धनगढी । आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब पहिलोपटक नेपाल आईस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप फुटब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा शनिबार विभागीय टोली नेपाल एपीएफ क्लबलाई २–१ ले पराजित गर्दै आयोजक पहिलोपटक फाइनलमा प्रवेश गरेको हो ।

आयोजकको जितमा दुवै गोल विक्रमसिंह ठकुरीले गरे । एपीएफका आशिष लामाले १ गोल फर्काए । तीनै गोल पहिलो हाफमा भएको थियो । घरेलु समर्थकको साथ पाएको सुदूरपश्चिमले खेलको आठौं मिनेटमा विक्रमको गोलबाट अग्रता बनाएको थियो । उनले एपीएफका दुई डिफेन्डरलाई बिट गर्दै गोल गरे । ११औं मिनेटमा विक्रमले व्यक्तिगत दोस्रो गोल गर्दै सुदूरपश्चिमलाई २–० को अग्रता दिलाए ।

२४औं मिनेटमा आशिष लामाले गोल गर्दै एपीएफलाई खेलमा फर्काउने संकेत दिए । दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन् र सुदूरपश्चिमले २–१ ले खेल आफ्नो बनाउन सफल भयो । सुदूरपश्चिमका विक्रम खेलका म्यान अफ दि म्याच चुनिए । उनले १० हजार रुपैयाँ पाए । अब आयोजक सुदूरपश्चिमले उपाधिका लागि मंगलबार हिमालयन शेर्पा र रुस्लान थ्री स्टार क्लबबीचको विजेतासँग खेल्नेछ । शेर्पा र थ्री स्टारबीचको खेल आइतबार हुनेछ । प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा शुक्रबार यती हिमालयन शेर्पा क्लब र गोर्खा ब्वाइज क्लब रूपन्देहीबीच प्रतिस्पर्धा हुनेछ । २० फागुनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैयाँ तथा उपविजेतालाई १० लाख १ रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

धनगढी रंगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई बेनाली मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५–१५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 232 times, 1 visits today)

epaper

ताजा समाचार

पोखरामा प्रहरीको ‘स्वीप अप्रेशन’, एकै रातमा १२२ जना पक्राउ