संकटको अफवाह नफैलाइयोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले केही नेतालाई संकट परेको भए तापनि देश र जनतालाई कुनै संकट नपरेको बताएका छन् । उनले केही पक्षबाट राजनीतिलाई धमिलो बनाउने काम भइरहेकाले त्यस्तो कार्य रोक्न आग्रह गरेका छन् । वास्तवमा राजनीतिक रूपमा केही अन्योल जस्तो देखिए पनि मुलुकमा संकट आइपरेको भन्ने अफवाहमा भने कुनै सत्यतता छैन । केही राजनीतिक नेतृत्वलाई परेको संकटका कारण सिंगो मुलुकलाई संकट प¥यो भनेर अफवाह फैलाउनु गलत हो । सत्ता र शक्तिका लागि भएका स्वार्थी खेलका कारण मुलुक नै संकटमा प¥यो भनेर अफवाह फैलाउनु गलत कार्य हो । यस्तो गलत कार्य कसैबाट पनि हुनुहँुदैन ।

नयाँ सरकार गठनका सबै सम्भावना करिब करिब अन्त्य भएकाले अब कुनै प्रकारको अन्योलमा नपरी सरकारले धमाधम महŒवपूर्ण कार्य गर्नुपर्छ । यद्यपि, सरकारले अहिले पनि विभिन्न विकासका कार्यको गतिलाई अघि बढाइरहेको छ । वर्षौ अघिदेखि काठमाडांैमा आउन नसकेको मेलम्चीको पानी वर्तमान सरकारले नै ल्याउन सफल भएको छ । देशभरमा भौतिक निर्माणका कार्यले निकै राम्रो गति लिन सफल भएको छ ।

अब सरकारले आफ्ना सबै काम आक्रामक किसिमले अघि बढाउनुपर्छ । कर्मचारी संयन्त्रले पनि कुनै प्रकारको अन्योलताको महसुस नगरी सरकारका नीति योजना र कार्यक्रमलाई चुस्त किसिमले कार्यान्वयनमा लैजानुपर्छ ।

प्रधानमन्त्री ओलीसँग स्पष्ट भिजन छ , मुलुकका लागि केही गरांै भन्ने सोच पनि छ, तर उनको भिजनलाई व्यवहारमा उतार्न उनले आफ्नो समग्र टिमलाई सोहीअनुसार परिचालन गर्न सक्नुपर्छ । उनको भिजन, योजना र कार्यक्रमलाई वास्तविक रूपमा व्यवहारमा उतार्ने प्रमुख दायित्व भनेकै मन्त्रीका रूपमा रहेका उनको मुख्य टिमको हो । प्रधानमन्त्री, मन्त्री र उनीहरूको सल्लाहकार टिमले गर्ने काम नै सरकारको सफलताको प्रमुख आधार हो । यो टिम इमानदार भएर कार्य थलोमा खटिने हो भने कर्मचारीतन्त्रले सहजै सहयोग गर्छ । त्यसैले पनि मन्त्री तथा सल्लाहकार टिममा रहने व्यक्ति योजना बनाउन, लागू गराउन र परिणाम ल्याउन सक्ने किसिमले कार्यक्षेत्रमा खट्न अब ढिलाइ गर्नुहँुदैन ।

अहिलेको सबैभन्दा ठूलो समस्या भनेकै बनाएका योजनाको कार्यान्वयन हुन नसक्नु नै हो । विकासे मन्त्रालय र मातहतका निकायले सञ्चालन भएका विकास आयोजनाको सशक्त अनुगमन गर्न सकेका छैनन् । त्यसैले अब मन्त्रीले अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउँदै दिनहँु परिणामको खोजी गर्नुपर्छ ।

प्रधानमन्त्रीले समृद्ध नेपाल र स्ुखी नेपालीको लक्ष्यलाई अघि सार्दै आएका छन् । सो लक्ष्यअनुसार उनले प्रायः सबै मन्त्रीलाई आवश्यक पर्नेगरी नियमित रूपमा मार्गनिर्देशन गर्न जरुरी छ । अहिले धेरै मन्त्री परम्परागत शैलीकै देखिएका छन् । उनीहरूले आफ्नो बानी र व्यवहारमा सुधार गरी आक्रामक काम र नतिजा दिन सक्नुपर्छ ।

मन्त्रीहरू हरपल आफ्नो मन्त्रालयको कार्यविभाजनअनुसार दत्तचित्त भएर लाग्नुपर्छ । सरकारलाई अहिले विभिन्न खाले घेराबन्दी गरेर असफल पार्ने प्रयास गरिएकाले पनि त्यस्ता घेराबन्दीलाई तोड्न सरकारले आमजनतालाई केन्द्रबिन्दुमा राखेर जनप्रिय कार्यहरूलाई निरन्तर अघि बढाउनुपर्छ । ताकी देशमा संकट सिर्जना भयो भनेर अफवाह फैलाउने तŒवहरू सहजै परास्त हुन सकून् ।

तपाइको प्रतिक्रिया
(Visited 331 times, 1 visits today)

epaper

ताजा समाचार

जग्गा कीर्ते : मालपोतका तत्कालीन प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा