Thursday, August 5, 2021
HomeEditor-Picksकोरोना भयावह हुन नदिन ध्यान दिऔं : प्रधानमन्त्री

कोरोना भयावह हुन नदिन ध्यान दिऔं : प्रधानमन्त्री

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले कोभिड–१९ को संक्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताए ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले भयावहको स्थिति नभए पनि ध्यान दिन भने जरुरी रहेको बताए ।

‘तीन दिनदेखि लक्षण फेरि नकारात्मकतातिर जान खोज्या हो कि, यद्यपि स्थिति भयावह छैन तर भयावह हुन नपाओस् भनेर हुनुभन्दा अगाडि नै हामीले ध्यान दिनुपर्दछ,’ उनले भने ।

कोरोनाको पूर्णरूपमा नियनत्रण नहुन्जेलसम्म सामाजिक दूरी कायम राख्नुपर्ने बताउँदै उनले खोप लगाएर कोभिड–१९ को संक्रमण निर्मूल पार्न सजिलो नभएको जनाएका छन् ।

प्रधानमन्त्री ओलीले अन्य देशका तुलनामा नेपालमा कोभिड–१९ संक्रमणको असर कम परेको भन्दै उनले संक्रमण बढ्न नदिन स्वास्थ्य मन्त्रालयको निर्देशन मान्नुपर्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा पुँजीगत खर्च गर्ने क्षमता नबढेको बताएका छन् । उनले पुँजीगत खर्च गर्ने क्षमताको कमी हुनु राष्ट्रिय कमजोरीका रूपमा रहेको बताउँदै सबै पक्षले पुँजीगत खर्चको क्षमता बढाउनुपर्ने आवश्यकता आंैल्याए ।

नेपाल नगरपालिका संघको २८औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्थानीय तहले कुल बजेटको ७० प्रतिशत बजेट माग गर्नु उपयुक्त नहुने बताएका छन् । पुँजीगत खर्च गर्ने क्षमता भएकाले पनि खर्च गर्न नसकेको अवस्थामा क्षमता नभएको ठाउँमा धेरै बजेट दिँदा खर्च कम देखिएको उनको भनाइ छ ।

उनले क्षमता भएको ठाउँमा पुँजीगत खर्च नभएर बेहाल भएको भन्दै क्षमता नभएका ठाउँमा पुँजीगत खर्च झन् गाह्रो हुने बताएका छन् । प्रधानमन्त्री ओलीले मेलम्चीको पानी १५ चैतदेखि काठमाडौंमा वितरण सुरु हुने र दुई वर्षभित्रै थानकोट नौबिसे सुरुङ निर्माण पूरा गर्ने जनाउँदै सरकारले पर्याप्त काम गरेको जानकारी दिए ।

उनले सरकारले सडक बालबालिका र सडक मानवमुक्त बनाएको दाबीसमेत गरेका छन् । ‘सडक बालबालिका खाते भनेर हिंडिरहेका थिए नि अहिले देख्नुहुन्छ ?’ उनले भने ‘मान्छेका बच्चा कुकुरसँग लडेर कुकुरसँग मिलेर सुत्थे, तपाईं हामीले सडकभरि देखेको होइन, अहिले कहाँ छन् ? किनभने ती बालबालिकालाई हेर्ने सरकार छ ।’

प्रधानमन्त्री ओलीले आफूहरूको प्रयासले सामाजिक क्षेत्रमा नेपाल विकसित देशभन्दा पनि माथि पुगेको बताएका छन् । नेपालको संसद्मा ३३ प्रतिशत र कुल जनप्रतिनिधिमध्ये ४१ प्रतिशत महिला रहेको भन्दै उनले यसलाई ५० प्रतिशत पु¥याउने उनको भनाइ छ ।

(Visited 182 times, 1 visits today)

आजको समाचार

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

तेस्रो लहरविरुद्ध डटौं

नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै...

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

साताका लोकप्रिय समाचार

नेप्से हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ रेकर्ड कायम गरेको छ । यस दिन सूचकसँगै कारोबार रकममा समेत सुधार देखिएको छ । नेप्से...

यार्सा र जडीबुटी खोज्नेद्वारा व्यापक वन फडानी

बझाङ । बझाङको बहुमूल्य हिमाली वन क्षेत्र नासिँदै गएको छ । यार्सा र जडीबुटी खोज्ने वन प्रवेश गर्नेबाट व्यापक रूपमा वन फडानी भइरहेको भए...

संक्रमित बढेसंगै सतर्कता जरुरी

बढ्दो संक्रमण, घट्दो सतर्कताका कारण कोरोनाका सक्रिय संक्रमितको संख्या अहिले एक महिनाकै उच्च हुँदा जनतामा एकखाले आतंक छाएको छ । जनतामा अब कोरोना महामारी...

चीनभित्रै कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थाल्यो

बेइजिङ । चीनमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको बताइएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा देशभित्रै सङ्क्रमित भएकाहरु भेटिनेक्रम बढेको बताइएको छ...

ट्रेन्डिङ

कोरोनाबाट विदेशमा १२१ नेपालीको मृत्यु

अमेरिका । कोभिड–१९ भाइरसको सङ्क्रमणबाट शनिबारसम्म विश्वभर १२१ गैरआवासीय नेपालीको ज्यान गएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले जनाएको छ । सङ्घका अनुसारका यो साता थप...

बाेकाे हरामद्वारा विद्यालयबाट अपहरित ३४४ विद्यार्थी मुक्त

सिन्ह्वा । नाइजेरियाको उत्तरी राज्य कितसिनाबाट करिब एक हप्ता अगाडी बन्दुकधारीहरुले विद्यालयमा आक्रमण गरी बेपत्ता पारिएका ३४४ विद्यार्थी मुक्त भएका सो राज्यका गभर्नर अमिनु...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)