Sunday, May 16, 2021
Home प्रदेश प्रदेश ३ संक्रमितमध्ये सिकिस्त बिरामीको संख्या बढ्दै

संक्रमितमध्ये सिकिस्त बिरामीको संख्या बढ्दै

एकैदिन ३ सय ३७ जनामा संक्रमण

प्रशान्त वली,

काठमाडौं । देशभर कोरोना संक्रमणको दोस्रो अध्ययय सुरु भइसकेको भन्दै हेलचेक्र्याई नगर्न चिकित्सकले सुझाएका छन् ।

केही दिनयता सिकिस्त संक्रमित संख्या प्रतिदिन बढ्दै गइरहेको भन्दै सचेत र सजग रहन सुझाव दिइएको हो । तीमध्ये सिकिस्त संख्या बढ्दो छ । आईसीयूमा भर्ना हुने संक्रमितसमेत बढ्दै गएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोभिड संक्रमण जोखिम बढेको भन्दै हेलचेक्र्याई नगर्न जोड दिए । ‘भीडभाड नगरौं, भौतिक दूरी कायम गरी जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गरौं,’ उनले भने ।

सक्रिय संक्रमित २८ सय

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले जोखिम बढेकाले सरकारले सीमानाकामा ‘फलामे’ कडाइ तथा हरेक आगन्तुकको परीक्षण गर्नुपर्ने माग गरे । कन्ट्रयाक्ट ट्रेसिङ छरितो, प्रभावकारी र संक्रमित स्थान पत्ता लगाएर आवागमन नियमन गर्न सरकार लाग्नुपर्ने उनको जोड छ ।

डा. पाण्डेका अनुसार हरेक जिल्लामा अक्सिजन बेड, गुणस्तरीय उपचार तथा सघन उपचार व्यवस्था गर्न अति आवश्यक भइसकेको छ । जनस्वास्थ्य मापदण्ड अनुगमन, निगरानी तथा पालना गर्ने÷गराउनुपर्ने र त्यसमा लापरबाही गर्नेलाई जरिमानाको व्यवस्था गर्नसमेत उनले सुझाए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रवक्ता डा. अनुप बाँस्तोलाका अनुसार आईसीयूमा भर्ना हुने बिरामी संख्या प्रतिदिन बढ्दो छ । सिकिस्त बिरामीको चाप यही गतिमा बढ्दै गए केही साताभित्रै मृत्युदरसमेत बढ्ने आँकलन गर्न सकिने उनले औंल्याए ।

पछिल्ला दिन प्रयोगशालामा गरिएका परीक्षणमा एसजीन नेगेटिभ संख्या बढी देखिएको भन्दै डा. बास्तोलाले कोरोना भाइरसको नयाँ प्रजाति (यूके भेरियेन्ट) समुदायमा फैलिरहेको आधार दिने उल्लेख गरे । नेपालमा कोरोना भाइरसको बेलायत ‘भेरियन्ट’ बढ्दै गएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय जाने उमेर समूहमा संक्रमण बढ्दो रहेकाले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसमक्ष तीन साता अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्न सिफारिस गरेको छ ।त्यस्तै, बढी भीडभाड र जोखिम बढ्नसक्ने स्थान, सपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब स्विमिङ पुललगायत क्षेत्रमा जनस्वास्थ्य मापदण्ड अति कडाइसाथ पालना गरेर मात्रै सञ्चालन गर्ने अन्यथा बन्द गर्न÷गराउन सिफारिस गरिएको छ ।

रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्ट राति ९ बजेपछि कडाइसाथ बन्द गर्न/गराउन तथा संक्रमण अवस्था हेरेर ठूला सहरमा पाँच सयभन्दा बढी र साना सहरमा सयभन्दा बढी सक्रिय संक्रमित देखिए आवागमन व्यवस्थित गर्न मन्त्रालयले सिफारिस गरेको छ ।

यसैगरी, देशभर शनिबार ३ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमित संख्या २ लाख ७९ हजार ७ सय २५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमित संख्या २ हजार ८ सय छन् । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३२ जनाको पीसीआर परीक्षण भएको छ । योसँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या २३ लाख ९ हजार ७ सय ७६ पुगेको छ । हाल, देशभर ८४ जना क्वारेन्टाइनमा छन् ।

(Visited 140 times, 1 visits today)
Loading comments...

आजको समाचार

धनगढीको नेपाली सेनाको अस्पतालमा काेराेना संक्रमितको उपचार गरिने

धनगढी । धनगढीस्थित नेपाली सेनाको फिल्ड अस्पतालमा पनि कोरोना संक्रमितको उपचार गरिने भएको छ । सो अस्पताल नेपाली सेनाका परिवारजनलाई मात्रै सेवा दिने गरी...

टी–२० विश्वकपमा २० टोली

दुबई । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हाल १६ टोलीबीच हँुदै आएको टी–२० विश्वकपमा २० टोलीलाई खेलाउने प्रस्ताव अघि सारेको छ । यसै वर्ष भारतमा...

१ सय १९ सिलिन्डर एयर लिफ्टबाट ल्याइयो

काठमाडौं । गृह मन्त्रालयले कोरोना महामारीबाट उत्पन्न परिस्थितिमा अक्सिजन अभाव हुन नदिन सक्रियता बढाएको छ ।गृह मन्त्रालयले मोरङ र सुनसरीमा रहेका विभिन्न अक्सिजन प्लान्टबाट...

२ जेठ २०७५ मा फर्किन ओली सहमत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार राति...

धरानको १ सय ५८ बिघा सरकारको नाममा फिर्ता

काठमाडौं । सुनसरी धरानस्थित सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । सभामुख अग्नि सापकोटाले तत्कालीन वन तथा...

साताका लोकप्रिय समाचार

ओ भविन ! गाई बाँधिराख है, म आउँछु, गोठालो जान पर्छ

  ट्वीटरमा नारायण अमृतले लेखे । ओहो संखुवासभाः चैनपुर नगरपालिका–११ सातटारेमा गाई चराइँदै । ग्रामीण समाजमा पशुपालन अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । कृषिबाली उत्पादनका लागि पनि...

बिग्रेको सडकमा कमजोर एम्बुलेन्स कुदाउदा बाटैमा मृत्यु हुन्छ संक्रमितको

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका ९ की ४५ बर्षिय महिलालाई उपचारका लागि पोेखरा लैजादै गर्दा एम्बुलेन्स भित्रै मृत्यु भयो । १० दिन देखि रुघाखोकी,...

अक्सिजन, आईसीयू बेड र खोपको व्यवस्था गर्न देउवाकाे आग्रह

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारी रोकथामका लागि तत्काल अक्सिजन, आईसीयू बेड र खोपको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । शुक्रबार...

भीमेश्वर नगरपालिकाद्वारा कोरोना संक्रमितको निशुल्क उपचार

दोलखा । दोलखाको भिमेश्वर नगरपालिकाले कोरोनाबाट संक्रमित नगरभित्रका नागरिकलाई निशुल्क उपचार गर्दै पोषण र एम्बुलेन्स खर्च गरी दश हजार रुपैयाँ दिने निर्णय गरेको छ...

नेपालमा राधे रिलिजको सर्वत्र विरोध

काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म राधे बिहीबारबाट विश्वसँगै नेपालमा पनि नेट टिभी डिजिटल प्लेटफर्ममार्फत रिलिज भयो । यो भारतीय फिल्म राधेको नेपालमा...

ट्रेन्डिङ

थाप्लोमा बैंकको ऋण, हातमा दश जनाको ज्यान

इलाम । इलामको फाकफोकथुम गाउँपालिकाबाट सदरमुकामसम्मको बीस किलोमिटर सडक पार गर्न बीसै घण्टा लाग्ने गरेको छ । हिउँदमा चार घण्टामा आइपुगिने बाटो बर्षायाममा दिन...

१५ वर्षीय किशोरीलाई सामुहिक बलात्कारपछि गाउँ निकाला

इटहरी । मोरङको बुढीगंगा गाउँपालिकामा सामुहिक बलात्कारको शिकार भएकी एक किशोरीलाई अगुवाकै दबाबमा गाउँ निकाला गरिएको छ । मोरङको बुढीगंगा गाउँपालिका ७ बडहरा का १५...

पार्टी फुट्दा मुटु चिरिएको अनुभव गरेको छु : दीनानाथ शर्मा

काठमाडौँ । राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले राजनीतिक दलहरु विभाजन हुँदा लोकतन्त्र कमजोर हुने बताएका छन् । राष्ट्रियसभाको आजदेखि प्रारम्भ भएको सातौँ अधिवेशनका क्रममा मन्तव्य...

काठमाडाैंमा देखिएन दसैंकाे राैनक

काठमाडाैं ।  राजधानी काठमाडौँमा विगत वर्षमा जस्तो बडा दशैँको रौनक भेट्न सकिँदैन । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दशैँमा चहलपहल...

केन्द्रीय समिति गठनमा जसपा भित्र बढयो विवाद

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्र केन्द्रीय समिति गठनमा विवाद भएको छ । तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच पार्टी...

आर्थिक वृद्धिबाहेकका अन्य समग्र आर्थिक परिसूचक सकारात्मकः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिडको कारण नेपालको पर्यटन, उत्पादनमूलक उद्योग र निर्माण क्षेत्र बढी प्रभावित भएकाले वृद्धिदर न्यून हुन गएको भए पनि...

सांसद साहको घोषणा बमोजिम पुजारी हत्या भएको स्थानमा बन्ने मन्दिरको डीपीआर तयार

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहको घोषणाबमोजिम पुजारी श्रीराम साहको हत्या गरिएको स्थानमा बन्ने मन्दिरको डीपीआर तयार भएको...

अध्यक्ष शेरचन विज्ञापन बोर्डमा नियुक्त

काठमाडौं । राजधानी न्युज पब्लिकेशनका अध्यक्ष तथा प्रबन्ध निर्देशक महेन्द्र शेरचन विज्ञापन बोर्डमामा नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शेरचनसहित पाँच जनालाई...

बैतडीमा कुटपीटबाट एकजनाको मृत्यु

बैतडी । बैतडीमा कुटपीटबाट एकजनाको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका वडा नं ३ डुङरीका ३२ बर्षीय कमलबहादुर साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ...

श्रमका आधारमा दिइने राहत प्रभावकारी

काठमाडौं महानगरपालिकाले कामसँगै राहत वितरणको कार्यक्रम अघि सारेको छ । जनताले राहतभन्दा पनि कामको माग गरिरहेका बेला महानगरपालिकाको यो कदम आफैंमा रचनात्मक त छँदै...

नेपाली विद्यार्थीले खोजेका चार क्षुद्रग्रहले अस्थायी नाम पाए

काठमाडौं । नेपाली विद्यार्थीले खोजेका चार क्षुद्रग्रह (एस्ट्रोरेड) ले अस्थायी नाम पाएका छन् । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले शुक्रबार विज्ञप्ति जारी गर्दै चार वटा...

कोरोनाको त्रास हटाउन घरघरमा सुरक्षा टोली

भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको उद्गमस्थल चीनको वुहानबाट सरकारले फर्काएका नेपालीलाई राखिएको खरीपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका बासिन्दाका लागि जनचेतना अभिवृद्धि गर्दै जिल्ला...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)