जिल्ला प्रहरी कार्यालयले उत्कृष्ट कार्य गर्ने छ जना महिला प्रहरीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । महिला दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयमा कार्यरत महिला प्रहरीहरुलाई पुरस्कृत गरिएको हो । आफ्नो कार्यक्षेत्रमा सुम्पीएको जिम्मेवारी ईमान्दार र अनुशासित रुपमा काम गरेको भन्दै पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
पुरस्कृत हुनेहरुमा इलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत प्रहरी हवल्दार बिमला पोखरेल इलाका प्रहरी कार्यालय मेलम्चीमा मा कार्यरत हवलदार अम्बिका भण्डारी र इलाका प्रहरी कार्यालय बाह्रविसेमा कार्यरत प्रहरी जवान मनमाया गुरुङ, कोदारीमा कार्यरत बिना दैरे र जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानहरु प्रतिमा लामा र सुस्मिता सापकोटा रहेका छन् ।
सबैको अभिलेखमा जनिने गरेर पुरस्कृत गरिएको डीएसपी सापकोटाले जानकारी दिए । सिन्धुपाल्चोक प्रहरीले यसरी एकै पटक महिला प्रहरीहरुलाई पुरस्कृत गरेको यो पहिलो पटक हो । इमान्दार रुपमा काम गर्ने प्रहरीहरुलाई मुल्यांकन गर्दे पुरस्कृत हुँदा उनीहरुको मनोबल उच्च हुने र पेशा प्रति अझै लगनशिल भएर कार्यक्षेत्रमा खटिने भएकाले पुरस्कृत गरिएको डीएसपी सापकोटाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले प्रहरीहरुको मनोबल उच्च बनाउन र हौसला प्रदानका लागि हरेक प्रहरीहरुको जन्म दिन मनाउने लगायतका कामहरु गर्दे आएको छ ।
दिनेश थापा






