विदेशीको सहयोगमा गणतन्त्र समाप्त पार्ने खेल : प्रचण्ड

फाइल तस्वीर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशी शक्तिको सहयोगमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने खेल भइरहेका बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित ५६औं अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवस (२१ मार्च) र नेपाली दलित आन्दोलनको कार्यदिशा विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

संविधान च्यात्न गणतन्त्र विरोधी स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्ति लागेको दाबी उनको रहेको छ । ती शक्ति मिलेर एउटा धार बनेको बताउँदै उनले संविधान निस्तेज पार्ने मानिसका रूपमा उनीहरूले केपी ओलीलाई भेटेको दाबी गरेका छन् ।

आफूले उत्पीडित जनसमुदायले पाउनुपर्ने अधिकार र मुद्दा नछोडेको बताउँदै उनले सबैलाई पहिचान र अधिकार दिन तथा जागरण दिने काम आफूहरूले नै गरेको दाबी गरेका छन् । श्रमिकवर्गलाई माया गर्नेको एउटा धार र अर्को धार त्यसको विरोधी बनेकाले जनताले फैसला गर्ने बेला आएको उनले बताए ।

विगतको सहमति उल्लंघन गर्दै प्रधानमन्त्री अगाडि बढ्न खोजेको बताउँदै उनले प्रधानमन्त्रीले सधैं जालझेल मात्रै गरेको दुखेसो पोख्दै भने, ‘केपीले जब जालझेल र षड्यन्त्र गर्न थाले, विधि पद्धतिको हत्या गर्न लागेपछि विद्रोहको झन्डा कसले उठायो ? १९ पृष्ठ लामो दस्तावेज मैले लेखेको छु । केपीको प्रवृत्तिले कसैको पनि मुक्ति सम्भव हुने देखिएन । उनले ठग्ने काम गरे । ठगठाग गर्ने सहमति लागू नगर्ने गरेपछि १९ पृष्ठ लामो दस्तावेज लेखें ।’

यसैबीच माओवादी अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच छलफल भएको छ । एक्लाएक्लै भएको छलफलमा पछिल्लो राजीतिक अवस्थाको ’boutमा कुराकानी भएको बताइएको छ ।
दुवै जनाबीच एक्लाएक्लै छलफल भएको जसपाका केन्द्रीय सदस्य एवं डा. भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले पुष्टि गरेका छन् । उनीहरूबीच तत्कालको राजनीतिक संकट समाधान’bout भेट केन्द्रित रहेको पाण्डेले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।

बाबुरामका प्रेस सल्लाहकार पाण्डेले उनीहरूको भेट भएको पुष्टि गर्दैै लेखेका छन्, ‘उहाँहरूबीचको भेट्घाट समसामयिक राजनीतिक विषयमा तत्कालको राजनीतिक संकट समाधान खोज्नेतर्फ केन्द्रित थियो । उहाँहरूबीच वैचारिक मतभिन्नता भएकाले दरार बढाउने र घटाउने भन्ने प्रश्न गौण हो । समाजवादी केन्द्र बनाउनेगरी ध्रुवीकरणमा जानुपर्छ भन्ने कुरामा बाबुराम भट्टराई स्पष्ट हुनुहुन्छ । कमरेड प्रचण्ड कम्युनिस्ट ब्रान्ड छोड्न सक्नुहुन्न र बाबुराम भट्टराई चाहिँ अब कम्युनिस्ट ब्रान्ड मात्रै बोक्न फर्किनुहुन्न । त्यसैले, कमरेड प्रचण्ड कम्युनिस्ट ब्रान्ड त्यागेर समाजवादी केन्द्र बनाउने अभियानमा नजोडिएसम्म उहाँहरूबीच पुनर्मिलन सम्भव छैन । कुनै भ्रम नराखी स्पष्ट हुँदा हुन्छ ।’

तपाइको प्रतिक्रिया
(Visited 157 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको नगराइन नगरपालिकामा कांग्रेसका यादव निर्वाचित