Tuesday, May 11, 2021
Home Breaking News आइतबारसम्म असिनापानी सम्भावना

आइतबारसम्म असिनापानी सम्भावना

सविन शर्मा,

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे पनि दिउँसोबाट एक्कासि असिनापानी परेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो, प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा असिनापानी परेको छ ।

‘शुक्रबार नेपालमा कुनै मौसमी प्रणाली छैन । स्थानीय वायु प्रभावले असिनापानी परेको हो,’ महाशाखाका मौसमविद् वरूण पौडेलले भने, ‘शनिबार र आइतबार यस्तै हुन सक्छ ।’ काठमाडौंको आकासमा टन्नै बादल भएकाले केही ठाउँमा दिउँसै बत्ती बाल्नुपर्ने अवस्था भएको उनले बताए ।

‘ठाउँअनुसार फरकफरक छ । कहीँ धेरै पानी परेको छ, कहीँ कम,’ उनले भने, ‘प्रि–मनसुनमा यस्तै हुन्छ । दुई–तीन घन्टापछि यो खुलेर जान्छ ।’

शनिबार पनि देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । देशका पहाडी भूभागका केही स्थानमा र तराईका थोरै स्थानमा मेघगर्जन÷चट्टयाङ÷हावाहुरी÷असिनासहित क्षणिक वर्षा सम्भावना छ । आइतबार पनि प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन÷चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । आइतबार रातिदेखि भने मौसम सामान्यतया सफा रहनेछ । मौसमविद् पौडेलका अनुसार शुक्रबार धरान, धनकुटा, ओखलढुंगा, संखुवासभा, काठमाडौं उपत्यकाका तीनवटै जिल्ला र आसपासका अन्य जिल्ला, गण्डकी प्रदेशका पहाडी जिल्लासहित पश्चिम पहाडका केही भूभागमा वर्षात भएको छ ।

केही स्थानमा असिना पनि परेको छ भने हावाहुरी पनि आएको छ । तराईमा पनि स्थानीय वायुको प्रभावले हावाहुरी आएको छ । अब दैनिकजसो विभिन्न भेगमा यसरी नै वर्षात हुने विभागको अनुमान छ ।

यो वर्ष धेरै हिउँदे वर्षा नभएकाले देशभर नै वायुप्रदूषण उच्च दरमा बढेको थियो । प्रि–मनसुन गतिविधि सक्रिय भएकाले पानी परेपछि पहाडी भेगमा मकैलगायतका बाली लगाउन थाल्ने मौसमविद् पौडेलले बताए । यस्तो वर्षातले तराई भेगमा लगाइएका बालीलाई पनि राहत प्रदान गरेको छ । तर, असिना र हावाहुरीका कारण कतिपय ठाउँमा अन्नबाली र फलफूलमा नोक्सानी पनि पुगेको छ ।

(Visited 99 times, 2 visits today)
Loading comments...

आजको समाचार

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

अस्पतालकाे भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

भजनी ।  कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

उच्च शिक्षामा प्रविधिमय समुदायको महत्व

प्रविधिमय समुदाय भनेको विभिन्न प्रविधिको माध्यमबाट विभिन्न वर्गको उपलब्धिमूलक सहभागिता जनाउँछ । अझ प्रभावकारीपूर्वक भन्नुपर्दा प्रविधिमय समाजअन्तर्गत प्रविधियुक्त समुदायभन्दा पनि फरक पर्दैन । अनि...

साताका लोकप्रिय समाचार

कोरोना खोप ल्याउने विषयमा उपप्रधानमन्त्रीले गरे बैठक आह्वान

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप यथाशिघ्र नेपाल ल्याउने विषयमा परामर्श गरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहेका...

परीक्षाको रोइलो

गतसाल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान...

चितवनका एकसहित तीन सङ्क्रमितको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक/एक जना छन् ।भरतपुर अस्पतालमा उपचारका...

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

ट्रेन्डिङ

आईपीएल : चेन्नाईले मुम्बईलाई पाँच विकेटले हरायो

मुम्बई । आईपीएल क्रिकेटको पहिलो म्याचमा चेन्नाई सुपरकिंग्सले मुम्बई इन्डियन्सलाई पाँच विकेटले हराउँदै शानदार सुरुवात गरेको छ । अबुधाबीस्थित शेख जायद रंगशालामा टस हारेर पहिले...

लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म सञ्चालन नहुने

काठमाडाैं । सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म सञ्चालन नगर्ने भएकाे छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले...

गहुँ फाँडेर खनेका सडक वर्षौदेखि अलपत्र

विश्वनाथ सिम्खाडा, कालिकोट । स्थानीय तहमा निर्वाचित भएपछि स्थानीय स्तरमा सडक निर्माण कार्यलाई प्राथमिकता दिइयो । कालिकोटका लागि सडक नै पहिलो आवश्यकता रहेको पनि...

अब ७५ रुपैयाँमा विषदीरहित एकछाक खाना

काठमाडौँ । नेपाल युथ डेवलपर क्लबले अबको एक वर्षभित्र २० हजार युवालाई रोजगारी दिने उद्देश्यका साथ विषादीरहित सस्तो र गुणस्तरीय किचेन शुरु गरेको...

कोरोनाले मृत्यु हुनेको संख्या ५३ हजार नाघ्यो

काठमाडौं । विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५३ हजार २३५ सय नाघेको छ । भाइरसबाट १० लाख १६ हजारभन्दा बढी संक्रमित भइसकेका...

अनलाइन फुड फेस्ट शुक्रबारदेखि

काठमाडौं । नेपालको सबैभन्दा लोकप्रिय अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले विगत तीन वर्षदेखि नियमित रूपमा आयोजना गर्दै आएको अनलाइन फुड फेस्टिभल यस वर्ष पनि...

महत्वपूर्ण मुद्दाको पहिचान भएन

कुनै पनि देशका शासक उद्योगपति, व्यापारी र व्यक्ति स्वयंले पनि आफ्नो सर्वाधिक महत्वपूर्ण कार्य चुनौती, दायित्व अथवा धर्मलाई पहिचान गरेको हुन्छ । नेपालको सात...

सशस्त्रका २६ उच्चपदस्थ अधिकृतले अवकाश पाउँदै, अवकाशको मुखमा पुगेका चार डीआईजी अझै बाहिनीपति

काठमाडौं । सशस्त्र प्रहरी बलमा केही साताभित्रै एक जना अतिरिक्त महानिरीक्षक (एआईजी)सहित २६ जना उच्चपदस्थ अधिकृतले अनिवार्य अवकाश पाउने भएका छन् । सशस्त्र प्रहरी बलमा...

सडकमा आन्दोलन गरेर अदालतलाई धम्क्याउन पाइन्न : देउवा

सिन्धुपाल्चोक । नेपाली काग्रेसका सभापति एवम पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सडकमा आन्दोलन गरेर ,धम्काएर आफ्नो पक्षमा फैसला गर्न लगाउने प्रवृत्ति गलत रहेको बताएका छन् ।...

सांगीतिक कार्यक्रमबीच नयाँ वर्षको स्वागत

कोरोना वर्ष सन् २०२० बिर्संदै पोखरेलीले अंग्रेजी नयाँ वर्ष–२०२१ को भव्य स्वागत गरेका छन् । फेवाताल किनारमा आयोजित २२ औं पोखरा सडक महोत्सवमा उपस्थित...

एमालेका उम्मेदवार रामबहादुर थापा बन्ने

काठमाडौँ । राष्ट्रिय सभा उपनिर्वाचनको लागि एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार बन्ने भएका छन् । उनी उम्मेदवारी दिनका लागि शुक्रबार मकवानपुरबाट हिँडिसकेको जनाइएको...

आठ पंक्तिका कविता लेख्ने कबिको पोष्टबाट ‘शुक्रबार कविता’ संग्रह

काठमाडौँ । प्रत्येक शुक्रबार आठ पङिक्तका कविता लेखेर सामाजिक सञ्जालमा पोष्ट गर्ने कवि मनोजराज सुवेदीले ३०१ कविताको संग्रह सार्वजनिक गरेका छन् । आठ पङिक्तमा लेखिएको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)