Thursday, June 24, 2021
Home अन्तर्वार्ता प्रदेश राजधानीको विकासमा निरन्तर खबरदारी गरिरहेकी छु

प्रदेश राजधानीको विकासमा निरन्तर खबरदारी गरिरहेकी छु

,

पदमा खड्का, प्रदेश सांसद, कर्णली प्रदेश

कर्णाली प्रदेशकी सांसद एवं युवा नेतृ पद्मा खड्काले प्रदेश राजधानीको विकासमा आफूले भरपुर सहयोग गरिरहेको बताएकी छन् । सुर्खेत वीरेन्द्रनगर ११ की स्थायी बासिन्दा खड्का सदनमा जनताका समस्यादेखि समसामयिक सवालमा निरन्तर आफ्नो प्रस्ट धारणा राख्ने प्रदेशसभा सदस्यमध्ये अग्रपंक्तिमै पर्छिन् । उनीसँग कर्णाली प्रदेश सरकारले तीन वर्षको अवधिमा गरेको काम–कारबाही, प्रदेशसभामा निर्वाह गरेको भूमिकालगायतका विषयमा रहेर कुराकानी गरेका छौं । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश:

० कर्णाली प्रदेश सरकारले आफ्नो स्थापनाको तीन वर्षमा गरेको कामकारबाही सन्तोषजनक पाउनुभएको छ ?
– जनताका तीव्र आकांक्षा, सीमित स्रोत र साधनका बीचमा प्रदेश सरकारले आफ्नो तीन वर्ष बिताइसकेको छ । यस अवधिमा प्रदेश सरकार सञ्चालनका लागि आवश्यक ऐन कानुन निर्माण गरेको छ । कतिपय ऐन कानुन संघीय कानुन नबन्दा त्यसको असर प्रदेशमा पनि परेको छ । कर्णाली सरकारले केही संवैधानिक आयोग पनि गठन गरेको छ । केही गठन हुने तयारीमा छन् । तीनले अब काम कारबाही अघि बढाउने बेला भएको छ । कर्मचारीको व्यवस्थापन पनि एउटा महत्वपूर्ण पाटो थियो । प्रदेशको आफ्नै ओएनएम गरेर कर्मचारी संगठन तथा व्यवस्थापनको काम पूरा गरेको छ ।
कर्णालीको बढ्दो बालविवाह, महिलामा देखिने प्रजनन् समस्या न्यूनीकरण गर्न बैंक खाता छोरी, जीवन सुरक्षा भरीको कार्यक्रम, छोरी बुहारी छात्रवृत्ति कार्यक्रम, द्वन्द्वपीडित अपांगता भएका व्यक्तिलाई राहत तथा उपचारसम्बन्धी कार्यक्रम, मुख्यमन्त्री स्वरोजगार कार्यक्रम, किसानलाई सहुलियत ऋण कर्जा, व्यवसायमा कार्यरत किसानलाई प्रोत्साहन कार्यक्रम, केही पर्यटकीय गन्तव्यमा पूर्वाधार विकासलगायतका केही महत्वपूर्ण काम सुरुवात गरेको छ ।

० के अहिले नै प्रदेशको औचित्यमाथि प्रश्न उठ्ने बेला भइसकेको हो र ?
– जनताले स्थायी सरकारको जुन आशा अपेक्षा गरेका थिए, तत्पश्चात् तीनै तहका सरकारले जनमुखी कार्यक्रम प्रत्यक्ष जनताले लाभ पाउने गरी सञ्चालन गर्न सक्नुपथ्र्याे । संघीय र स्थानीय सरकारजस्तै यसमा प्रदेश सरकारले पनि चुकेको हो । संविधानतः प्रदेशलाई दिएका अधिकार संघीय सरकारले हस्तक्षेप गर्दा प्रदेश सरकार कामकाजी रूपले अघि बढ्न नसकेको सत्य हो । प्रदेशलाई अधिकार दिएको खण्डमा जनताले प्रदेश सरकार भएको महसुस गर्नेछन् ।

० तपाईँले प्रदेशसभा सदस्यका रूपमा कस्तो भूमिका निर्वाह गर्नुभएको छ ?
– प्रदेशसभा सञ्चालन र प्रदेश सरकारका लागि आवश्यक ऐन कानुन निर्माणमा सक्रियता जनाउँदा आफूलाई प्रदेश सांसद भएको गौरव अनुभूतिको हुन्छ । म त्यो मामिलामा सधैं सक्रिय नै रहें । संसद् र समितिका हरेक बैठकमा उपस्थिति जनाएको हुन्छु । आफ्नो निर्वाचन क्षेत्रका जनताका महत्वपूर्ण समस्यादेखि विकास निर्माण आयोजनालाई कार्यान्वयन गर्ने तहसम्म प्रत्यक्ष संलग्न रहेको छु । जस्तै, दैवी प्रकोपका घटना, महिला तथा बालबालिका हिंसाका घटनालाई सदनमा आवाज बुलन्द गर्दा सरकार बाध्यकारी भई कार्यान्वयनमा गएको पाइएको छ । संसदीय समितिमा समितिको कार्यक्षेत्रभित्रका क्रियाकलापमा सरकार ऐन कानुनभन्दा बाहिर गई गरेका योजना क्रियाकलाप प्रत्यक्ष अनुगमन गरी त्यस्ता योजना रोक्न पहल गर्नुका साथै कमीकमजोरी सुधार गर्न निर्देशन दिने काम गरेका छौं ।

० प्रदेश राजधानीको विकासमा तपाईँले के–के प्रयास गर्नुभयो ?
– प्रदेश राजधानी सुर्खेत उपत्यकाको म जनप्रतिनिधि हो । त्यस हिसाबले यहाँको विकास निर्माणमा सदैव चासो र चिन्ता रहन्छ । यहाँ विद्यमान विकृति विसंगतिलाई अन्त्य गर्ने सवालमा प्रस्ट रूपले अघि बढिरहेको अवस्था अवगत गराउन चाहन्छु । साथै प्रदेशको विकासमा पूर्वाधार क्षेत्रलाई पहिलो प्राथमिकता राख्न सफल भएको छु । हाम्रै दबाबले प्रदेश सरकारले ३६ ओटा सडकमा बजेट व्यवस्थापन गर्न बाध्य भयो । अहिले ती सडक धमाधम निर्माण भइरहेका छन् । कालोपत्रे हुँदै छन् ।

० सामाजिक विकास समितिको सदस्य पनि हुनुहुन्छ, तपाईँ सदस्य रहेको समितिले मुख्य गरी यस अवधिमा के–के काम सम्पन्न ग-यो ?
– सामाजिक विकास समितिअन्तर्गतका सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग सम्बन्धित ऐन कानुन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरिएको छ । यिनै मन्त्रालयअन्तर्गत सञ्चालित विकास निर्माणका कार्यक्रमलाई समितिले निरन्तर अनुगमन, सरकारलाई खबरदारी गरिरहेका छौं । सामाजिक न्याय र मानव अधिकारको क्षेत्रमा सरोकारवाला निकायसँग परामर्श, छलफल अन्तक्र्रिया कानुन निर्माणमा सुझाव विभिन्न दिवस व्यवस्थित रूपले मनाउने सन्दर्भमा सहभागिता जनाएको अवस्था छ । प्रदेशसभाको सक्रिय समितिमा सामाजिक विकास समिति बनाएका छौं । सरकारलाई महत्वपूर्ण निर्देशन दिने काम पनि भएका छन् ।

(Visited 536 times, 1 visits today)
Loading comments...

आजको समाचार

फेरी बढ्यो इन्धनको मुल्य, पेट्रोल प्रतिलिटर १२७ रुपैयाँ

  काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ । बुधबार राती १२ बजे लागु हुने गरि निगमले पेट्रोल तथा डिजेल,...

प्राविधिक काम गर्दा अपनाउनुपर्ने सुरक्षा

कुनै पनि नसोचेको घटनाबाट पहिल्यै सतर्क भएर बाँच्ने अवस्थालाई सुरक्षा भनिन्छ । सुरक्षित हुनलाई हामीले विभिन्न कुरामा पहिल्यै विचार गरेर कार्य गर्नुपर्छ । त्यसैले...

घरमा पालेकाे कुकुरलाई झुण्ड्याएर हत्या गर्नेमाथि कानूनी कारबाही गर्न माग

  काठमाडौं । सुर्खेतमा कुकुरको पाश्विक हत्या गर्ने व्यक्तिमाथि कानूनी कारबाही गर्न पशु अधिकारकर्मीले नेपाल प्रहरीसमक्ष माग गरेका छन् । एनीमल नेपालकी संस्थापक अध्यक्ष प्रमदा शाह,...

२० मन्त्री पदमुक्त हुने सर्वोच्चको अन्तरिम आदेशपछि राजनीतिक दलहरुको यस्तो आयो प्रतिक्रिया

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि दुईपटक गरिएको मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम...

ईट्टा भट्टामा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दाजु भाईको मृत्यु

  सर्लाही । सर्लाहीमा ईट्टा भट्टामा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दाजु भाईको मृत्युु भएको छ। बुधवार मलंगवा न.पा.११ स्थितमा रहेको जंगीलाल रायको ईट्टा भट्टामा...

साताका लोकप्रिय समाचार

प्रधानमन्त्री ओलीले आफूनिकट नेतासँग छलफल गर्दै

काठमाडौं । पछिल्लो पटक विस्तार गरेको मन्त्रिपरिषद्लाई सर्वोच्च अदालतले खारेज गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट नेताहरुसँग छलफल गर्दैछन् । पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न...

ढुंगा, गिटी, बालुवा निकासी रोक्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले ढुंगा, गिटी, बालुवा निकासी गर्ने आगामी आर्थिक वर्षको बजेटमा गरिएको व्यवस्था तत्काल कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको...

उपत्यकाका नौ प्रहरी वृत्तमा नयाँ प्रमुख

काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यकाका ९ प्रहरी वृत्तमा नयाँ प्रमुखलाई जिम्मेवारी दिएको छ । उपत्यकाका नयाँ प्रहरी प्रमुखमा ढुण्डिराज न्यौपाने बौद्ध, दुर्गाप्रसाद दाहाल लैनचौर,...

गण्डकीका मुख्यमन्त्री मनाङमा अड्किए

  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टोली मनाङ सदरमुकाम चामेमा रोकिएको छ । मौसममा खराबी आएपछि टोली उद्धारमा खट्न सकेको छैन...

महाकाली नदीमा पानीकाे सतह बढ्दै, १० घर डुब्यो

  धनगढी । अबिरल वर्षासँगै महाकाली नदीमा औसत भन्दा बढी पानी सतह बढेको छ । महाकाली नदीमा पानीको सतह बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाको केही बस्ती...

ट्रेन्डिङ

व्रम्हपुरीमा जनप्रतिनिधिदेखि प्रहरी हवल्दार सम्म कोरोना संक्रमित

सर्लाही । सर्लाहीको ब्रह्म्पुरी गाउँपालिकामा जनप्रतिनिधि,स्वास्थ्यकर्मी तथा प्रहरी सहित स्थानियहरुमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ । बुधवार र बिहिवार गरी दुई दिनको रिपोर्टमा...

नेपाल फकाउने ओलीको प्रयास असफल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको आन्तरिक विवादले नेताका दौडधुप तीव्र बनेको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ...

कैलालीमा क्वारेन्टिनबाट भागेका व्यक्ति मृत फेला

कैलाली । कैलालीमा क्वारेन्टिनबाट भागेका एक जना व्यक्ति आज मृत फेला परेका छन् । यही साउन १ गते भारतबाट फर्किएर गोदावरी नगरपालिका–८ स्थित गोलादेवी...

सीमामा तमासा देखाएर कोरोना रोकिन्न

केही कमाउने आशमा भारतको गोवा पुगेका नेपाली नागरिक लोकेन्द्र सिर्पाली अहिले गोवामै स्थानीयले उपलब्ध गराएको खाना खाएर बसिरहेका छन् । सामाजिक सञ्लालमार्फत सम्पर्कमा आएका...

नेपाल–भारत उडान सञ्चालन हुने

काठमाडौँ । कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट...

थप ३ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौं । कोरोना भाइरस संक्रमित थप ३ जना फेला परेका छन् । आज शनिबार ३ जनामा संक्रमण भएको पुष्टि भएको हो । योसँगै नेपालमा...

इटहरीमा एकैदिन ५८ जनामा कोरोना संक्रमण पुष्टि

इटहरी । इटहरी उपमहानगरपालिकामा एकैदिन ५८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । बुधबार इटहरी उपमहानगरपालिकामा एकैदिन ५८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि...

ओलीलाई प्रचण्डको जवाफ : संविधानको हत्या भएको बेला हामी हाँस्न सक्दैनौं

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको हत्या हुँदा हाँस्न नसक्ने बताएका छन् । काठमाडौंको बुद्धनगरमा आयोजित राष्ट्रिय युवा...

गीतसंगीतबाट अरुण थापाको सम्झना

काठमाडौं । गायक अरुण थापाको गीतसंगीत प्रस्तुतसँगै उनको सम्झना गरिएको छ । थापाको २१औं स्मृति दिवसमा उनको योगदानको स्मरण गर्दै सोमबार भक्तपुरमा एक सांगीतिक...

स्थानीय तहका रिक्त पदाधिकारी नाम पठाउन निर्देशन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त पदाधिकारीको नाम पठाउन सबै जिल्ला समन्वय समिति (जिसस)लाई निर्देशन दिएको छ । मन्त्रालयले सबैलाई...

बलात्कृत किशोरी गर्भवती भएपछि बलात्कारमा संलग्न पक्राउ

बैतडी । बैतडीमा किशोरीमाथि बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । जिल्लाको सिगास गाउँपालिकाकी १६ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सिगास ५ का...

दाहाल–नेपाल समूहले निर्वाचन आयोगसँग माग्यो थप समय

काठमाडौं । निर्वाचन आयोगले बोलाएको छलफलमा नेकपाको दाहाल–नेपाल समूह सहभागी हुन नसक्ने जानकारी गराएको छ । निर्वाचन तयारी र दल दर्ता विषयमा निर्वाचन आयोगले शुक्रबार...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)