरिजा खनालले सँधैको भन्दा धेरै खेती गरेका थिए । खनालले गत वर्ष पाँच मन मात्र खेती गरेका थिए । तर त्यसवर्ष प्रतिमन छ हजार मूल्यमा बिक्री भएपछि यस वर्ष १५ मन अदुवा रोपे । गतवर्षको मूल्झैँ सोचेर तीन गुण खेतिविस्तार गरेका खनाल यस वर्ष निरास बनेका छन । उनी यस वर्ष ह्वात्तै भाउ घट्दा अदुवाको लागत मूल्यसमेत नउठेको बताउछन् ।
फाकफोकथुम गाउँपालिकाका तीनकै चन्द्रकला गिरीला पनि गतवर्षको अदुवाको मूल्यले आकर्षित गर्यो । उनले धान हुँने ठाउँलाई धान खेती नगरी अदुवा खेती गरीन । मेहेनत गरेअनुसार अदुवा पनि राम्रैभयो तर मूल्य भने पाउन सकिनन् । अदुवा फलाईबाट खूसीबनेकी चन्द्रकला मूल्यमा भने सन्तुस्ट छैनन ।
अदुवाको भाउ स्थीर नहुँदा किासानले सोचेझैँ आम्दानी लिन सकिरेका छैनन । अन्य खेती विस्थापित गरेर अदुवा खेती लगाए पनि श्रम मूल्य नपाउँदा निरास हुनुपरेको फाकफोकथुमकै अर्का किसान गुरुभक्त नेपाल बताउछन् । उनी भन्छन ‘एकवर्ष भाउ आउछ त्यस वर्षको भाउको लोभले खेतीविस्तार गरो तर अर्को वर्ष खेतीविस्तारमा गरेको मेहेनत पनि उठेनेगरी मूल्य पाईँदैन त्यसैले खेतीगर्न जाँगरपनि छैन ।
अदुवाको भाउ घटेसँगै इलामका किसान निरास देखिएका नछ । गत वर्ष प्रतिमन (४० किलो) ६ हजारसम्ममा बिक्री भएको अदुवा यस वर्षप्रति मन एक हजार पनि नहुँदा किसान निरास भएका हुन् । गत वर्ष उल्लेखीय भाउ भेटेर हौसिएका किसान यस वर्ष कम मूल्यमै अदुवा बेच्न बाध्य छन् । गत वर्षमात्र होइन बीउ अदुवाको सिजनमा पनि भाउ उल्लेखीय थियो । पछिल्लो समय भारतीय बजारमा अदुवा मूल्य कम भएसाँगै यस वर्ष भाउ कम आएको व्यापारीको भनाई छ । मूल्य कम भएसाँगै व्यावसायिक किसानको सावाँसमेत नउठेपछि धेरैजसो किसान अदुवा खेतीगर्ने सोचमा छैनन । गाउँमा स्थानीय व्यापारीले अदुवा किनेर जिल्लाका ठूला व्यापारीलाई दिने गरेका छन् । विगत वर्षदेखि नै इलामको अदुवा भारतीय बजारमा निकासी हुँदै आएको छ ।
भारतकै कारण यस वर्ष भाउ नआएको इलाम नगरपालिका स्थित बिब्ल्याँटेका अदुवा व्यापारी कृष्ण पौडेल बताउछन् । पौडेलका अनुसार गतवर्ष भन्दा अत्यधिक मूल्य घटेका कारण किसान धेरै मारमा परेका छन । उनी भन्छन ‘ गतवर्ष अदुवाको मूल्य पाएसाँगै अदुवा रोप्ने सिजनमा बिउ किन्दा किसानले प्रतिमन मूल्य छ हजारले बिउ किनेर खेती गरेका छन तर यस वर्ष प्रतिमन एकहजार पनि नपाउँदा किसान अत्यधिक मारमा परेका छन ।’ मूल्य आउने आसमा महङ्गो मूल्यलगाएर विउ किनेर खेति गरेका किसान विउँ किन्दा भन्दा अहिले चार गुण कम मूल्य भएसँगै घाटा व्योहोरीरहेका छन ।
मसलाको रुपमा प्रयोग गरिने अदुवा फागुन, चैत महिनामा रोपिन्छ । रोपिएको बीउ अदुवा नै माउको रूपमा झिकेर बेच्ने गरिन्छ । समुद्र सतहबाट नौ सय देखि १५सय मिटरमा यसको खेतीहुने गर्दछ ।






