धनगढीको फर्निचर उद्योगमा भीषण आगलागी

धनगढी । धनगढीको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । धनगढी उमहानगरपालिका ३ स्थित चटकपुरमा रहेको आलोक मल्टी कन्सर्न प्रालि उद्योगमा भीषण आगलागी भएको हो ।

शनिबार मध्याह्न १२ बजेतिर उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आगलागीबाट उद्योग जलेर खरानी भएको छ । उद्योगमा आगलागी भएपछि धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको दमकलले एक घण्टा पछि आगो नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट के कति क्षति भयो भनेर विवरण लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 230 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनराज र मञ्जु जीत नजिक