बाजुरा । बुढिगंगा नगरपालिका–१ मा रहेको धुरालसैन माबिमा एक्कासी १ सय ५० जना भन्दा बढी विद्यार्थी विरामी परेका छन् । पाँच दिन यता १ सय ५० भन्दा बढी विद्यार्थी विरामी परेको विद्यालयले जनाएको छ । विद्यार्थीमा रुघाखोकी, ज्वरो, पखाला, बान्ता र टाउको दुख्ने समस्या देखिएको बिद्यालयमा उपचार तथा चेकजाँचमा पुुगेकी अहेब ताराकुमारी खत्रीले बताइन् ।
बिरामी भएपछि सरले धेरैलाई घर पठाइसकेको रहेछ, २० जनाभन्दा बढी बिद्यार्थीलाई चेकजाँच र उपचार गरेको खत्रिले वताएकि छन् । शुरुमा कापेर ज्वरो आउने ज्वरो २ दिनसम्म लगातार ज्वरो आउने बिस्तारै कम भएर ठीक हुने गरेको बताइन् ।
४ दिनयता दैनिक १५ जना भन्दा बढी बिरामी हुने गरेको बिद्यालयका शिक्षक रमानन्द पाध्यायले बताएका छन् । हिजो सोमबार मात्र कक्षा–७ का एकै पटक १० जना विद्यार्थी विरामी परेका छन् । विद्यार्थी विरामी पर्न थालेपछि विद्यालयमा विद्यार्थीको संख्या कम हुदै गएको उनले बताए । बिद्यालयले बिरामी परेका बिद्यार्थीलाई घर पठाउने गरेको जनाएको छ ।
विद्यार्थी विरामी भएको जानकारी आएपछि नगरपालिकाले स्वास्थ्यकर्मीको टोली औषधिसहित विद्यालयमा पठाएको बुढीगंगा नगरपालिकाका नगर प्रमुख दिपक विक्रम शाहले बताएका छन् ।’ त्यहाँको अवस्था बुझ्न र उपचार गर्नको लागि स्वास्थ्यकर्मीको टोली पठाएका छौं’ गाँउमा समेत रुघाखोकीका विरामी बढेको उनले बताए ।
नगरप्रमुख शाहले भने, आधारभुत स्वास्थ्य डुंग्रीका स्वास्थ्य ईन्चार्ज तारा खत्रीलाई स्वास्थ्य चेकजाँचको पठाईएको छ, ईन्चार्ज खत्रीका अनुसार काप्ने, ज्वरो आउने, बान्ता लक्षण देखा परेको खबर पाएको छु मेयर शाहले भने । भोली कोभिड अस्पतालका डा. रवि लामिछाने सहितको टोली लिएर प्रभावित विद्यालयमा भोली आफै गएर बुझ्ने मेयर शाहले जानकारी दिए ।






