काठमाडाैं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कायार्यालयले वरिष्ठ सहसचिव किरणराज शर्मालाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।
शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै शासकीय सुधार महाशाखा प्रमुखको रूपमा कार्यरत छन् । शर्मा यसअघि सूचना तथा प्रसारण विभागका महानिर्देशक थिए । विभागमा रहँदा उनले सञ्चार क्षेत्रको विकास र सुधारमा महत्वपूर्ण कार्य गरेका थिए ।
स्वच्छ छवि र इमानदार प्रशासकका रूपमा परिचित शर्मा योजना बनाउन र कार्यान्वयन गराउन दक्ष मानिन्छन् । उनी लोकसेवा आयोगको प्रवक्ताका रूपमा रहँदा आयोगको छवि माथि उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । शर्माले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय तथा प्रदेश सरकारको सचिवको रूपमा रहेर महत्वपूर्ण कार्य गरिसकेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 354 times, 1 visits today)






