केपी ओली अहंकारी, माधव–प्रचण्ड लोभी : गगन थापा

पोखरा । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाले नेकपाको मृत्यु हुँदा पनि मलामी जाने मानिस नभएको टिप्पणी गरेका छन् । उनले उपनिर्वाचनमा नेकपाबाट आएका जनप्रतिनिधिलाई जनप्रतिनिधि नै मान्न नसकिने पनि बताए । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ गण्डकी प्रदेशको शुक्रबार दोश्रो अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता थापाले सो कुरा बताएका हुन् ।

हिजो ओली र प्रचण्डले छातीमा मुड्की बजार्दै अब ५० वर्ष चलाइन्छ भने पनि कम्युष्टि पार्टी मर्दा कोही नबोल्ने गरेको र मलामी जाने मानिस समेत नभएको नेता थापाले बताए । मरिसकेका पार्टीका नामबाट निर्वाचित जनप्रतिनिधिलाई अब जनप्रतिनिधि नै मान्न नसकिने पनि उनको भनाइ छ । ‘पार्टी नै नभएपछि जनप्रतिनिधि कसरी भइन्छ ? कोही एमालेमै फर्किए, कोही माओवादीमा फर्किएका छन् । त्यसैले अब पार्टी नै मरिसकेको छ,’ थापाले भने, ‘पार्टी मरेपछि जनप्रतिनिधि रहँदैन, निर्वाचन परिणाम मान्दैनांै भन्नुपर्छ ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहंकारी र अयोग्य तथा प्रचण्ड र माधव नेपाललाई लोभीको संज्ञा दिए । ५ वर्षका निम्ति नेकपाले सरकार चलाउने र कांग्रेस प्रतिपक्षमा बस्ने म्यान्डेट पाएको भए पनि प्रधानमन्त्रीमा अहंकार हुँदा समस्या भएको उनले बताए ।

‘प्रधानमन्त्री ओलीले ३ वर्ष अघि फागुनमा संसद्मा विश्वासको मत पाएको दिनबाट करिब १८ सय दिन नेकपाले सरकारमा बस्ने जिम्मा पाएको हो । तर नेकपाले आफूलाई सम्हालेर, जिम्मेवारी पूरा गर्नुपर्ने थियो । तर अहिले नेकपा नै छैन,’ उनले भने ।

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघका अध्यक्ष सहदेव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, कुमार खड्का, कृष्ण केसी लगायतले बोलेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 167 times, 1 visits today)

epaper

ताजा समाचार

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिन बोलाइएको बैठक सोमबार बस्नै सकेन, अर्काे बैठक भोलि ४ बजे