हिसाब कमाइको होइन, कर्मको हुन्छ

मानव सभ्यताको विकासका साथसाथै मानिसमा लोभ, आक्रोस एवं स्वार्थ जस्ता गुणहरू थिए । समाजमा लोभ लालच, आवेग, हिंसा एवं स्वार्थसँग जोडिएका विभिन्न घटना घट्ने गर्दथे । अपराध कार्यमा संलग्नलाई समाजले नै दण्ड सजायको व्यवस्था गर्दथ्यो । मानिसलाई अनुशासित बनाउन धर्मका सिद्घान्त र उपदेशलाई शिरोधार्य गर्ने चलन थियो । आधुनिक युगसँगै राज्य एवं समाज सञ्चालन गर्ने विधि र पद्घति फेरिँदै गए ।

राज्यको अवधारणासँगै संविधान, नीति, नियम र कानुन बने । अपराध कार्य नियन्त्रणका लागि देशले कानुनको साहारा लिन थाले । तर, पनि समाजमा अपराध कार्यहरू रोएिनन् । आधुनिकताले सिर्जना गरेका आवश्यकता परिपूर्ति गर्न अधिकार सम्पन्न व्यक्ति वा समूहले अधिकारको दुरुपयोग गर्न थाले । फलतः भ्रष्टाचार, कमिसन, कालो बजारी, तस्करी, लागूपदार्थ दुव्र्यसनी, प्राकृतिक स्रोत र साधनको दोहनलगायतका कुकर्ममा राज्य र यसका निकायका अधिकारीको संलग्नता रह्यो । समाजमा धन सम्पत्ति र भड्किलो जीवनशैलीमा सामाजिक हैसियत खोज्ने संस्कृति मौलाउँदै गयो । यसरी हेर्दा आजको मानिसले समाज सेवा र जनहितका कार्य छाडेर भौतिक आयआर्जनमा सामाजिक प्रतिष्ठा आर्र्जन गर्ने गलत बाटो अवलम्बन गरेको पाइन्छ ।

त्यसो त समाजमा धनको मोहलाई त्याग्न सक्ने केही संख्याका दार्शनिक, समाज सेवी, सन्त, महन्त एवं साधुहरू पनि छन् । घर, सम्पत्ति, आफन्तजन त्यागेर हिड्ने त्यागीहरू पनि छन् । जीवनभर निःस्वार्थ समाज सेवामा लाग्नेहरू पनि छन् । तथापि आम रूपमा आजको समाज भौतिक सुविधा उन्मुख बन्दै गइरहेको छ । मै खाऊँ मै लाऊँ सुखसयल वा मोज म गरूँ, मै बाचूँ मै नाचूँ अरू सब मरून् दुर्बलहरू भन्ने धेयमा समाज लागेको देखिन्छ । हाम्रो देशको सन्दर्भमा राजनीतिमा भ्रष्टाचार, स्वार्थ, छल, कपटको वर्चश्व रहने गरेको छ भने व्यापार, व्यवसायमा संलग्नहरू धन कमाउने कार्यमा व्यस्त छन् । ठगी, तस्करी, कालो बजारी, विचौलिया, दलालीलगायतका धन्दामा लाग्नेहरू यत्रतत्र सर्वत्र छन् । पैसा भनेपछि महादेवका पनि तीननेत्र भनेझैं आजको मानिसले जसरी भए पनि धन कमाउने गलत उपायको खोजी गरी रहेको छ । जो विनास काले विपरीत बुद्घिको बाटो हो ।

आर्थिक मितव्ययिता र सुशासन नै राज्य सञ्चालनका मुख्य आधार हुन्

हाम्रो देशको राजनीतिक अभ्यास पद, पैसा र जालजेलबाट गाइडेड् छ । पद एउटा प्रतिष्ठा कमाउने बाटो हुन सक्छ, अवसर हुन सक्छ । परन्तु पद र प्रतिष्ठा नितान्त फरक कुरा हुन् । पद अवसरले पनि प्राप्त हुन सक्दछ । धन खराब कामबाट पनि आर्जन गर्न सकिन्छ । किन्तु कुनै पनि व्यक्तिले समाजका लागि गरेका निःस्वार्थ सेवा र सत्कर्मबाट उसको सामाजिक मूल्यांकन निर्धारण हुन्छ । अहिले पद र पैसाको आडमा आपूmलाई महान ठान्नेहरूको संख्या बढ्दै छ । राजनीतिक क्षेत्र वा अन्य सामाजिक क्षेत्रमा संलग्न मानिसको चुरीफुरीले देशका हरेक क्षेत्रहरू कमजोर भएका छन् । सामाजिक सम्पत्ति कमाउन त्यागको खाँचो हुन्छ । लोककल्याणकारी कार्यको आवश्यकता हुन्छ । मानव सेवाको कर्म चाहिन्छ । सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामयाको मर्ममा काम गर्न आवश्यक हुन्छ । तर, त्यसो हुन सकेको छैन ।

भाषा सहित्यको क्षेत्रमा आदिकवि भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि शिरोमणि लेखनाथ पौड्याल, नाट्य सम्राट बालकृष्ण समलगायतका व्यक्ति एवं व्यक्तित्वलाई हरेक पुस्ताले सम्मान गर्दछन्, इज्जत गर्दछन् । प्रजातन्त्रका लागि आप्mनो ज्यान आहूती गर्ने हाम्रा शहीदको योगदान अतुलनीय छ । शहीदले देखाएको बाटोमा हिंडेका राजनीतिज्ञ विश्वेश्वरप्रसाद काइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, मदन भण्डारी, मनमोहन अधिकारीले दिएको योगदानको हिसाब किताब समाजले राख्दछ र पुस्तान्तरण पनि गर्दछ । समाज सेवाका क्षेत्रमा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका कैलाश सत्यार्थी, मदर टेरेसा, मार्टिन लुथर, क्लरा जेटकिनलगायतका व्यक्तिको हिसाब किताब पैसामा होइन । सामाजिक योगदानको वा कर्मका आधारमा गरिएको हो ।

अन्तर्राष्ट्रिय जगत्मा राजनीतिको क्षेत्रमा भारतका महात्मा गाँन्धी, दक्षिण अफ्रिकाका नेल्सन मण्डेला, सिंगापुरका लि क्वान यु जस्ता महान राजनेताले त्यस देशका नागरिकलगायत विश्वजगत्ले सम्झन योग्य काम गरे । आप्mनो जीवन देश र जनहितमा समर्पित गरे । निःस्वार्थ रूपमा देश र जनताको सेवा गरे । राजनीति वा समाज सेवाको नाममा आयआर्जन गर्ने, भौतिक सम्पत्ति जम्मा गर्ने, भ्रष्टचार, कमिसन, लुटपाट एवं अधिकारकारको दुरुपयोग गरेर आपूmलाई ठूलो सम्झनेहरू समाजमा सम्मानित होइन, समय आएपछि शिशिर ऋतुको रुखजस्तै नांगिन्छन् । उनीहरूको भौतिक सम्पत्तिसँग समाजलाई सरोकार हुुँदैन । समाजले व्यक्ति एवं व्यक्तित्वको मूल्यांकन वा हिसाब सम्पत्तिमा होइन उनीहरूको कर्मको आधारमा निर्धारण गरेको हुन्छ । यसरी हेर्दा धन आर्जनका अपराकृतिक बाटाहरू अवलम्बन गरी अकूत सम्पत्ति कमाएर प्रतिष्ठा बटुल्ने काम कसैले नगरौं ।

नयाँ पुस्तालाई बाटोे देखाउने काम अग्रजको हो, राज्यको हो । देशका नीति, नियम र कानुनको हो । राज्यले अवलम्बन गरेको शिक्षाको हो । तर, विडम्बना ! दुःखका साथ भन्नु पर्दछ कि हाम्रो देशको राजनीतिक पद्घति र, शिक्षाले समाजलाई उच्च नैतिककताको बाटो देखाउन सकेका छैनन् । अहिले समाजमा शान्ति, प्रेम, त्याग, सेवा, सदाचार, स्नेह, सहिष्णुता, सालिनता र सहयोगी भावनामा ह्रास आउँदै गएको देखिन्छ । राजनीति पद, पैसा, सत्ता र भत्ताको लुछाचुँडीमा अभ्यस्त छ । सामाजिक न्याय कमजोर बन्दै गएको छ । शिक्षाले असल आचरण निर्माण गर्न सकेको छैन । समाजमा लोकलाजको अभाव, कर्तव्यबोधको कमी तथा इमानदारीताको खडेरी पर्दै गएको अग्रज पुस्ताको दुःखेसो छ ।

राज्य सञ्चालन गर्ने राजनीतिक दलका उच्च नेतृत्व पंक्तिमा पारदर्शीता, जवाफदेही र दायित्वबोध हुनु जरुरी छ

हाम्रो देशमा राज्य जनताको भलाइमा भन्दा राजनीतिक स्वार्थमा अल्मलिएको छ । प्रशासनतन्त्रमा भ्रष्टाचार व्याप्त छ । हरेक मानिस आप्mनो स्वार्थमा विभाजित छन् । स्वार्थ र शक्तिका पछाडि लाग्दा आपूmलाई क्षणिक लाभ हुन पुगे तापनि निःस्वार्थ सेवाका अगाडि स्वार्थको पराजय नै हुन्छ । प्रतिष्ठा आर्जनका लागि निःस्वार्थ सेवाभाव चाहिन्छ । मानिसलाई महान् बनाउने सदाचार र उच्च विचारले हो, कर्मले हो । सत्यको बाटोमा यात्रा गर्दा गन्तव्यमा पुग्न ढिला हन सक्छ तापनि पनि यो यात्रा सुखद हुन्छ । त्यसैले हरेक मानिसले सत्यको बाटो अपनाउनुपर्छ ।

मानिसले क्षणिक फाइदाका लागि सुनाम, कुनाम र बदनामको भेदलाई खुट्याउन नसक्दा जोखमयुक्त काम गरेको देखिन्छ । लोभले लाभ, लाभले विलापको भूमरीमा परेको देखिन्छ । आप्mनो जीवन त हात्तीदेखि अमिवासम्मले पनि चलाएका हुन्छन् । त्यसैले मानिसले जीवन चलाउनका लागि दुष्कर्म गर्नु अपराध हो । सुहाउने कुरा होइन । सत्ता, शक्ति र संगतले मानिस अन्धो हुनुहुँदैन । इतिहासमा कौरवले सत्ताका लागि जस्तो सुकै दुष्कर्म गर्न पनि पछि परेनन् । उनीहरू सत्ता, सम्पत्ति र स्वार्थले निर्देशित थिए । त्यसैले उनीहरूले कुनाम कमाए । विदुर र पाण्डवहरू सत्यको बाटोमा थिए । त्यसैले उनीहरूले समाजमा सुनाम कमाएर गए । यसैगरी राम र रावणबीच भएको युद्घमा गलत बाटोमा लागेकोले रावणले वदनाम कमाए । उनले सत्यको प्रहारबाट जीवन गुमाउनुप-यो । रावणका आप्mनै भाइ विभूषणले सत्यको पक्ष लिएकाले समाजमा उदाहरणीय बने । यसरी हेर्दा पनि व्यक्तिले कुमार्गबाट आर्जन गरेको कमाइ क्षणिक हुन्छ । अप्रिय हुन्छ । सत्य मेव जयते भनिन्छ, सत्य तीतो हुन्छ । तर, सत्यको बाटो र यसको मूल्यांकन चीरस्थायी हुन्छ । त्यसैले हामीले कुकर्मलाई त्याग्न सक्नुपर्छ ।

अन्त्यमा लोकतन्त्रमा हरेक राजनीतिक दल, राज्य, यससँग संवद्घ व्यक्ति, संयन्त्र वा निकायका सरोकावाला समाजको निगरानीमा छन् । अधिकारको दुरुपयोग गरी आयआर्जन गर्ने र डोकोभित्र लुक्न खोज्ने प्रवृत्तिलाई एक्काइसौं शताब्दीको सामाजिक चेतनाले राम्ररी बुझेको हुन्छ । राज्य स्वच्छ एवं पारदर्शी नभईकन देशका नीति, नियम र विनियमको कार्यान्वयन गर्ने र गराउने राज्यका संयन्त्र सुध्रन सक्दैनन् । त्यसैले राज्य सञ्चालन गर्ने राजनीतिक दलका उच्च नेतृत्व पंक्तिमा पारदर्शीता, जवाफदेही र दायित्वबोध होस् । आर्थिक मितव्ययिता र सुशासनलाई राज्य सञ्चालनको आधार मानियोस् । भ्रष्टाचार, आर्थिक अनियमितता, कमिसन, षड्यन्त्र, जालझेल अपराधी मनस्थितिबाट सिर्जित कार्यबाट राज्य, यसका संयन्त्र र सिंगो समाज निर्देशित नहोस् । समाजले सत्यको बाटो अवलम्बन गरोस्, सबैलाई चेतना भयो ।

तपाइको प्रतिक्रिया
(Visited 386 times, 1 visits today)

epaper

ताजा समाचार

जग्गा कीर्ते : मालपोतका तत्कालीन प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा