काठमाडौं । भुवन नगरकोटीले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ उपाधि जितेका छन् । सूर्य नेपाल गल्फ टुरको ओपनिङ इभेन्टमा उनले बिहीबार अन्तिम दिन कुल सात अन्डर २ सय ८१ मा रहँदै उपाधि जितेका हुन् । उनले एमेच्योर सुवास तामाङलाई पछाडि पार्दै उपाधि जिते । उपाधिका साथ १ लाख ३० हजार नगद पुरस्कार जिते । सुवास तामाङ एमेच्योर विजेता बने । सुक्रबहादुर राईले उपविजेता बनेर ८४ हजार रुपैयाँ प्राप्त गरे । प्रोफेसनलतर्फ संजय लामा तेस्रो भए । उनले ६० हजार रुपैयाँ प्राप्त गरे । एमेच्योरतर्फ अजित बिके दोस्रो भए भने समग्रमा पाँचौं स्थानमा रहे । विजय श्रेष्ठ एमेच्योरतर्फ तेस्रो भए ।
प्रोफेसनलेतर्फ रवि खड्का चौथो भए । उनले ५० हजार रुपैयाँ पुरस्कार जिते । राजेन्द्र श्रेष्ठ प्रधान र दीपक मगर संयुक्त पाँचांै स्थानमा रहे । रामे मगर प्रोफेसनतर्फ सातौं स्थानमा आए । उनले ३५ हजार नगद पुरस्कार जिते । उनिरज तामाङ आठौं स्थानमा आए । प्रतियोगितामा ६१ गल्फरले भाग प्रतिस्पर्धा गरेका छन् । नेपाल प्रोफेसनले गल्फर एसोसिएसनले सूर्य नेपाल प्रालिको प्रायोजनमा प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगिताको विजेतालाई सूर्य नेपालका मार्केटिङ उपाध्यक्ष दिप्रा लाहिरी, नेपाल पीजीएका अध्यक्ष रविन्द्रमान श्रेष्ठ र एजीएका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे ।






