रेसुङ्गामा डढेलाे लागेकाे साता बित्याे, अझै नियन्त्रणमा आएन

गुल्मी । गुल्मीको रेसुङ्गा क्षेत्रमा एक हप्तादेखि लागेको आगो नियन्त्रणमा आएको छैन । चैत्र २१ गते रेसुङ्गा नगरपालिका १४ को पराल्मी तथा २२ गते इस्मा गाउँपालिका र मुसिकोट नगरपालिकाको सिमानाबाट आगो सल्केको थियो । त्यसको अर्को दिन रेसुङ्गा नगरपालिका र गुल्मीदरबारको सिमानाबाट पनि आगो सल्कियो । त्यसका कारण आगो नियन्त्रणबाहिर गएको छ ।

अहिले आगो जताजतै फैलिएको छ । अहिलेसम्म रेसुङ्गा नगरापालिकाका ताराखसे, फुलबारी, जनसेवा, जनजागृती, शिवशक्ति, नजजिवन र जनज्योती गरी सातवटा सामुदायिक बन आगोले सखाप भएका छन् । त्यसैगरी गुल्मीदरबारको जङ्गल पनि आगोले ध्वस्त बनाएको छ । अ

हिलेसम्म रेसुङ्गा क्षेत्रको एक सय र अन्य क्षेत्रको दुईसय गरी तीन सयभन्दा बढी हेक्टर जङ्गल आगोले सखाप पारेको जिल्ला बन कार्यालयका प्रमुख प्रभात सापकोटाले जानकारी दिए । आगोले बन क्षेत्रमा भएका चराचुरुङ्गी, पानीका मुहान, बोट–विरुवा लगायत सबैलाई क्षती गरेको छ । अहिलेसम्म आगोले गरेको क्षतिको आकंलन समेत गर्न सकिएको छैन ।

अहिले रेसुङ्गा क्षेत्रकै सल्लेरी र सालघारीमा तिब्रताका साथ आगो फैलिरहेको रेसुङ्गा नगरपालिका –३ का वडाध्यक्ष थम्मन केसीले जानकारी दिए । तिब्र हावाहुरीका कारण आगो अझैसम्म नियन्त्रणमा आउन सकेको छैन । जसका कारण रेसुङ्गा नगरपालिका वडा नम्बर २, ३, ४, ८, ९, १०, १३ र १४ का सयौँ घरधुरी आगोको उच्च जोखिममा रहेको रेसुङ्गा नगरपालिका –३ का वडाध्यक्ष केसीले बताए । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आगो निभाउनको लागि नेपाली, सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरीलाई खटाएको जानकारी दिइन् । सुरक्षाकर्मीका साथै अन्य स्थानीय पनि आगो निभाउन गएपनि अत्याधिक हावाहुरी, सुकेको घाँस र अप्ठ्यारो ठाउँका कारण जोखिम बढ्दो रहेको शर्माको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 316 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बूढीगंगा मतगणना अपडेट : ५० प्रतिशत मत गन्दा एमालेलाई दोब्बर अग्रता