कालीमाटीमा अब किसानले आफ्नो उत्पादन आफ्नै स्टलमा बिक्री गर्न पाउने

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारभित्र अब किसानले पनि आप्mनो उत्पादन आफै विक्री वितरण गर्न पाउने भएका छन् । किसानले आफ्नाे उत्पादन सिधै बजारमा ल्याएर विक्री गर्न नपाउँदा कालिमाटी तरकारी बजारमा बिचौलियाको बिगबिगी रहेको थियो । बिचौलियाकै कारण किसानले मुल्य पाउन सकेको थिएन ।

बिचौलियाको आफ्नाे इच्छा अनुसार किसानले आफ्नाे उत्पादन विक्री वितरण गर्नुपर्ने बाध्यता थियो । बिचौलियाले तोकेको मुल्य अनुसार किसानले आपूmले उत्पादन गरेको तरकारी विक्री गर्र्नुपर्ने बाध्यताले किसान र उपभोक्ताबीचको मुल्यमा धेरै अन्तर हुने गरेको छ । उपभोक्ता र किसानबीचको मुल्यमा धेरै अन्तर पर्ने हुँदा त्यसलाई घटाउन सरकारले कालिमाटी बजारभित्र छुट्टै १२ वटा ‘होल्डिङ यार्ड’ (स्टल) सञ्चालनमा ल्याएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी बिनय श्रेष्ठले कालीमाटी थोक बजार क्षेत्र भित्र बजारको अवसर नपाएका उत्पादक कृषक तथा व्यवसायीहरुका लागि निर्धारित समय सीमा निर्धारण गरी आफ्नो कृषि उपज बिक्रि वितरण वा लिलाम बिक्री गर्न  किसानका लागि १२ वटा स्टल सञ्चालन लिएको बताए । लामो समयदेखि व्यापारीहरुले व्यापार गर्दै आएको खाली स्टलहरुलाई नै किसानको लागि छुट्टै ‘होल्डिङ यार्ड’ सहितको स्टल  सञ्चालन ल्याएको जानकारी श्रेष्ठले दिए ।

 व्यवसायिक रुपमा कृषि खेती गरेर तरकारी उत्पादन गर्ने कृषकलाई ध्यान दिँदै स्टल सञ्चालन ल्याएको श्रेष्ठको भनाई छ । ‘कालिमाटी बजार भित्र किसानका लागि छुट्टै स्टलको व्यवस्था हुनु पर्ने भन्दै किसानले माग गर्दै आएका थिए । सोही मागलाई सरकारले सम्बोधन गरेको हो ।’ श्रेष्ठले भने,‘ कृषकले नै बजारभित्र आफ्नाे उत्पादन आफै विक्री गर्दा बिचौलिया र उपभोक्ताबीचको मुल्यको अन्तर केही घट्न सक्ने विश्वास लिएका छौँ ।’  किसानलाई प्रोसाहित गर्ने उद्देश्यले पनि स्टल सञ्चालन ल्याएको उनको भनाई छ ।

फेरी पनि किसानका नाममा बिचौलियाको हाबी नहोस भन्ने उद्देश्यले स्टलमा विक्री गर्ने समय सिमा समेत निर्धारण गरिएको छ । अब किसानले साँझ ७ बजे देखि भोलीपल्ट दिनको दिउँसो ४ बजे सम्म आप्mनो सामान विक्री गर्न पाउने छन् । त्यो भन्दा बढी समय सो स्टलमा बसेर किसानले आफ्नाे सामान विक्री गर्न पाउने छैनन् । सूचना अधिकारी श्रेष्ठका अनुसार अहिले परिक्षण कालसम्म स्टलमा  किसानले निशुल्क रुपमा सामान विक्री गर्न पाउने छन् । पछि शुल्क तिर्नु पर्ने छ । २ टन सम्म सामान ल्याएर विक्री गर्नेले ४ सय रुपैयाँ शुल्क तिर्नु पर्ने छ भने सो भन्दा बढी सामान ल्याएर विक्री गर्नका लागि प्रतिकेजी २० पैसा दरले तिर्नु पर्ने छ ।

सूचना अधिकारी श्रेष्ठले कालिमाटी बजार भित्र कृषकका लागि छुट्टै स्टल सञ्चालन ल्याउदाँ  किसान खुसी भएको बताए ।  हाल कालीमाटीमा ५ सय स्टल छन्, तीमध्ये २७ वटा सहकारी संघसंस्थाका लागि राखिएको छ । ती स्टल १५ वर्षको सम्झौता गरि दिइएको हो । सूचना अधिकारी श्रेष्ठका अनुसार कालीमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ । अहिले कालिमाटी बजारमा दैनिक ७ सय टन तरकारी भित्रिरहेको छ । आन्तरिक उत्पादन कम हुँदा भारतकै भर पर्नु गरेको छ । श्रेष्ठका अनुसार ७ सय टनमध्ये ४५ प्रतिशत भारतको तरकारी हो ।

तपाइको प्रतिक्रिया
(Visited 260 times, 1 visits today)

epaper

ताजा समाचार

आज साउने सङ्क्रान्ति पर्व