निर्वाचनको मुखमा गैर पत्रकारलाई सदस्यता दिएको भन्दै बिरोध

बैतडी । निर्वाचनको मुखमा नेपाल पत्रकार महासंघ बैतडी शाखाले गैर पत्रकारलाई सदस्यता बितरण गरेको भन्दै क्रियाशील पत्रकारले बिरोध सभा गरेका छन् ।

बिरोध सभाले सदस्यता शुद्धिकरणको माग गर्दै संघर्ष समिति गठन गरेको छ । क्रियाशील पत्रकार महेश अवस्थीको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको पत्रकार बसन्त बिष्टले बताए ।

पत्रकार बिष्टले भने, “पत्रकार महासंघको निर्वाचनको पूर्व सन्ध्यामा बिमा कम्पनीका एजेन्ट, उपभोक्ता समितिका सदस्य र विद्यालय व्यवस्थापन समितिका मान्छेलाई महासंघको सदस्यता दिन सिफारिस गरेको पायौं । त्यसैले बिरोध सभा गरेका हौं ।”

बिरोध सभामा सहभागी पत्रकार लोकेश साउदले पत्रकार महासंघ बैतडीमा त्यसै पनि नगरपालिकाका कर्मचारी, वडा अध्यक्ष, निर्माण व्यवसायि लगायत नगर कार्यपालिकाका सदस्यहरु पत्रकार महासंका सदस्य रहेको बताए ।

साउदले भने, “पुराना गैर पत्रकारलाई हटाउनुको सट्टा यो पालि फेरि थप उस्तै प्रकृतिका गैर पत्रकारलाई सदस्यता बितरण गर्ने सिफारिस गरेको पायौं । गैर पत्रकारलाई महासंघको सदस्यता दिएर स्वच्छ र मर्यादित पत्रकारिताको कल्पना गर्न सकिदैंन । ”

सदस्यता बितरणको विषयमा नेपाल पत्रकार महासंघ बैतडी शाखाका अध्यक्ष प्रेम भाटले केन्द्रमा सिफारिस गरिएका व्यक्तिको नामावली छनौट भएर नआएकोले बसेर छलफल गर्न सकिने बताए ।

सदस्यता बितरणको विषयमा पत्रकार महासंघ बैतडी शाखाले तत्काल शुद्धिकरण गरेर मात्र नयाँ सदस्यता बितरण गर्नु पर्ने बैतडीको क्रियाशील पत्रकारले माग गरेका छन् ।

बिरोध कार्यक्रममा सहभागी पत्रकार कृष्ण बिष्टले पत्रकार जस्तो मर्यादित पेशाको सदस्यता बितरण गर्दा बैतडी पत्रकार महासंघले कुनै छलफल नै नगरेको बताए । उनले, “कोठे वैठक बसेर गैर पत्रकारलाई सदस्यता दिनुको कारण के हो ? बुझ्न सकिएन । सिफारिस गरिएका व्यक्तिको नामावली माग गर्दा समेत थाहा दिईएन, त्यसैले संघर्षको कार्यक्रममा सहभागि भएका छौं ।”

पत्रकार महासंघ बैतडीमा हालसम्म ८६ जना पत्रकार महासंघका सदस्य रहेका छन् । यो वर्ष महासंघले ७० जनालाई नयाँ सदस्य दिने निर्णय गरे पनि सफारिस गरिएका नया सदस्यताको नामापली सार्वजनिक गरेको छैन ।

पत्रकारिता पेशालाई स्वच्छ र मर्यादित बनाउन सदस्यता शुद्धिकरण अभियान चलाएर संघर्ष गर्नु परेको समितिका संयोजक महेश अवस्थीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको पन्ध्रौं मेयर को हाेला ? (यस्तो छ इतिहास)