Tuesday, May 11, 2021
Home प्रमुख जसले नेपालमा चिनियाँ चिया रोपे

जसले नेपालमा चिनियाँ चिया रोपे

राजधानी समाचारदाता,

तपाईं चियाको सुर्की लिँदै हुनृुहुन्छ ? चिनी हालेको वा नहालेकै किन नहोस्, चिया पारखी त पक्कै हुनुपर्छ । थाहा छ ? नेपालमा चिया भित्र्ययाउने ‘प्रथम व्यक्ति को हुन् ?

घोरिँदै हुनुहुन्छ ?

त्यसो हो भने सोच्न छोड्नुस् ।

अब फर्कौं, विसं १९२० तिर । नेपालका प्रधानमन्त्री थिए, जंगबहादुर राणा । उनैका ज्वाइँ थिए, नेपालमा चिया रोप्ने प्रथम व्यक्ति ।

तत्कालीन चिनियाँ सम्राटले जंगबहादुरलाई चिनियाँ चिया बीउ उपहार दिएका रहेछन् । बीउ हात के परेको थियो, जंग आदेश जारी भयो, ‘लौ, अब चियाखेती सुरु गर ।’

आदेशअनुसार इलामका तत्कालीन बडाहाकिम तथा जंगबहादुरका जेठा ज्वाइँ गजराज सिंह थापा अघिल्लो पंक्तिमा देखापरे । उनैबाट विसं १९२० मै इलाम चिया कमानमा खेती सुरु भयो ।

दुई वर्षपछि झापा फाँटमा सोक्तिम चिया कमान नै स्थापना गरियो । यहीबाट नेपालमा चिया खेती थालनी भएको इतिहास बताउँछ ।

उता, दार्जिलिङमा संगसंगै चिया खेती सुरु हुन थाल्यो । नेपालमा भने जंगेका ज्वाइँ गजराज चिया खेतीका अग्रणी मानिन्छन् । उनको चिया बिजारोपणपछि यसले राष्ट्रिय आयमा समेत ठुलो योगदान पुगेको बताइन्छ ।

संगैजस्तो चियाखेती थालेको दार्जिलिङले उद्योग विस्तारसंगै आफ्नो उत्पादन विश्वस्तरमै पु-याउन थाल्यो । नेपाल ठीक उल्टो दिशातिर जान थाल्यो । जहाँनिया राणाशासनकै कारण चिया उद्योगको प्रारम्भिक चरण सन्तोषजनक रहन सकेन ।

विसं २००७ मा प्रजातन्त्रका लागि भीषण आन्दोलन छेडियो । राजनीतिक उथलपुथल सुरु भयो । देश मुहार फेर्ने दौडमा लम्कनेक्रममा थियो ।

प्रजातन्त्र प्राप्तिपछि मात्रै नेपालमा लगानीमय वातावरण बन्न थालेको भुक्तभोगी सम्झना गर्छन् । सकारात्मक प्रभाव चिया उत्पादनमा पनि नपर्ने कुरै भएन । विस्तारै लगानीमय वातावरण बन्न थाल्यो ।

नीजिस्तरमा पहिलो

झापा रड्गिया डाँडामा बुधकरण चिया बगान निजीस्तरमै पहिलो हो । जुन २०१६ सालमा स्थापना भएको थियो ।
२३ असोज २०२३ मा नेपाल चिया विकास निगम जन्मियो । यो कम्पनी सरकारको पूर्ण स्वामित्वमा थियो ।

प्रारम्भिक चरणमा प्रशोधन कारखाना अभाव थियो । जसका कारण दार्जिलिङका कारखानालाई ‘हरियो पत्ती’ बेच्नुपर्ने बाध्यात्मक अवस्था थियो ।

पछि, २०३५ सालमा इलाममा मुलुककै पहिलो प्रशोधन केन्द्र खोलियो । लगत्तै झापा सोक्तिममा पनि प्रशोधन कारखाना स्थापना स्थापना स्वदेशी उद्योगी व्यवसायी सफल भए ।

तत्कालीन राजा वीरेन्द्रबाट पूर्वाञ्चलका पाँच जिल्ला झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलाम ‘चियाक्षेत्र’ घोषणा गरियो । राज्यको आर्थिक र सामाजिक क्षेत्रमा समेत चियाखेती परिणामुखी देखिएपछि राजाबाटै २०३९ सालमा तोकेरै क्षेत्र घोषणा गरिएको थियो ।

२० जेठ २०५० मा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन २०४९ मार्फत राष्ट्रिय चिया तथा कफी विकास बोर्ड गठन गरियो । १५ वैशाखमा ‘चिया दिवस’ र १ मंसिरमा ‘कफी दिवस’ मनाइने परम्परा नै थालनी गरियो ।

त्यसो त, २०३५ देखि २०४५ को दशकमा नेपाल चिया विकास निगमले साना कृषकलाई खेतीमा लाग्न प्रत्साहनलगायत योजना ल्याएको पाइन्छ । अहिले चिया उद्योगले नाफामूलक व्यवसायको रूप लिएको अवस्था छ ।

(Visited 112 times, 1 visits today)
Loading comments...

आजको समाचार

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

साताका लोकप्रिय समाचार

बालिकालाई पेट्रोल छर्केर आगो लगाउने दुईजना पक्राउ

बाजुरा । १४ वर्षीया बालिकामाथि पेट्रोल छर्केर आगो लगाउने दुईजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १९ गते राति गाउँमा बिहे भइरहेको समयमा...

टर्निङ प्वाइन्ट : जो धरहरासँगै पुरिएकी थिइन्

६ वर्ष बितिसक्यो । दिमागबाट ‘त्यो दिन’ मत्थर हुन सकिरहेकै छैन । ‘सपनाको हो कि विपना ?’ बेलाबेला आफैंसँग प्रश्न गर्छिन्, प्रशंसा श्रेष्ठ । दिदी घुमाउन...

नेपाल फकाउने ओलीको प्रयास असफल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको आन्तरिक विवादले नेताका दौडधुप तीव्र बनेको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ...

राजनीतिक अन्योलता कायमै

देशमा रजनीतिक अन्योलता कायमै रहेको बेला ‘वेटिङ गभरमेन्ट’का रूपमा रहेको नेपाली कांग्रेस अझै पनि स्पष्ट कार्यदिशा निर्माण गरी अगाडि बढ्न सकिरहेको छैन । त्यसका...

नगरप्रमुखले रिबन काटेर अस्पताल उद्घाटन गरे, उपप्रमुख भर्ना भइन्

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले संचालनमा ल्याएको अस्थाई कोभिड अस्पताल तथा आइसोलेशन सेन्टरमा महानगरपालिकाकै उपप्रमुख पहिलो संक्रमितको रुपमा भर्ना भएकी छन् । दुई दिन अघि...

ट्रेन्डिङ

बेलायतमा थप ३ नेपालीको मृत्यु

लन्डन । बेलायतमा कोरोनाका कारण थप ३ जना नेपालीको मृत्यु भएको छ । सङ्क्रमण देखिएपछि दुई हप्ताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२...

‘कोरोना सङ्क्रमणको आशङ्का भए ११८० मा खबर गर्नुहोस्’

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या शुन्दर शाक्यले कसैलाई कोरोना सङ्क्रमणको आशङ्का भएमा टोल फ्रि नं ११८० मा खबर गर्न अनुरोध गरेका छन्...

नेकपा सचिवालय : संसदबाट पारित नहुन्जेल एमसिसीका कार्यक्रम स्थगन

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सम्झौता संसद्ले अनुमोदन गरेपछि त्यससँग सम्बन्धित बजेट...

बसन्तको ‘डाँफे चरी’मा पल र रियासाको प्रेम

कात्तिक । गायक बसन्त लम्सालको नयाँ गीत ‘डाँफे चरी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा बसन्त सँगै शान्ति श्रीसार्वज परियारको स्वर रहेको छ ।...

मेलम्चीको सुरुङ फुट्दा बेपत्ता भएका इञ्जिनीयरको शव फेला

मेलम्ची । मेलम्ची खानेपानी आयोजनाकोे सुरुङ परीक्षणका क्रममा बेपत्ता भएका दुई मध्ये एक जनाको शव भेटिएको छ । परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा...

ज्लाटनको दुई गोल

मिलान । भेट्रान स्विडिस फरवार्ड ज्लाटन इभ्राहिमोभिचको दुई गोल सहयोगमा एसी मिलानले सस्सुलोमाथि झिनो जित निकालेको छ । मिलानले घरेलु टोलीमाथि २–१ को जित...

कतारको श्रम स्वीकृति बन्द

काठमाडौं । कोरोना भाइरस प्रभावकै कारण सरकारले कतार जाने कामदारका लागि दिँदै आएको श्रम स्वीकृति बन्द गरेको छ । कतार सरकारले नेपालसहित विभिन्न १४...

ओलम्पिक सार्न माग

ओस्लो । आउदो जुलाई र अगस्टमा एसियाली मुलुक जापानमा विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक–२०२० हुने तय छ । ओलम्पिक हुन चार महिना बाँकी छ...

पूर्वमन्त्री पाण्डेको भ्रष्टाचार मुद्दामा दोस्रो पटक साक्षी बुझ्ने आदेश

काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री तथा राप्रपा नेता विक्रम पाण्डेको भ्रष्टाचार मुद्दामा दोस्रो पटक साक्षी बुझ्ने आदेश गरेको छ । न्यायाधीश प्रेमराज कार्की, अब्दुल...

सार्कको १९औं शिखर सम्मेलन शीघ्र हुने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १९औं शिखर सम्मेलन शीघ्र आयोजना गर्न सदस्य राष्ट्रबीच सहमति हुनेमा...

सरकारविरुद्ध मोर्चाबन्दी तयारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध मोर्चाबन्दीको तयारी थालेको छ । सरकारका गतिविधिहरू एकपछि अर्को गर्दै विवादित बन्न थालेपछि प्रतिपक्षमा प्रमुख...

धौलागिरी अस्पतालको आइसोलेसनमै जन्मियो छोरा

बागलुङ । कोरोना संक्रमण पुष्टि भए पछि धौलागिरी अस्पताल बागलुङको आइसोलेसन कक्षमा उपचाररत एक महिलाले छोरा जन्माएकी छन् । ढोरपाटन नगरपालिका–८ की १९ वर्षीय...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)