एपीएफ अस्पतालमा एमआरआई र एचडियू सेवा

????????????????????????????????????

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले काठमाडौंको बलम्वु स्थित नेपाल एपीएफ अस्पतालमा नवनिर्मीत एमआरआई तथा एचडियू सेवाको फागुन २४ गते समुद्घाटन गर्नुभयो ।

सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले नेपाल एपीएफ अस्पताललाई सहयोग पु¥याएकोमा कोभिड–१९ निर्देशन समितिका अध्यक्ष तथा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ चिकित्सक डा. रोशन पोख्रेल तथा नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट) का शंकर ढकाललाई प्रसंसापत्र प्रदान गर्नुका साथै कोभिड–१९ महामारीको समयमा नेपाल एपीएफ अस्पतालमा कार्यरत रहि कोभिड–१९ संक्रमित तथा अन्य विरामीहरुको आकस्मिक तथा नियमित स्वास्थ्य उपचारमा अहोरात्र परिचालित भई स्वास्थ्य उपचारमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै नेपाल एपीएफ अस्पतालका १ सय १६ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई समेत प्रसंसापत्र प्रदान गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले कोभिड–१९ महामारीको समयमा सो अस्पतालबाट प्रदान गरिएको स्वास्थ्य उपचार सेवाको विभिन्न निकायहरुबाट प्रसंसा भइरहेको स्मरण गर्नुहुँदै सशस्त्र प्रहरी बल, नेपालका स्वास्थ्यकर्मीहरुले सो महामारीको समयमा किञ्चित विचलित नभई उच्च मनोबलका साथ अहोरात्र खटिएर स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा देखाएको पूर्ण व्यावसायीकताको मुक्तकण्ठले प्रसंसा गर्नुभयो ।

उहाँले नेपाल एपीएफ अस्पतालको स्तरोन्नतीका लागि आपूmहरु सुरुदेखि नै सो अस्पताललाई राष्ट्रियस्तरको अस्पताल बनाउने सोचका साथ कृयाशिल रुपमा अगाडी बढिरहेको चर्चा गर्नुहुँदै हालै थपिएको एमआरआई, एचडियू र गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवाबाट गम्भिर प्रकृतिका रोगहरुको बेलैमा पहिचान तथा थप उपचारमा विशेष योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अस्पतालका स्वास्थ्यकर्मीहरुलाई राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु, उनीहरुका परिवारजन, मानव सेवा आश्रममा आश्रित बृद्धबृद्धाहरु, विद्यार्थी लगायत सर्वसाधारण नागरिकलाई उत्कृष्ट स्वास्थ्य उपचार सेवा प्रदान गर्न दत्तचित्त भई निरन्तर कृयाशिल रहन त्यसैअवसरमा निर्देशन समेत दिनुभयो ।
उहाँले संगठनको विकास तथा विस्तारमा सबैले सामुहिक भावनाकासाथ आ–आफ्नो ठाउँबाट योगदान पु¥याउनुपर्ने उल्लेख गर्नुहँुदै भावी पुस्ताका लागि के योगदान दिनसक्छौ भनि चिन्तनशिल भई निरन्तर रुपमा पूर्ण व्यावसायीक भई कार्यसम्पादनमा कृयाशिल रहनुपर्ने बताउनुभयो ।

सोही समारोहमा सशस्त्र प्रहरी नायव महानिरीक्षकद्वय खडगबहादुर राई र राजु अर्याल तथा प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा.रुपक महार्जनले सो अस्पतालमा कार्यरत रहि उच्चस्तरको स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा योगदान पु¥याउनु हुने जुनियार अधिकृत, बिल्लादार तथा जवान गरी कूल ३ सय २४ जनालाई प्रसंसापत्र प्रदान गर्नुभयो ।

सो अस्पतालमा थप भएको एमआरआई, ५० शैयाको एचडियू र गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिकले आजैबाट स्वास्थ्य उपचार सेवा प्रदान गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 253 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

हिंसात्मक घटनाको जिम्मेवार आयोजक नै हुन्छन् : गृह मन्त्रालय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पामा निर्वाचन टोली मतदानस्थमा खटिदै