कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । कांग्रेसको सोमबारका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । समसामयिक राजनीति, क्रियाशील सदस्यता विवाद समाधान र महाधिवेशनको कार्यतालिका फेरबदल लगायत विषयमा छलफल गर्न कांग्रेसले सोमबार दिउँसो २ बजेका लागि बैठक बोलाएको थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलका भाई गोविन्दराज पोडेलको निधन भएका कारण बैठक स्थगित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । अर्को बैठक कहिले बस्ने भन्ने तय भइसकेको छैन । गोविन्दराज रामचन्द्रका माइला भाइ हुन् । उनी चितवनको रत्ननगरमा बस्दै आएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 320 times, 1 visits today)

epaper

ताजा समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणः रायमाझी, पाण्डेलाई ४ वर्ष र खाँणलाई २ वर्ष कैद (कसलाई कति सजाय ?)