पत्रकार महासंघ सिन्धु शाखामा श्रेष्ठ

चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको बुधबार सम्पन्न ११ औ जिल्ला अधिवेशनबाट जीवनप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचीत भएको छ ।

नयाँ कार्यसमिति छनोटमा भएको निर्वाचनमा प्रेस चौतारी नेपाल र प्रेस संगठनको गठबन्धनबाट उमेदवार भएका जीवनप्रसाद श्रेष्ठले ५६मत प्राप्त गरेका थिए। सिन्धु शाखाको निर्वाचनमा अध्यक्ष सहित सम्पुर्ण पदमा प्रेस चौतारी र प्रेस संगठनका उमेदवारहरु विजयी भएका छन् । अध्यक्षमा उनका निकटतम प्रतिद्वन्द्वी प्रेस युनियनकी दुर्गा आचार्यले ४० मत प्राप्त गरेकी थिइन ।

त्यस्तै खुला उपाध्यक्षमा दिनेश थापा विजयी भएका छन् । उनले ५४मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी किशोरकुमार बुढाथोकीले ३६ मत प्राप्त गरेका थिए । त्यस्तै सचिवमा पनि गठबन्धनकै विदुर आचार्य खुला सहसचिवमा नानीराम नेपाल समावेशी सहसचिवमा केदार माझी निर्वाचीत भएका छन् । कोषाध्यक्षमा नेत्र पौडेल निर्वाचीत भएको निर्वाचन समितिका संयोजक अमित घिमिरेले जानकारी दिए ।

सदस्यहरुमा महिला तर्फ गोमा खत्री, दिपक खत्री, देवारज सुवेदी, प्रभात श्रेष्ठ, दिनेश दुलाल र अशोक पराजुली निर्वाचीत भएका छन् । यस अधि नै दलित सदस्यमा गठबन्धन कि सिर्जना बराल,जनजातिमा लालकाजी तामाङ र अन्य तर्फ केशव अधिकारी निर्वाचीत भएका छन् । प्रदेश प्रतिनिधिमा टिका सुवेदी,निर्मल बस्नेत,मणिसुन्दर कोइराला,सन्तोष चौलागाई र सितारामा कोइराला निर्वाचीत भएका छन् ।

केन्द्रीय प्रतिनिधिमा भने गठबन्धका प्रमोद न्यौपाने र प्रेस युनियनबाट ज्ञानेन्द्र तिमिल्सिना निर्वाचीत भएका छन् । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक स्थापनाभए यता नै प्रेस युनियनले नेतृत्व गर्दै आए पनि पहिलो पटक प्रगतिशिल प्यानलबाट महासंघमा प्रतिनिधित्व भएको छ । अध्यक्षमा निर्वाचीत भएका श्रेष्ठले पत्रकार महासंघलाई सबैको साझा संस्थाको रुपमा लैजाने प्रतिबद्धता गरे ।

तपाइको प्रतिक्रिया
(Visited 598 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेकाे लालकिल्लामा मेयर जितेर इतिहास रचिन् मीना लामाले