सफल मिडिया हाउसका अध्यक्ष हुमागाईंलाई पितृशोक

पोखरा । सफल मिडिया हाउस प्रालिका अध्यक्ष तथा सफल आवाज डटकमका प्रकाशक दुर्गाप्रसाद हुमागाईंलाई पितृशोक परेको छ । उनका पिता इन्द्रप्रसाद हुमागाईंको ७७ वर्षको उमेरमा आफ्नै निवास काभ्रेको पनौती नगरपालिका–२, कुशादेवीमा हिजो मंगलबार साँझ करिब ६ बजेतिर निधन भएको हो ।

केही वर्षयता नसा तथा उच्च रक्तचाप रोगबाट पीडित स्व. इन्द्रप्रसाद समाजसेवीका रुपमा चिनिन्छन् । उनको मंगलबार नै त्रिवेणीघाटमा अन्त्येष्टि गरिएको परिवारजनले जनाएको छ ।

स्व. इन्द्रप्रसाद र चन्द्रमाया हुमागाईं दम्पतीका ४ छोरा र ३ छोरी छन् । परिवारमा कान्छा छोरा दुर्गाप्रसाद हुमागाईं लायन्सका सिनियर लिडर रुपमा चिनिन्छन् । नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य, मुनाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उनी विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन् ।

तपाइको प्रतिक्रिया
(Visited 233 times, 1 visits today)

epaper

ताजा समाचार

बालिका करणी अभियोगमा बिपिन पक्राउ