Tuesday, May 11, 2021
Home Editor-Picks सभामुखले एमसिसी संसदमा प्रवेश नगराएकोमा प्रधानमन्त्रीको चित्त दुखाई

सभामुखले एमसिसी संसदमा प्रवेश नगराएकोमा प्रधानमन्त्रीको चित्त दुखाई

राजधानी समाचारदाता,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा कोभिड–१९ सङ्क्रमणको रोकथाम, तीनै तहका रिक्त क्षेत्रका उपनिर्वाचन र संसद्का कामकारवाहीका विषयमा छलफल भएको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले बैठकले कोरोना महामारीको प्रतिकार्य र रोकथामका उपाय कसरी अवलम्बन गर्ने, रिक्त भएका प्रतिनिधिसभा, प्रदशेसभा र स्थानीय तहमा कसरी उपनिर्वाचन सम्पन्न गर्ने तथा संसद्मा अड्किएका केही विजनेश र पछिल्ल्ला राजनीतिक स्थितिका बारेमा गम्भीर रुपमा छलफल गरेका बताए ।

खुला सिमाना र अन्य विभिन्न कारणले कोरोना महामारीविरुद्धमा सबै दलको एउटै राय रहेको जानकारी गराउँदै उनले मुलुकमा दिन प्रतिदिन चुनौती बढ्दै गएको सन्दर्भमा अझै प्रभावकारी ढङ्गले काम गर्न दलका नेताहरुबाट सरकारलाई सुझाव आएको जानकारी दिए ।

‘हटस्पट’ क्षेत्रमा विद्यालय बन्द गरेर तथा धेरै भीडभाड हुने क्षेत्रमा जनातालाई अपिल गरेर भीड नियन्त्रणमा कदम चाल्न सरकारलाई आग्रह गर्दै त्यसमा साथ रहने प्रतिबद्धता आएको उनले जानकारी दिए ।

उपनिर्वाचनको विषयमा छलफल

रिक्त स्थानमा हुने उपनिर्वाचनमा संवैधानिक व्यवस्थाअनुसार नै निर्वाचन आयोगले तोकेको समयमा निर्वाचनमा सहभागी हुने सबै दलबाट सहमति आएको मन्त्री ज्ञवालीको भनाइ छ तर नेपाली कांग्रेसले भने भदौमा महाधिवेशन भएकाले त्यसलाई प्रभावित नहुने गरी कार्यतालिका प्रकाशित गर्न सुझाव दिएको जनाइएको छ । त्यसको जवाफमा प्रधानमन्त्री ओलीले परामर्श गरेर अप्ठ्यारो नपार्ने गरी अघि बढ्ने आश्वासन दिएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

संसद्मा एमसिसीलगायत विजनेश अड्किरहेको उल्लेख गर्दै सभामुख अग्निप्रसाद सापकोटाले तजविजी अधिकार प्रयोग गरेर लामो समयसम्म रोक्न मिल्दैन भन्ने कुरामा सबै दलको साझा धारणा आएको बताए । उनले केही दलबाट एमसिसीप्रति आलोचना भएको र आफ्नो आशङ्का प्रकट भए पनि विजनेस रोक्न नमिल्ने धारणा व्यक्त भएको जानकारी दिए । ‘उक्त विषयमा सभामुख, कार्य व्यवस्था परामर्श समिति र अन्य विभिन्न ठाउँमा छलफल गरेर टुङ्ग्याउनुपर्छ भन्ने सहमति भएको छ’ मन्त्री ज्ञवालीले भने ।

माओवादी किन आएन ?

बैठकमा माओवादी केन्द्र सहभागी नभएका विषयमा पत्रकारले सोधेको जिज्ञासामा ज्ञवालीले भने ‘उहाँहरु किन आउनु भएन, किन यस्तो गैरजिम्मेवार बाटो हिँड्दै हुनुहुन्छ, उहाँहरुले जान्ने कुरा हो, उहाँहरुले थाहा पाउनुपर्छ, उहाँहरु नहुँदा पनि देश चल्छ ।’ कर्णाली प्रदेशमा आफ्नै नेताले ह्वीप नाघेका सन्दर्भमा मन्त्री ज्ञवालीले संसदीय प्रणालीमा ह्वीप उल्लङ्घन र फ्लोर क्रस क्षम्य हुन नसक्ने बताए । उनले महत्वपूर्ण अध्यादेश अड्किएकामा समेत आपत्ति जनाए ।

‘अत्यन्तै महत्वपूर्ण अध्यादेश छन्, एसिड आक्रमण जस्तो जघन्य अपराधलाई कानूनी हिसाबले दण्डनीय बनाउन अध्यादेश ल्याएपछि संविधान प्रावधानविपरीत पहिलो दिन नै प्रवेश गर्न दिइएन’ उनले भने ‘बलात्कार र यौनजन्य हिंसा गर्नेलाई सजायमा कडाइपन थपेर अध्यादेश ल्याए पनि त्यसलाई समेत अघि बढ्न दिइएको छैन, संसद्को नेतृत्वका कारणले विजनेश अड्किएका छन्, त्यसका बारेमा एउटा समझदारी होस् भन्ने हाम्रो चाहना हो ।’

कोरोना खोपका विषयमा विशेष नियमको व्यवस्था गरेर अध्यादेशमार्फत वैधानिकता दिएका जानकारी दिँदै उनले त्यो पारित नहुने हो भने हामीले लगाएको यो खोप अवैधानिक हुन जाने बताउनुभयो । उहाँले जस्तो गम्भीर कुरामा पनि संसद् जिम्मेवार हुन नसकेको बताए ।

बैठकमा जनता समाजवादी पार्टीले अड्किएको नागरिकता विधेयक अघि बढाउन आग्रह गरेको उनले जानकारी दिए । सरकारमा सहभागी हुने विषयमा भने छलफल चलिरहेको र उहाँहरुले केही संविधान एवं कानून तथा प्रशासनिक क्षेत्रमा जोडिएका विषय उठाएको मन्त्री ज्ञवालीले जानकारी गराए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोभिडका विषयमा सरकार गम्भीर भएर लकडाउनभन्दा रोकथामतर्फ लाग्न ध्यानाकर्षण गराएको जानकारी दिए । रोकथामका विधिमा ध्यान दिएर जनतालाई सचेत गराउन सुझाव दिएको उनले बताए ।
‘उपनिर्वाचन, उपसभामुखको निर्वाचन किन रोकिएको छ, संसद्लाई विजनेश किन दिइएको छैन, राष्ट्रियसभा किन बोलाइएन, सरकारबाट संसद्लाई अपाङ्ग राख्ने काम किन भएको छ, यसमा हाम्रो गम्भीर आपत्ति छ, उनले भने ‘सत्तालाई भन्दा व्यवस्थालाई महत्व दिनुप¥यो, खाली आफ्नो कुर्सी बचेमात्रै व्यवस्था बच्ने नत्र नबच्ने भन्ने कुरातर्फ जानु भएन, भर्खरै लामो लडाईं लडेर ल्याइएको व्यवस्था छ, यसमा खेलबाड किन हुन्छ भन्ने प्रश्न उठाएका छौँ ।’ उनले देशलाई निकास चाहिन्छ भन्ने आफ्नो प्रष्ट भनाइ रहेको र गतिरोधलाई निकास दिनुपर्छ भनेर कुरा राखेको बताए ।

एमसिसी आफ्नै सरकारको पालामा सम्झौता भएकाले सदनमा छलफलमा ल्याउन आग्रह गरेको पौडेलले जनाए । उनका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले संसद्मा सरकारलाई सभामुखले काम गर्न नदिएको बताए । राप्रपाका नेता डा प्रकाशचन्द्र लोहनीले सरकार र संसद्बीच देखिएको समस्याको निकास निकाल्ने जिम्मा प्रधानमन्त्री ओलीलाई नै दिइएको जानकारी दिए ।

बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता पौडेल र महामन्त्री विमलेन्द्र निधि, नेता बालकृष्ण खाँड, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता लोहनी र नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवाललगायत सहभागी थिए । बैठकमा नेकपा( एमाले) माधव नेपाल समूह र नेकपा (माओवादी केन्द्र)को भने उपस्थिति थिएन ।

(Visited 43 times, 3 visits today)
Loading comments...

आजको समाचार

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

साताका लोकप्रिय समाचार

ललिता निवास जग्गा प्रकरणः ढकाललाई छाड्ने विषयमा न्यायाधीशकै राय बाझियो

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मुख्य बिचौलिया शोभाकान्त ढकालको मुद्दामा दुई न्यायाधीशको राय बाझिएपछि पूर्ण इजलासमा गएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र...

अस्पताल पुगेका बिरामीको बेड कुर्दा कुर्दै एम्बुलेन्समै मृत्यु

गुल्मी । गुल्मीको इस्मा गाउँपालकाका कोरोना संक्रमितको एम्बुलेन्समै मृत्यु भएको छ । इस्मा गाउँपालिका –५ रजस्थल निवासी ६५ बर्षिय बृद्धको शनिबार दिउसो तम्घास अस्पतालको...

अमेरिकी नागरिकको गोली लागेर खाँदबारीका सागर घिमिरेको मृत्यु

संखुवासभा । अमेरीकी नागरिकको गोली लागेर संखुवासभा खाँदबारी नगरपालिका –६ तल्लोका पाङ्ठाका २५ बर्षीय सागर घिमिरेको मृत्यु भएको छ । अमेरीकाको मेरील्याण्ड राज्यमा गोली...

प्रधानमन्त्री ज्यू छातीमा हात राखेर भन्नुस् कुशासन र भ्रष्टाचारकाे कारण तपाई होईन ? : देउवा

माननिय सभामुखज्यू, कोभिड–१९ को महामारीका कारण धेरै नेपाली दिदीबहिनी, दाजुभाइहरुले ज्यान गुमाउनु परेको छ । म यस दुःखद घडीमा दिवंगत आत्माहरुको चीर शान्तिको कामना साथ...

कुख्यात वन्यजन्तु तस्कर कुन्जोकलाई सात वर्ष जेल

काठमाडौं । जिल्ला अदालत रसुवाले वन्यजन्तुका ‘अन्तर्राष्ट्रिय तस्कर’ कुन्जोक छिरिङ तामाङलाई सात वर्ष कैद र १ लाख जरिमाना तोकेको छ । जिल्ला न्यायाधीश राजेन्द्र...

ट्रेन्डिङ

पाथिभरा बनमा भीषण डढेलो, पाथीभरा मन्दिर जोखिममा

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित पाथिभरा सामुदायीक बनमा भीषण डढेलो लागेको छ । हिजो साँझबाट सुरु भएको डढेलो अझै नियन्त्रणमा आउँन...

प्रहरी जवान ब्यारेकमै मृत फेला

धनगढी । कैलालीमा एक जना प्रहरी जवान मृत फेला परेका छन् । जिल्लाको मोहन्याल गाउँपालिका ४ खिमडीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत २९ वर्षीय...

पीएसजी लिग च्याम्पियन

पेरिस । फ्रेन्च लिग वान आयोजक (एलएफपी)ले जारी सिजनको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई फ्रेन्च लिग वानको च्याम्पियन घोषणा गरेको छ । एलएफपीले...

खेती किसानीमा संलग्न चार दाजुभाइले गरे विपन्न परिवारलाईे खाद्यान्ह सहयोग

राजविराज, सप्तरी । लकडाउनका बेलामा बेरोजगार भई हातमुख जोड्ने समस्यामा परेका मजदुर तथा विपन्नहरुलाई सप्तरीमा एक किसान परिवारले शुक्रबार राहत...

अब ७५३ वटै स्थानीय तह विकास र प्रविधिमैत्री हुने

काठमाडौं । सरकारले देशभरमा रहेका ७ सय ५३ वटै स्थानीय तहलाई विकास र प्रविधिमैत्री बनाउने उद्देश्यले प्राविधिक सहायक नियुक्ति प्रक्रिया अघि बढाएको छ । केन्द्रीय...

२३५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको...

सीमा विवाद समाधान गर्न छुट्टै संयन्त्र बनाउन भारतको प्रस्ताव

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा विवादको विषयले औपचारिक प्रवेश नै नपाई सकिएको छ । सीमा विवादको विषयमा लामो समयदेखि दुई देशबीचको तिक्तता...

सामाजिक न्याय : अल्पसंख्यकलाई समान अधिकार

समाजमा शक्ति, स्रोत साधन र अवसरको न्यायोचित साझेदारी वा वितरण हुन नसक्दा केही व्यक्ति र समुदाय बढी लाभान्वित हुन पुग्छन्, यसका कारण अर्को वर्ग...

कोरोना संक्रमितको ‘रेडजोन’बन्दै दैलेख

दैलेख । कर्णालीमा कोरोना संक्रमितको संख्या ६७१ पुग्दा सम्म दैलेखका ३८६ संक्रमित भेटिएका छन् । समयमा आरडीटी र पीसीआर नहुँदा दैलेखमा संक्रमितको संख्या बढेको...

कोरोना उपचारमा पन्छिएको हो सरकार ?

असोज–१९ को मन्त्रिपरिषद् तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २ कात्तिकको मिडिया ब्रिफिङले २ कात्तिकदेखि लक्षण तथा चिह्न भएका विपन्न, अशक्त असहाय, एकल महिला, अति...

कोरोना र लकडाउनलाई चित्रमा उतार्दै प्राज्ञ ज्योतिप्रकाश

काठमाडौं । विश्वव्यापी रूपमा कोरोना संक्रमण बढेपछि विगत ३२ दिनदेखि नेपाल पनि लकडाउनको अवस्थामा छ । यो बेला सबै आ–आफ्ना घरमा छन् । घरमा...

कोरोनाबाट ललितपुरमा मात्रै ४८ जनाको मृत्यु

ललितपुर । ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०० भन्दा बढी रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म दुई हजार ५०७ सक्रिय...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)