पोखरामा जब जहाजबाट धुवाँको मुस्लो निस्क्यो …

पोखरा । पोखरा विमानस्थलबाट बुधबार दिउँसो अचानक धुवाँको मुस्लो निस्किएपछि ’roundका मानिसहरु अत्तालिए । विमानस्थलभित्र ठूलै दुर्घटना भएको अनुमान लगाए ।

रन–वे छेउमा सेतो रंगको जहाज छेउबाट धुँवाको मुस्लो देखियो । त्यसपछि केहीले बरुणयन्त्रमा त केहीले प्रहरीमा खबर गरे । लगत्तै साइरन बजाउँदै दमकल दुर्घटनास्थलतर्फ दौडन थाले । केहीको मृत्यु भएको र केही घाइते भएको भन्दै घटनास्थलमा उद्धार गरी घाइतेलाई एम्बुलेन्समा राखियो । र, अस्पतालतर्फ दौडाइयो ।

कतिपय मानिसको अनुमान गलत सावित गर्दै वास्तवमा यो नमुना दुर्घटना गराएर भएको उद्धार अभ्यास थियो । गण्डकी प्रदेश सरकारले जहाजको आपतकालीन उद्घारसम्बन्धी बुधबार दिउँसो ४ बजे सो नमुना अभ्यास गरेको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपद् उद्घारकर्मीको क्षमता विकास गर्ने उद्देश्यले सो अभ्यास गरेको जनाएको छ ।

अभ्यासका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, रेडक्रसका पदाधिकारी लगायत खटिएका थिए । सोको पूर्व तयारीमा अघिल्ला २ दिन सामान्य अभ्यास समेत भइसकेको थियो ।

नमुना जहाज बनाएर सोही जहाज दुर्घटना भएको अभ्यास गरिएको हो । आगो निभाउन दमकल, एम्बुलेन्स, हेलिकप्टर मार्फत उद्धार अभ्यास गरिएको थियो । घटनामा ५ जनाको शव निकालिएको थियो । घाइतेको उद्धारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मेट्रो सिटीतर्फ लगिएको थियो ।

उद्घार अभ्याससँगै चारदिने विपद् उद्घारकर्मीले क्षमता विकास तालिम सहभागीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङ, आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान लगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

epaper

ताजा समाचार

वर्तमान सरकारले दुई तिहाईको चमत्कार देखाउन सकेन : प्रभु साह