भारतको गोवामा फेरि एकजना नेपालीको मृत्यु

सांकेतिक तस्वीर

गोवा । रोजगारीकाे सिलसिलामा गोवामा एक नेपालीकाे मृत्यु भएकाे छ । दाङ शान्तिनगर गाउपालिका जुम्लेकुला निवासी मानबहादुर वलीको उपचारको लागि गोवा मेडिकल कलेजमा जादै गर्दा बाटोमै मृत्यु भएको परिवारका सदस्यले जानकारी दिए ।

अस्वस्थ महसुस गरेपछि अस्पताल लगिएकाे थियाे । वली तीन छोराहरू सहित श्रीमतीको साथ गोवामा कुकिङ काममा कार्यरत थिए । उनकाे अन्त्येष्टि गोवामै गर्नेकि नेपाल लैजाने भन्ने ’boutमा मृतकका परिवारको सल्लाह सुझावका आधारमा गरिने  संयुक्त गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापाले बताएका छन् ।

उनकाे आजै अन्त्येष्टि गरिएको छ । संयुक्त गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापाले जनाए अनुसार मृतकका परिवारलाई गोवामा बस्ने प्रवासी नेपालीहरुबाट  ८५ हजार आर्थिक सहयाेग जुटेकाे छ ।

तपाइको प्रतिक्रिया
(Visited 248 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पूर्ण परीक्षाहरू स्थगित गर्न विश्वविद्यालयका उपकुलपतिहरूलाई शिक्षामन्त्रीको निर्देशन