Monday, May 17, 2021
Home बिचार विकासमा सामाजिक परिचालनको आवश्यकता र महत्व

विकासमा सामाजिक परिचालनको आवश्यकता र महत्व

गम्भीरबहादुर हाडा,

विकास शब्द अत्यन्त मूल्यवान् र सम्भवत निकै नै प्रभावकारी अवधारणा हो । यो एउटा सकारात्मक संरचनागत परिवर्तित स्वरूप हो । एउटा परिवर्तन र निरन्तर चलिरहने नयाँ अवस्थाको स्थापना र सुरुवात हो । अतः मानव समुदायको जीवन पद्धतिको स्वनिर्भर सकारात्मक र स्वपरिचालित अवस्था नै विकास हो, जसमा मानवीय र सामाजिक पक्ष पूर्ण रूपमा समेटिएको हुन्छ । विकासलाई बहुपक्षीय प्रक्रियाको रूपमा लिँदै संरचनात्मक परिवर्तन र दृष्टिकोणमा संस्थागत परिवर्तनलाइ बहुपक्षीय प्रक्रियाको रूपमा लिइएको छ । निरपेक्ष गरिबी निवारण र असमानता हटाउने सवालमा आर्थिक वृद्धिलाई सकारात्मक विश्लेषणबाट माथि उठी सामाजिक पूँजीको महत्वलाई जोड दिँदै समानतातर्फ केन्द्रित गरेको पाइन्छ ।

आर्थिक वृद्धि दीर्घकालीन प्रक्रिया हो । प्रतिवर्ष राष्ट्रको कुल उत्पादन क्षमतामा भएको वृद्धि र त्यसको उपयोगबाट राष्ट्रिय उत्पादनको आयतनमा भएको वृद्धिलाई आर्थिक वृद्धि भनिन्छ । बढ्दो जनसंख्याको माग पूरा गर्न तथा उपभोग बढाएर समाजको जीवनस्तर उकास्नको लागि प्रतिवर्ष विभिन्न किसिमका वस्तु र सेवाहरूको उत्पादन बढाउनुपर्ने हुन्छ तर त्यसै अनुरूप उत्पादन क्षमता नबढेसम्म उत्पादन बढाउन सक्दैन । फलस्वरूप आर्थिक वृद्धि दिगो हुन सक्दैन । त्यसैले अर्थतन्त्रको उत्पादन क्षमतामा निरन्तर वृद्धि गरी कुल उत्पादन क्षमतामा निरन्तर वृद्धि गराउने प्रक्रिया नै आर्थिक वृद्धिको प्रक्रिया हो । आर्थिक कल्याणको मापदण्डले उपभोगलाई जोड दिएको छ । उपभोगमा वृद्धि नभइकन जनताको जीवनस्तरमा सुधार हुन सक्दैन । आर्थिक कल्याणको आधारमा आर्थिक विकास मापन गर्दा आर्थिक विकासले प्रतिव्यक्ति आय वृद्धि हुनुका साथसाथै आयको असमान वितरण घट्न गई समस्त जनसाधारणको सन्तुष्टि अधिकतम बढ्दै गइरहेको अवस्थालाई दर्शाइएको हुन्छ ।

आर्थिक विकासको प्रक्रियामा व्यक्तिहरूद्वारा उपभोग गरिने वस्तु तथा सेवाको स्तर वृद्धि हुँदै गइरहको हुन्छ । आर्थिक कल्याणमा वृद्धिका परिसूचकमा विश्वास गर्ने अर्थशास्त्रीको भनाइअनुसार आम्दानी तथा उत्पादन मात्र आर्थिक विकासको सूचक हुन सक्दैन । उत्पादन आर्थिक विकासका लागि आवश्यक भए तापनि वितरणलाई पनि ध्यान दिनुपर्दछ । उत्पादन र आम्दानीको ठूलो हिस्सा सीमित व्यक्तिमा केन्द्रित हुनेगरी उत्पादन र आम्दानी बढ्ने अवस्थालाई सच्चा अर्थमा आर्थिक विकास भन्न नसकिने धारणा कल्याणवादी अर्थशास्त्रीको धारणा रहेको पाइन्छ । कल्याणवादी अर्थशास्त्रीका मतअनुसार आर्थिक विकास भए नभएको मापन गर्नका लागि गरिबी घटेको वा बढेको, साधनको वितरण अधिकतम व्यक्तिको साथमा जान सके नसकेको, बेरोजगारीको आकार घटेको या नघटेको तथा मानिसको जीवनस्तरमा सुधार आएको वा नआएको भन्ने कुराको मापन गर्न सकिन्छ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम सन् १९९३ को प्रतिवेदनले सामाजिक सहभागिताको प्रवद्र्धन गर्ने रणनीति निर्माण गर्दा निम्न कुरालाई जोड दिइएको पाइन्छ:

आठ मानवीय विकास कार्यक्रममा सरकारी लगानी बढाउने ।
आठ बजार संयन्त्रलाई अवरोधरहित बनाउने ।
आठ प्रजातान्त्रिक शासन पद्धतिलाई सुदृढ बनाउने ।
आठ गैरसरकारी संस्था, स्वतन्त्र प्रेस, जनताका संघसंगठन तथा नागरिक समाजका अवयवलाई मजबुत बनाउने ।

समाजमा सामाजिक सहभागिताबाट हुने मुख्यमुख्य फाइदा:
आठ व्यक्ति र समुदाय संगठित हुने र पारस्परिक सहयोग आदानप्रदान गर्ने क्षमता अभिवृद्धि, आठ सानातिना कार्यमा पनि सरकारी मुख ताक्नुपर्ने बाध्यताको अन्त्य, आठ प्रयोग नभएका स्रोत साधन र मानवीय सामथ्र्य तथा सिर्जनशील शक्तिको परिचालन, आठ परनिर्भरताको अन्त्य, आठ स्वाभिमानी तथा आत्मनिर्भर समाजको विकास, आठ सामूहिक निर्णय गर्ने प्रवृत्तिको विकास, आठ मानिसको बीचमा आपसी सद्भाव, समझदारी, विश्वास तथा समन्वयमा विकास, आठ विकास आयोजनाको लागतमा कटौती, आठ विकास आयोजना÷सरकारी कार्यालय तथा सार्वजनिक स्थललाई आफ्नै स्वामित्वको हो भन्ने कुराको प्रचारप्रसार, आठ साधन र स्रोतको दुरूपयोगमा विश्वास, आठ सरकारी कार्यबोझमा कमी, आठ निर्धारित लक्ष्य हासिल गर्न प्रेरित, आठ अख्तियार दुरूपयोग र भ्रष्टाचारमा कमी, आठ जनचेतना, विकास मानवीय सीप र ज्ञानको विस्तार, आठ उपयुक्त प्रवृत्तिको खोज तथा अनुसन्धान, आठ उपयुक्त योजनाको चयन र तर्जुमा, आठ लोकतान्त्रिक पद्धतिको विकास ।

नेपालका आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा कृषिले शताब्दियौंदेखि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ

सहभागितामूलक विकास कार्यक्रमको सुरुवात एफएओ, आईएलओ, इएससीएपीको मुखबाट खासगरी एआईडीले ग्रामीण जनता सामूहिक रूपमा आफ्ना समस्या समाधान गर्न, सामाजिक–राजनीतिक असन्तुलन र असामञ्जस्य कटौती गर्न सक्षम हुन्छन् भन्ने कुरालाई विश्वस्त पा¥यो । यो संस्था खास गरी निम्नलिखित सरल, तर स्वस्थ विचारलाई अगाडि सारेर निर्मित भएको थियो ः

वर्तमान सामाजिक, आर्थिक, राजनीतिक, गरिबीको कटौती गर्न पूर्ण रूपमा सहयोगी रहेका छैनन् । गरिब साधारणतया, कमजोर, विभाजित, असंगठित, असमान व्यवहार गरिएका, राजनीतिक एवं सामाजिक आवाजबिनाका हुन्छन्, जसले तिनीहरूलाई मनोवैज्ञानिक परनिर्भरता, सहयोगविहीन अवस्थामा पु¥याउँछन् । गरिबले आफ्नो अवस्था बुझ्न सकेमा, वर्तमान बाधालाई हटाउने सुधारका समभावनालाई बुझ्न सकेमा वर्तमान समयमा रहेका कमजोरीमाथि विजय प्राप्त गर्न सकिन्छ । जसका लागि गरिब अनौपचारिक प्रकार्यात्मक स्वावलम्बन समूहमा संगठित हुनुपर्दछ र अन्य उपयुक्त माध्यम एवं सहयोगी पनि तिनीहरूको स्रोतलाई सकारात्मक विकासमा परिचालन गराउन र स्वविकास एवं सशक्तीकरण गराउन थप बल प्रदान गर्नुपर्दछ ।

सामाजिक परिचालन भनेको समाजका सबैखाले (महिला, पुरुष, दलित, जनजाति, अपांग आदि)को जीवनमा सकारात्मक तथा गुणात्मक परिवर्तन ल्याउनका लागि प्रस्ट लक्ष्य निर्धारण गरी पीडित जनसमूह वा समुदायको अगुवाइमा स्थानीयदेखि राष्ट्रिय तहसम्मका नीति निर्माता, नेतृत्ववर्ग आदिजस्ता सबै खाले मानिसलाई ध्यानाकर्षण गर्ने, संलग्न गर्ने र उक्त लक्ष्य प्राप्तिमा परिचालन गर्ने योजनाबद्ध प्रक्रियालाई सामाजिक परिचालन भनिन्छ । यसरी परिभाषाका आधारमा सामाजिक परिचालन भनेको खास गरेर समाजका वञ्चितीकरणमा परेका समूह, समुदायको सशक्तीकरण र क्षमता विकास गर्दै विकास प्रक्रियाका हरेक चरणमा आफ्नो सहभागिता देखाउन सक्ने, विकासको प्रतिफलको समानुपातिक उपभोग गर्न सक्ने र आफ्नो जीवनमा प्रतिकूल असर पार्ने हरेक क्रियाकलापमा अर्को निर्णय गर्न सक्ने बनाउने प्रक्रिया हो भन्ने बुझिन्छ । समुदाय परिचालनले निश्चित भौगोलिक तथा राजनीतिक, सांस्कृतिक सीमाभित्रका मानिसको परिचालन र सामाजिक परिचालनले व्यापक, बृहत्, फराकिलो जटिल क्षेत्रमा मानिस परिचालन गराउनेलाई बुझाउँछ । सामाजिक परिचालन गर्दा खासगरी संगठन निर्माण तथा प्रवद्र्धन शिक्षा, तालिम तथा सीप विकास, आयको सिर्जना समुदायको गुणात्मक विकास, चेतनामूलक कार्यक्रम आदिलाई प्रमुख स्थानमा राखेको हुन्छ ।

नेपालका आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रलाई कृषिले शताब्दियौंदेखि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । सन् १९९१ को एक प्रतिवेदनअनुसार जनसंख्याको ५७ प्रतिशत भाग आर्थिक रूपले क्रियाशील छन् र जसमध्ये ८१ प्रतिशत मानिस कृषि पेसामा संलग्न छन् । जुन आँकडा दक्षिण एसियाली अन्य राष्ट्रको तुलनामा सबैभन्दा बढी हो । व्यापार, व्यवसाय, उद्योग र अन्य पेसा कुनै खास समुदाय र क्षेत्रका बासिन्दाले अपनाए पनि कृषि नै प्रभुत्वशाली पेसा भएको तथ्य यथार्थ हो । त्यसकारण परम्परागत रूपमै नेपालको सन्दर्भमा भूमि, आर्थिक र राजनीतिक शक्तिको प्रमुख स्रोत हो । भूमिमाथिको स्वामित्व प्रमुख उत्पादनका साधनस्रोतमाथि नियन्त्रण कायम गर्छ जसले व्यक्तिको इज्जत, प्रभाव र शक्तिको निर्धारण गर्छ ।

ग्रामीण र जिल्लास्तर राजनीतिक दलको कार्यक्षेत्र भएकाले राजनीतिक दलले स्थानीय सशासनलाई मजबुत पार्नमा महत्वपूर्ण भूमिका खेल्नुपर्छ

सामाजिक राजनीतिक परिचालनपछि समाजले पुराना मूल्य मान्यता त्यागेर नवीनतलाई स्वीकार गर्दछन् । सामाजिक परिचालनको प्रभाव समाजका हरेक क्षेत्र, सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक, बौद्धिकतामा पर्दछ । सामाजिक, राजनीतिक परिचालनको परिवर्तनको सूचक हो । यसले मानवीय आचरण र व्यवहारमा प्रत्यक्ष प्रभाव पार्दछ । परम्परागत समाज परिचालित भई संक्रमणकालीन समाज र आधुनिक समाजतर्फ उन्मुख हुँदै गएमा ग्रामीण क्षेत्रका कृषकलगायत खन्य जनतामा विकासप्रति जागरुकता र चेतनाको बढी विकास हुन्छ समाज परिचािलत हुँदै गएका समाजका व्यक्तिको धारणा, सोचाइ मूल्यमानयतामा पनि सकारात्मक परिवर्तन देखापर्ने गर्दछन् । जनता विकास गर्नेतर्फ प्ररित हुन्छन् । राज्यले मात्र विकास गरिदिन्छ भन्ने भावनामा परिवर्तन भई व्यक्तिले विकासका अन्य ढाँचा र अभ्यास छनोट गर्न थाल्छ र सामुदायिक विकासलाई पश्रय दिने गर्दछ । समाज परिचालित नभएमा, यो परम्परागत स्थितिमा रहेमा विकास गर्न जटिल हुन्छ ।

सामाजिक सहभागिताको प्रक्रिया निम्न प्रकारका हुन्छन्:
१. दबाबद्वारा सहभागिता २. निर्देशित सहभागिता ३. खरिद गरिएको सहभागिता ४. सहकारीको सहभागिता ५. सहमतिको सहभागिता ६. सहयोगात्मकको सहभागिता ७. स्वतःस्फूर्त प्रदर्शित सहभागिता ८. संस्थात्मक सहभागिता

सामाजिक सहभागितामूलक ग्रामीण विकास कार्यक्रम सामान्य रूपमा सञ्चालन गर्न कठिनाइ पर्दछ । तथापि विभिन्न देशका सरकारले गरिबी निवारण गर्ने प्रभावकारी उपायको रूपमा लिएका छन् । यदि यस प्रकारको कार्यक्रमलाई गरिबी निवारणको एक सशक्त माध्यमकोरूपमा लिने हो भने सम्बन्धित सरकारले निम्नानुसारको भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ:

सामाजिक सहभागितात्मक ग्रामीण विकासको कार्यालय, नीति र यसको समर्थन: १. प्राविधिक विभाग र अन्यसँगको सेवा व्यवस्था । २. ऋणको व्यवस्था । ३. राष्ट्रिय योजना र रणनीतिको निर्माण ।

वर्तमान १५औं योजना २०७६–२०८१ मा समावेशीकरण कार्यक्रम:
सोच
राज्यका सबै नागरिकको उपस्थिति र अर्थपूर्ण सभागितामा समावेशी विकास
लक्ष्य
मानव विकास सूचकांकको आधारमा पछाडि परेका समुदायको सशक्तीकरण र समानुपातिक विकास
उद्देश्य
आर्थिक सामाजिक तथा राजनीतिक अवसरबाट वञ्चित वर्गका लागि मुलुकमा उपलब्ध साधन स्रोत सुविधामा समानुपातिक समावेशी पहँुचको सुनिश्चितता

रणनीति
१. मुलुकमा उपलब्ध स्रोतसधानमा लक्षित वर्गका समानुपातिक पहुँच बढाउने
२. राज्यका तीन तहमा हुने निर्णय प्रक्रिया तथा यसमा प्रशासनिक संरचनामा सकरात्मक विभेद र आरक्षणको माध्यमबाट अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने
३.सीप विकास तालिम प्रदान गरी मुलुकमा उपलब्ध रोजगारीका अवसर उपयोग गर्न सक्षम बनाउने
४. आदिवासी, जनजाति, दलित, मधेसी मुस्लिम समुदाय तथा पिछडिएका वर्गको भाषा तथा संस्कृतिको संरक्षण एवं संवर्धन गर्ने ।

स्थानीय स्वायत्त शासनको जग मजबुत पार्न राजनीतिक दलले निर्णायक भूमिका खेल्न सक्छन् । सन् १९९० मा बहुदलीय व्यवस्थाको पुनर्वहाली भएपछि नेपालको स्थानीय शासन मजबुत पार्नमा राजनीतिक लदको भूमिका प्रस्ट भएको छ । ग्रामीण र जिल्लास्तर राजनीतिक दलको कार्यक्षेत्र भएकाले राजनीतिक दलले स्थानीय सशासनलाई मजबुत पार्नमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने कुरा प्रस्ट हुन्छ । स्थानीय शासनलाई मजबुत पार्न दलले निर्माणात्मक भूमिकानिर्वाह गर्नुपर्ने हुन्छ तर वर्तमान नेपालमा यसका अनेक विकृति पनि नदेखिएका होइनन. । त्यसैले हरेक राजनीतिक दलले दलीय स्वार्थभन्दा माथि उठेर प्रजातन्त्रको जगका रूपमा स्थानीय शासनलाई मजबुत पार्नमा सक्रिय सहयोग जुटाउनु पर्ने हुन्छ । नेपालका राजनीतिक दलले यस तथ्यलाई स्विकारेका पनि छन् ।

ग्रामीण क्षेत्र छाडेर सहरी इलाकातर्फ जनताको बसाइँसराइ तीव्र गतिमा हुन्छ । हिजोसम्म ग्रामीण जीवनशैलीमा भिजेका जनता जब नयाँ सहरिया हुन पुग्छन् । तिनका परम्परागत सामाजिक, आर्थिक, धार्मिक, पारिवारिक तथा राजनीतिक आचरण चकनाचुर हुन्छन् । तिनले नयाँ मूल्य अँगाल्नुपर्ने बाध्यता हुन्छ तर सँगसँगै नयाँ जीवनशैली र सुखसुविधाको रोमाञ्चकारी अनुभूतिको सम्भावना पनि हुन्छ । तिनले नयाँ ढाँचाको जीवनशैली अपनाउनुपर्ने हुन्छ । जसका लागि उनीहरूले न बाल्यकालीन तालिम पाएका हुन्छन्, न मानसिक रूपले तयार नै भएका हुन्छन् । पुस्तौंपुस्तादेखि प्रचलित जीवन–पद्धति अब आएर अचानक निरर्थक हुन्छ ।

(Visited 156 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोना संक्रमणबाट उदयपुरका ४ जनाको मृत्यु

उदयपुर । उदयपुरमा आईतवार एकै दिन कोरोनाले ४ जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका– १० का ६३ वर्षिय खगेन्द्र मगरको बेल्टार कोभिड १९...

झण्झटिला प्रक्रिया छोट्याएर नागरिकको जीवन रक्षा गर्नुस् : प्रधानमन्त्री

काठमाडाैं ।  कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र(सिसिएमसी)ले महामारीविरुद्ध लड्न थप केही कानूनी संरचना आवश्यक भएको महसुस गर्दै तर्जुमाका लागि गृहकार्य गर्न कानून, न्याय तथा...

ओलीले ६ बुँदे सर्त मानेपछि हाम्राे वार्ता सुरू भयाे : नेपाल

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ६ बुँदे सर्तअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली अघि बढ्न तयार भएकाे बताउँदै ‘वार्ता थालिएको’ प्रस्ट पारेका...

भारतमा शव जलाउन दाउरा अभाव, गङ्गा नदी किनारामा शवको थुप्रो

एजेन्सी ।  प्रयागराज, भारत, २ जेठ (रासस–एपी) – भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको...

ओली नेपालविच सिंहदरबारमा ‘वान टु वान’ वार्ता

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच ‘वान टु वान’ छलफल शुरु...

साताका लोकप्रिय समाचार

बलात्कार बिरुद्ध उजुरी दिएको भन्दै प्राध्यापकले दिए महिलालाई धम्कि

काठमाडौं । त्रीभुवन विश्वविद्यालय समाजशास्त्र विद्यार्थी फ्रन्टले मानवशास्त्र केन्द्रिय विभागका विभागिय प्रमुख डा. डम्बर चेम्जोङमाथी बलत्कारको आरोप लागेको भन्दै निष्पक्ष छानवीनको माग गरेका छन्...

म्यानचेस्टर सिटीलाई प्रिमियर लिग उपाधि

लन्डन । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । सिटीले तीन खेल बाँकी छंदै उपाधि जितेको हो । मंगलबार राति भएको...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

शुक्रराज अस्पतालमा किट सकियाे, पिसिआर टेष्ट रोकियाे

काठमाडाैं ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पिसिआर परीक्षण रोकिएको छ । अस्पतालका निर्देशक डा सागरराज भण्डारीले किट अभावले आजदेखि पिसिआर...

कोरोना संक्रमणबाट स्याङ्जामा १८ जनाको मृत्यु

स्याङजा । कोरोना संक्रमणबाट स्याङ्जामा १८ जनाले ज्यान गुमाएका छन् । बैशाखको दोस्रो सातादेखी हाल सम्म जिल्लामा दोस्रो लहरको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणबाट...

ट्रेन्डिङ

भाउजू माथि खुकुरी प्रहार

रौतहट। आफनै घरमा सुतिरहेकी आफनै भाउजू माथि खुकुरी प्रहारी गरी हत्या गर्ने प्रयासमा रहेका देवरलाइ रौतहट प्रहरीले पक्राउ गरेको छ । धारिलो हतियार खुकुरी प्रहार...

२५ जनाको ज्यान लिएको चितुवा पासोमा

बैतडी । बैतडीको तल्लोसोराडमा २०६८ साल यता चितुवाले २५ जनाको ज्यान लिइसकेको छ । उक्त चितुवालाई पासोमा पार्न धेरै पटक प्रयासहरु थालिएपनि...

अध्यक्ष ओलीले ७ गतेलाई बाेलाए केन्द्रिय कमिटी बैठक

काठमाडौँ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले यही पुस ७ गते पार्टीको केन्द्रीय कमिटीको बैठक आह्वान गरेका...

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर, मिर्गौलाले काम गर्न थाल्यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले बुधबार पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको...

सोती घटना : छानबिन समितिद्वारा काम शुरु

जाजरकोट । सोती घटनाका बारेमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो काम शुरु गरेको छ । समितिले आज पीडित पक्षसँग भेटघाट गरेको प्रमुख जिल्ला...

वर्तमान राजनीतिक घटनाक्रम अर्थतन्त्रका लागि दुर्भाग्यपूर्ण: निजी क्षेत्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद् विघटन भएपछि उत्पन्न परिस्थितिप्रति निजी क्षेत्रले चिन्ता व्यक्त गर्दै पछिल्लो राजनीतिक घटनाक्रम मुलुकको अर्थतन्त्रका लागि दुर्भाग्यपूर्ण...

अक्सिजन अभावले बाँकेमा तीनस बेडकाे अस्पताल सञ्चालन हुन सकेन

नेपालगञ्ज । कोरोना हटस्पट बनेको बाँकेमा कोरोनाका बिरामी उपचार गराइरहेका अस्पतालमा अक्सिजन अभाव देखिन थालेको छ । अक्सिजन अभावकै कारण नेपालगन्ज मेडिकल कलेज कोहलपुरले...

नेपाल थ्री नेसन्स कपको फाइनलमा

काठमाडौं । नेपाल थ्री नेसन्स कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार राउन्ड रोविन लिगको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपालले फाइनलमा स्थान...

सुर्खेतमा जीप दुर्घटना, ३ जनाको मृत्यु, ४ घाइते

दैलेख । दैलेखबाट सुर्खेततिर जाँदै गरेकाे जीप सुर्खेतको राउटे गल्छीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रातानाङला –धरमपोखरा सडकखण्डको विरेन्द्रनगरनगरपालिका १५ राउटे...

‘सलहको संख्या बढ्यो भने कृषिबालीमा क्षति पु-याउछ’

बारा । भारतको बिहार हुँदै नेपाल पसेको सलह किराको समूह बाराको निजगढ, सिमरा लगायतका स्थानहरुमा देखा परेको छ । यो किरा देखिए सँगै किसानहरुमा...

तोडिनैपर्छ माफिया र बिचौलियाको जालो

संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुनेक्रममा अहिले एकाएक राजनीतिले नयाँ मोड लिन पुगेको छ । सत्तारूढ दल नेकपामा देखिएको आन्तरिक झगडा र किचलोका कारण...

काभ्रेको मण्डनदेउपुरका एक पुरुषमा कोरोना संक्रमण पुष्टि

काभ्रेपलाञ्चोक । जिल्लामा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा ७का २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)