प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै, सम्भावित कार्यसूची तय

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बस्ने भएको हो । बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन् ।

संसद पुनर्स्थापित भएपछि आज तेस्रो पटक बैठक बस्न लागेको हो । यस अघि सरकारले विभिन्न अध्यादेश पेश गर्न लागेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेपछि केहीबेर स्थगित गरिएको बैठक आजका लागि सारिएको थियो ।

आजको बैठकमा सभामुख उपस्थित नभएका बेला सभाको अध्यक्षता गर्ने प्यानलमा रहने सांसदहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यसअघि आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसुचि तय गर्नका लागि हिजो कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । प्रतिनिधि सभा कार्यब्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभा बैठकको कार्यसूची भने तय गर्न सकेको थिएन ।

तपाइको प्रतिक्रिया
(Visited 146 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

पत्रकार संघको संयोजकमा वर्मा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हेटौंडामा राप्रपाका दीपकले लम्ब्याए मतान्तर