विश्वकप छनोटः युक्रेनसँग फ्रान्स बराबरीमा रोकियो

पेरिस । डिफेन्डिङ च्याम्पियन फ्रान्स विश्वकप छनौट चरणको पहिलो खेल युक्रेनसँग बराबरीमा रोकियो । युरोपेली क्षेत्रको छनौट अन्तर्गत बिहीबार बिहान भएको पहिलो खेलमा फ्रान्स युक्रेनसँग १–१ को बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा भएको खेलमा फ्रान्सका लागि १९ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरेर सुरुवाति अग्रता दिलाएका थिए । तर ५७ औँ मिनेटमा फ्रान्सका प्रेसनल किम्पेम्बेले आत्मघाती गोल गरेपछि युक्रेन बराबरीको अवस्थामा आएको हो ।

त्यसपछि थप गोल हुन सकेन र फ्रान्स बराबरीमै रोकियो । समूह डी अन्तर्गत नै भएको अर्को खेलमा फिनल्याण्ड र बोसनिया हर्जगोविनाले २–२ को बराबरी खेलेर अंक बाँडेका छन् ।

यता युरोपियन छनोटको अर्को खेलमा भने बेल्जियमले वेल्समाथि पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा गयराति भएको खेलमा बेल्जियमले वेल्सलाई ३–१ ले पराजित गरेको हो । बेल्जियमको जितमा केभिन डि ब्रुयन, थोर्गन हाजार्ड र रोमेलु लुकाकुले गोल गरे ।

वेल्सका ह्यारी विल्सनको एक गोल गरे । जितपछि समूह ‘ई’ मा बेल्जियमले ३ अंक जोडेको छ । यही समूहको अर्को खेलमा चेक रिपब्लिकले इस्टोनियामाथि ६–२ को सानदार जित हात पारेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष ओलीको दाबी पेस

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरको २७ वटा वडाको मतगणना सकियो, माओवादी निल