महोत्तरीमा शौचालय जान निस्केका वृद्धमाथि गोली प्रहार

महोत्तरी । महोत्तरीको मनरासिस्वा नगरपालिका –३ मा आज बिहान अज्ञात व्यक्तिले एक व्यक्तिमाथि गोली प्रहार गरेको छ ।

महोत्तरीका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीका अनुसार मनरासिस्वा न.पा.३ का ६१ वर्षीय सहदेव प्रसाद यादवमाथि अज्ञात व्यक्तिले गोली प्रहार गरेका छन् ।

यादव आज बिहान २ बजेतिर घर बाहिर पिसाब फेर्न निस्केको बेला अज्ञात व्यक्तिले उनीमाथि २ राउण्ड गोली प्रहरी गरेका थिए । अज्ञात व्यक्तिले चलाएको गोली मध्ये यादवको दाहिने कोखामा १ राउण्ड गोली लागि उनी गंभिर घाईते भएका छन् भने उनको उपचार जनकपुर स्थित जानकी हेल्थकेयरमा भइरहेको छ ।

यता घटना स्थलबाट प्रहरीले चाईनिज पेस्तोलमा लाग्ने २ राउण्ड गोलीका खोका र १ राउण्ड गोली बरामद गरेको छ भने यादवमाथि गोली प्रहार गर्ने व्यक्तिकोे व्यापक रुपमा खोजतलाश भईरहेको प्रहरी प्रमुख अधिकारीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 254 times, 1 visits today)

epaper

ताजा समाचार

महाधिवेशन सुरु नहुँदै देखिन थाल्यो रास्वपामा गुट