नेपालमा इन्धनको मूल्य बढेर जाने प्रवृत्ति

२० फागुन २०७४ देखि अन्तर्राष्ट्रिय स्तरमा इन्धनको मूल्य नबढे पनि भारतबाट आएको मूल्य सूचीअनुसार पेट्रोल, मट्टीतेल र डिजेलमा भाउ बढाएको थियो । बाह्य बजारमा तेलको मूल्य बढेको भनी २० वैशाख २०७५ देखि फेरि इन्धनको मूल्य बढेको छ । यसरी वर्तमान सरकार आएपछि पहिलो, दोस्रो, तेस्रोपटक हुँदै पाँचांैपटकदेखि १०औंपटक इन्धनको मूल्य बढेको तर तेलको मूल्य बढेको दिन सुनको भाउ प्रतितोला त्यति धेरै फरक बढेका छैन । फेरि १९ जेठ २०७५ मा बढी पेट्रोल प्रतिलिटर १ सय १३ पुगेको थियो । यद्यपि बाह्य बजारमा पेट्रोलको भाउ बढेको देखिँदैन । २३ चैत २०७७ मा बसेको तेलको मूल्य वर्तमान सरकार आएपछि १४औंपटक हो ।

२०७४ फागुन अन्तिम सातातिर पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ मात्र घटाइएको थियो । पहिले प्रतिलिटरमा १ सय ४ मा पाएकोमा त्यसपश्चात् १ सय ३ मा पाइयो । अर्कोतर्फ फागुन २०७४ महिनामा नै बाह्य बजारमा इन्धनको मूल्यमा निरन्तर गिरावट आइरहे पनि निगमले इन्धनको मूल्य कम गरी समायोजना गरेको देखिएको थिएन । तर, बाह्य बजारमा इन्धनको मूल्य वृद्धि भएमा तत्काल मूल्य समायोजनका नाममा उपभोक्ताबाट व्यापक असुली गर्नेगरी मूल्य कायम गरिन्छ । निगमले इन्धनको मूल्य भारतीय निगमबाट घटाएर आए पनि नेपाल आयल निगमले यस्तो अवस्था मूल्य घटाएमा निगम घाटामा जाने भएकोले बाह्य बजारमा तेलको मूल्य घटे पनि नेपाली बजारमा मूल्य नघटाइएको बताइन्छ । फेरि बताइन्छ कि निगम पाक्षिक ७ देखि १४ करोड रुपैयाँ घाटामा रहेकाले मूल्य घटाएमा निगम झन् बढी घाटामा दिइने गरिन्छ ।

आव २०७७÷७८ को नौ महिनामा १२ पटक पेट्रोलियम पदार्थका मूल्यमा उतारचढाव भएको देखिन्छ । २०७७ फागुन र चैत्रमा प्रतिलिटर पेट्रोलको भाउ १ सय १८ पछि चैत्र २३ मा १ सय २० भएको देखिन्छ । २०७७ फागुन ४ देखि लागू भएको पेट्रोल पदार्थका भाउ बढेको थियो । यस अघि पेट्रोलको मूल्य १ सय १२ रुपैयाँ प्रतिलिटर भएकोमा २०७७ फागुन ४ देखि १ सय १४ प्रतिलिटर भएको छ । यो प्रवृत्ति विगत साढे दुई वर्ष अर्थात् २०७४ पछि अर्थात् २०७७ फागुनमा उच्च रहेको भनिए पनि पछि फेरि बढ्न गयो । पेट्रोलमा शतप्रतिशत कर लगाई जनसाधारणलाई बिक्री गर्ने गरिएको छ । भारतसँग किन्दा ५३ प्रतिलिटर भएकोमा नेपालमा उपभोतmाले किन्दा १ सय २० प्रतिलिटर पुग्न गएको छ । जसको फलस्वरूप विद्यार्थी असन्तुष्ट देखिएको छ ।

२०७५ जेठअघिको नौ महिनादेखि अर्थात् २०७४ असोजपश्चात् बढ्दै गएको इन्धनको मूल्य २०७५ जेठपश्चात् पनि बढ्दै गएको थियो । २०७४ असोजमा पेट्रोलको मूल्य प्रतिलिटर ९८ थियो । तर, २०७५ जेठमा १ सय १३ पुगेको थियो । २०७६ वैशाख अन्तिममा १ सय ११.५० भयो । फेरि २०७६ जेठमा १ सय १० भएको थियो र असारमा १ सय ८ मा रह्यो । २०७६ श्रावण अन्ततिर प्रतिलिटर पेट्रोलको मूल्य १ सय ९ मा बस्यो ।

२०७४ को मंसिरदेखि भारतभन्दा नेपालमा प्रतिलिटर डिजेल २८ र पेट्रोल २२ रुपैयाँ सस्तो पर्ने भएकाले सीमावर्ती क्षेत्रबाट पेट्रोल पम्पबाट इन्धन भारत तस्करी भइरहेको भनिन्छ

यस्तै, २०७४ को मंसिरदेखि नै फागुनतिर पनि भारतमा भन्दा नेपालमा प्रतिलिटर डिजेल २८ र पेट्रोल २२ रुपैयाँ सस्तो पर्ने भएकाले सीमावर्ती क्षेत्रबाट पेट्रोल पम्पबाट इन्धन भारत तस्करी भइरहेको भनिन्छ । एक्कासि तराई क्षेत्रका पम्पबाट अत्यधिक मात्रामा इन्धन भएमा सहज तस्करी भएको मान्न सकिन्छ । निगमले पर्याप्त मात्रामा इन्धन वितरण गरेको दाबी गरे पनि बजारमा यस्ता कारणले इन्धन अभाव देखिन थाल्दछ । स्मरण गराइन्छ कि पहिलेदेखि नै नेपाल–भारतको सीमा दुवैतर्फका क्षेत्रमा इन्धन मूल्यमा धेरै अन्तर भएमा दुवैतर्फ तस्करी हुन थाल्दछ । बताइन्छ कि भारतले नेपालका लागि भन्सार छुट दिएको छ । तर, भारतीय बजारमा अन्तशुःल्कसँगै विभिन्न कर लगाएर खुद्रा मूल्य निर्धारण गरिन्छ । भन्सार छुट हुँदा नेपालमा इन्धन सस्तो पर्न जान्छ । तर, यस्तोमा अनुगमन पनि नभएको देखिन्छ । हालसालका महिनामा पनि मूल्य अन्तरका कारण भारतमै डिजेल–पेट्रोल बिक्री गरेर रित्तै फर्काएको ट्यांकर र पेट्रोलपम्पमाथि निगमले छानबिन सुरु गरेको देखिन्छ । इन्धन मापदण्डका औजार–काँटा बेलाबेलामा बिगारेको खबर बाहिर आउने गर्दछ ।

स्मरण गराइन्छ कि २०७४ माघ ४ देखि नेपालमा इन्धनको मूल्य बाह्य बजारमा बढेको भनेर बढाइएका थियो । बाह्य बजारमा इन्धनको मूल्य क्रमशः बढ्दै गएकाले नाफामा केही कम देखिएको बताइन्छ । भनिन्छ, यही क्रममा बाह्य बजारमा कच्चा तेलको मूल्य बढ्दै गएमा अर्को वर्ष अर्थात् चालू वर्ष २०७४÷७५ मा निगम नोक्सानमा जाने सम्भावना रहन्छ । डलर पनि डलर पनि बलिया भएकाले निगमको नाफामा पनि कम भएको बताइन्छ ।

यस्तो अवस्थाले गर्दा बाह्य बजारमा इन्धनको मूल्य घट्दा पनि यहाँको भाउ नघटाएकाले निगमको नाफा उच्च रहँदै आएको छ । वास्तवमा यस्तो फाइदा उपभोक्ताले पाउन पर्ने दाबी छ । तर, उपभोक्ताकर्मी इन्धनको मूल्य नघटाउन तस्करी भएको भन्दै निगम नै अभाव सिर्जना गर्न लागि परेको बताइन्छ ।

बाह्य बजारमा मूल्य घटेको बेला नेपालमा मूल्यमा समायोजन गरिएको देखिँदैन तर मूल्य अद्यावधिक समायोजन गरिने भनिँदै आएको छ । २०७४ फाल्गुनमै भारतले साउदी अरेबियासँग सन्तुलित तेलको मूल्यका लागि आग्रह गरेको देखिन्छ । विश्वको तेस्रो सबैभन्दा ठूलो तेलका उपभोक्ता रहेको देश भारतलाई तेल आपूर्तिका क्रममा केही सहुलियत दिनपर्ने माग भारतले बेलाबेलामा राख्दै आएको छ । यस्तो अवस्थामा नेपालमा इन्धनको मूल्यमा गिरावट आउनुपर्ने हो । साउदी अरेबियाका लागि तेल व्यापारको हिसाबमा एसिया निकै महत्वपूर्ण क्षेत्रको रूपमा रहँदै आएको छ । नेपालले यस्ता देशसँग कच्चा तेल किनेर देशमा प्रशोधन १०औं वर्ष अगाडिदेखि नै गर्न सक्दथ्यो तर त्यसो किन भएन । हालको भारतको ५० लाख टनबाट ६० लाखको टनमा तेल भण्डारण क्षमता बनाउँदै छ । आयल निगमले दशकौं अगाडी सेयर जारी गरेको भए निगमको कार्यक्षेत्र निकै
विस्तार हुँदै जाने थियो ।

तर, अब निगमले सेयर जारी गर्ने २०७३ साउनमा भनिए पनि त्यसतर्फ केही कार्य भएको देखिँदैन । तर इन्धन मूल्य स्वचालित मूल्य लागू नगरे निगमको सेयर सर्वसाधारणका लागि आकर्षक नहुन सक्ने बताइन्छ । लामो समय घाटामा रहेको निगम आव २०७१-७२ मा करिब १५ अर्ब रुपैयाँ नाफा गर्न सफल भएको थियो । बाह्य बजारमा कच्चा तेलको मूल्य निकै घटेको अवस्थामा पनि सोहीअनुसार नेपालमा इन्धन मूल्य नघटाइएकाले निगमलाई प्रशस्त नाफा भएको थियो तर यस्तो नाफा निगमको कर्म र कार्यविस्तारले भएको देखिँदैन । निगम देशको इन्धन आयात गर्ने एकाधिकार प्राप्त सरकारी संस्थान हो । तैपनि बेलाबेलामा एकाधिकार तोडिएको कुरा बाहिर आए पनि निगमबाहेक अरूले तेल आयात नियमित रूपमा गरेको देखिँदैन ।

गत वर्ष अर्थात् सन् २०१७ मा कच्चा तेलको मूल्य प्रतिब्यारेल ५० देखि ५५ अमेरिकी डलर थियो । २०७४ माघ ३ मा कच्चा तेलको मूल्य बाह्य बजारमा प्रतिब्यारेल ६९.१५ अमेरिकी डलरमा कारोबार भएको निगमले बताउँछ । तर, अप्रिल २०, २०१८ मा तेलको भाउ प्रतिब्यारेल ७४ डलरभन्दा माथि गएको थियो ।

बेलाबेलामा नेपालमा भारतभन्दा पेट्रोल तथा डिजेल सस्तो भएको अवस्थामा नेपालबाट भारततर्फ ठूलो मात्रामा पेट्रोल तथा डिजेल तस्करी भइरहेको देखिन्छ । यस्तै, नेपालमा भन्दा भारतमा सस्तो भएमा भारतबाट नेपालमा तस्करी हुने अवस्था देखिन्छ । यस्तो कार्य खुला सिमाना भएका कारणले भएको हो ।

भनिन्छ, यही क्रममा बाह्य बजारमा कच्चा तेलको मूल्य बढदै गएमा अर्को वर्ष अर्थात् चालू वर्ष २०७४÷७५ मा निगम नोक्सानमा जाने सम्भावना रहन्छ । डलर पनि डलर पनि बलिया भएकाले निगमको नाफामा पनि कम भएको बताइन्छ । गत वर्ष अर्थात् सन् २०१७ मा कच्चा तेलको मूल्य प्रतिब्यारेल ५० देखि ५५ अमेरीकी डलर थियो । २०७४ माघ ३ मा कच्चा तेलको मूल्य बाह्य बजारमा प्रतिब्यारेल ६९.१५ अमेरिकी डलरमा कारोबार भएको निगमले बताउँछ । अब आगामी दिनमा योभन्दा बढेर ८० डलर प्रतिब्यारेल पुग्ने प्रक्षेपण गरिएको बताइन्छ ।

एक वर्ष नाफा देखाइन्छ अनि पाँच वर्षजसो घाटा देखाइन्छ तर पटकपटक कर्मचारीलाई बोनस खुवाउने परमपरा यथावत् छ

बताइन्छ कि बाह्य बजारमा इन्धन मूल्य बढ्दा स्वचालित मूल्य प्रणालीअनुसार नेपालमा पनि इन्धनको मूल्य बढ्दछ । यसरी बाह्य बजारमा इन्धनको मूल्य बढेअनुसार नेपालमा इन्धनको मूल्यमा अद्यावधिक मूल्य समायोजन नहुँदा कार्यान्वन नहँुदा निगमको घाटा बढदै गएको देखिन्छ । चुनाव वा अरू आन्तरिक कारणले गर्दा नेपालमा इन्धनको मूल्य पूर्ण रूपमा बाह्य बजारअनुसार समायोजन नभएको बताइन्छ ।

तर, बाह्य बजारमा इन्धनको मूल्य घटेमा त्यसै अनुपातमा नेपालमा इन्धनको मूल्य घट्दैन । आईओसीले जनवरी १६, सन् २०१८ मा पठाएको नयाँ मूल्यअनुसार पाक्षिक घाटा १९ करोड रुपैयाँ भएको निगम बताउँछ । बाह्य बजारअनुसार इन्धन मूल्य नेपालमा समायोजन गर्न नसकेपछि २०५९-६० देखि घाटामा गएर ऋण लिई इन्धन आपूर्ति गरेको थियो। त्यसयता निगम निरन्तर घाटामा भएको बताइन्छ । तर २०६५-६६ सालमा भने निगमको नाफा ३ अर्ब ११ करोड रुपैयाँ भएको थियो । आव २०७२-७३ र २०७३-७४ उच्च नाफामा गएको बताइन्छ । २०६७-६८ देखि २०७१-७२ सम्म निगम घाटामा गएको बताइन्छ । यसरी निगम स्थापनाकालदेखि नै अधिकांश वर्ष घाटामा गएको देखिन्छ । निगमलाई नाफामा ल्याउन अतिरिक्त क्रियाकलाप कहिले अगाडि बढाइन् । बरु निगमलाई घाटामा चलाउन बाध्य गराइयो । यसरी जहिले पनि निगम रुनाधुनाका आवाज निकाली आएको देखिन्छ ।

फलस्वरूप निगमको आपूर्ति सहज बनाउन बेलाबेलामा सरकारसहित कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, वाणिज्य बैंक आदिसँग ऋण निगमले लिँदै आएको छ । फेरि बताइन्छ कि २०७१ असोज १३ देखि इन्धनमा स्वचालित मूल्य प्रणाली कायम गरेकाले निगमको नाफा बढ्दै गएको हो । एक वर्ष नाफा देखाइन्छ त फेरि पाँच वर्ष घाटा देखाइन्छ । तर, पटकपटक कर्मचारीलाई बोनस खुवाउने परमपरा देखिन्छ । स्वचालित मूल्य समायोजन बाह्य बजारमा मूल्य घट्दा नेपालमा मूल्य चाहिने जति मूल्य घट्दैन । बाह्य बजारमा प्रतिब्यारेल कच्चा तेलको मूल्य ३० डलरभन्दा कम भएपछि निगम विगतमा मुनाफामा गएको बताइन्छ । निगमले सरकारलाई बुझाउने आयकर पनि दशकांैको बक्यौता भएको स्थिति विगतमा देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दाजुभाई मिलेर बहिनीको प्रेमीको हत्या

कुरी-कुरी