काठमाडौं । देश चिन्न भन्दै मुस्ताङ पुगेका प्रदेश २ का प्रमुख राजेश झा अहिराजले शुक्रबार मुस्ताङको कागबेनीमा रहेको श्री जनशक्ति माध्यमिक विद्यालयमा विद्यार्थीहरु भेटघाट गरेका छन् ।
विद्यार्थीसंगै बसेका अहिराजले कक्षा १ मा पढदै गरेका बालबालिकालाइ पढाउदै प्रत्येक विद्यार्थीलाई एकथान कापी र एउटा डटपेन बाँडे ।
विद्यार्थीसंग बिताएको क्षण आफ्नो लागि अविश्मरणीय भएको बताए । संवादकै क्रममा उनलाई विद्यार्थीले प्रश्न गरे ‘तपाईको नाम के हो, कहाँबाट आउनु भो, किन आउनु भो, प्रदेश प्रमुख भनेको को हो ?
विद्यार्थीले सोधेको प्रश्नको जवाफ दिएका अहिराज भन्छन् ‘७७ जिल्लाकै बालबालिका मेरो देशका लागि अनमोल भविश्यका हुन् ।’
त्यसो त गत महिना पनि धनुषामा रहेको सरस्वती माबी र जनकपुरको लोहनामा रहेको मदरसामा उनले पठाएका थिए । बालबालिकासंग समय विताउदा रमाइलो लाग्ने उनको भनाई छ ।
प्रदेश प्रमुख भए लगत्तै उनी सामाजिक काम गरेर चर्चामा आएका थिए । उनले हिँड्दै गर्दा बाटोमा भेटिएका घाइते र बिरामीलाई आफ्नै गाडीमा राखेर अस्पताल पु-याएका थिए ।







