Saturday, May 15, 2021
Home भर्खरै प्रधानाध्यापक र लेखापाल निष्कासित, विद्यार्थी आन्दोलनमा उत्रिए

प्रधानाध्यापक र लेखापाल निष्कासित, विद्यार्थी आन्दोलनमा उत्रिए

शहीद स्कुल अनियमितता प्रकरण

विवेक विवश रेग्मी,

इटहरी । इटहरी १९ मा रहेको शहीद स्मृति आवासीय माध्यमिक विद्यालयमा भएको अनियमितता बाहिरिने डरले स्कुलका प्रधानाध्यापक र लेखापाललाई विद्यालय व्यवस्थापन समितिले पदबाट निष्कासन गरेको छ ।

विद्यालयभित्र भएको आर्थिक अनियमितता ढाकछोप गर्न र नीतिगत भ्रष्टाचार लुकाउनका लागि शिक्षा नियमावली ऐन विपरीत विद्यालय व्यवस्थापन समितिले विद्यालयका प्रधानाध्यापक शिवचन्द्र राई र लेखापाल लिलाराज काफ्लेलाई जिम्मेवारीबाट निष्कासन गरेको हो ।

केहीदिन अगाडि स्थानीयले संघर्ष समिति बनाएर विद्यालयमा भए, गरेका आर्थिक हरहिसाब सार्वजनिक गर्न माग गरेका थिए । अभिभावकहरूले व्यवस्थापन समिति बिरूद्ध ज्ञापन पत्र बुझाउँदै केहीदिन अघिमात्रै बिद्यालय परिसरमा तालाबन्दी गरिएको संघर्ष समितिका संयोजक लक्ष्मणकुमार राईले बताए ।

द्वन्दकालको समयमा मारिएका, अपाङ्ग, अशक्तका छोराछोरी अध्यापन गराउने उदेश्यले स्थापना भएको विद्यालयमा केही सीमित मानिसहरुले रजाईँ गरेको र आर्थिक अनियमितता गरेकाले आफूहरुले संघर्ष समिति बनाएर दबाबमुलक रुपमा अघि बढेको राईले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम गिरी लगायतका मानिसहरुले दश वर्ष अगाडिदेखि कार्यरत शिक्षकहरुलाई गैरजिम्मेवारीपूर्वक निष्कासन गरिएपछि विद्यार्थीहरु आन्दोलित बनेका छन् । विद्यालय व्यवस्थापन समितिबिरुद्ध रुष्ट बनेका विद्यार्थीहरुले नाराबाजी सहित निष्कासन गरिएका प्रअ र लेखापाललाई पुनः सम्मानजनक रुपमा पदबहाली हुनुपर्ने माग राखेका छन् । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले व्यवस्थापन समितिको कार्यकक्षमा तालाबन्दी गर्दै नाराबाजी गरेका हुन् ।

शिक्षक निष्कासन र विद्यार्थी आन्दोलनपछि इटहरी उपमहानगरपालिकाले पनि आवश्यक छानबिन अगाडि बढाएको जनाएको छ । इटहरी उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख सूर्य सुवेदीका अनुसार व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि, स्थानीय अभिभावक र प्रअबीच छलफल राखिएपनि एकिन निक्र्यौल आउन सकेको छैन । ‘यो आन्तरिक व्यवस्थापकीय समस्या समाधान भएकाले विद्यालयमै समाधान गर्नका लागि छलफल भएको छ,’ सुवेदीले राजधानीसँग भने, ‘सामान्य हिसाबमा बुझ्दा प्रधानाध्यापक र व्यवस्थापन समितिबीचको दूरी बढेको देखिन्छ, हामीले जनप्रतिनिधि, अभिभावक र संघर्ष समिति राखेर समस्या समाधान गर्न भनेका छौँ ।’ उनले त्यहाँ अध्यापन गराउने सबै शिक्षक करारमा रहेको र हाल प्रधानाध्यापक र लेखापाल बाहेक अन्यको म्याद थप गरिएको बताए ।

‘विद्यालय व्यवस्थापन समितिले प्रअ र लेखापाल बाहेक अन्य शिक्षकहरुको करारको म्याद थपेको रहेछ,’ उनले भने, ‘त्यसरी केही सीमित व्यक्तिलाई मनपरी रुपमा निष्कासन गर्न नियमले दिदैँन, स्थानीयबासीले पनि असन्तुष्टि व्यक्त गरेका कारण आवश्यक छानबिनको प्रक्रियामा छौँ ।’

सरकारले वार्षिक रुपमा तीन करोड २२ लाख रुपैँया उक्त विद्यालयलाई बजेट बिनियोजन गर्दै आएको छ । ‘तलव, भत्ता, होस्टेल लगायतका विषयमा वार्षिक बजेट बिनियोजन हुँदै आएको छ, विद्यार्थी संख्याको पनि कुरा छ । हाल स्थानीयबासीले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।’ सुवेदीले भने ।

(Visited 406 times, 1 visits today)
Loading comments...

आजको समाचार

ओली ४२औं प्रधामन्त्री

काठमाडौं । मुलुकको ४२औं प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले तेस्रोपटक पद तथा गोपनीयताको शपथ लिएका छन् । २४ असोज २०७२ मा पहिलोपटक देशको कार्यकारी...

नेपालमा राधे रिलिजको सर्वत्र विरोध

काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म राधे बिहीबारबाट विश्वसँगै नेपालमा पनि नेट टिभी डिजिटल प्लेटफर्ममार्फत रिलिज भयो । यो भारतीय फिल्म राधेको नेपालमा...

‘पहिले मुद्दा फिर्ता त्यसपछि सरकारमा’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै...

कविता : आमा तिमी संसार हौ

आमा तिमी संवेदना भगवान अनि बास्ना हौ माया, ममताको खानी हौ सुख्खा जमिननजिकको झरना हौ आमा तिमी रुँदै गरेको बालकको मातृत्व हौ । त्याग, तपस्या अनि सेवा हौ आँखाको नानी, कोइलीको...

कोरोना कहर : सेती अस्पतालमा उपचाररत थप ६ जनाको मृत्यु

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने थप ५५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...

साताका लोकप्रिय समाचार

हरेक घर बिरामी, हरेक घर आइसोलेशन

मानिस एकपटक मर्छ तर मृत्युको अनुभूति एकपटक मात्र हुने होइन रहेछ । मानिस पटक पटक मृत्युको मुखमा पुग्ने रहेछ र अन्तिम एकपटक मात्र मृत्युवरण...

अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ । देशभरका...

शुक्रराज अस्पतालमा किट सकियाे, पिसिआर टेष्ट रोकियाे

काठमाडाैं ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पिसिआर परीक्षण रोकिएको छ । अस्पतालका निर्देशक डा सागरराज भण्डारीले किट अभावले आजदेखि पिसिआर...

इटहरीमा दुई दिनमा तीन जनाको मृत्यु

इटहरी । इटहरीमा दुईदिनमा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाको दोस्रो भेरियन्ट आइकन इटहरी उपमहानगरपालिकामा कोरोनाका कारण दश जनाको मृत्यु...

सात वटै प्रदेशमा पत्रकार अस्पताल र बिद्यालय स्थापना हुनुपर्छ : सुभाष साह

काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुभाष साहले सात वटै प्रदेशमा पत्रकार अस्पताल र पत्रकार बिद्यालय स्थापना हनुपर्ने बताएका छन् । मंगलबार जुमको माध्यमबाट...

ट्रेन्डिङ

कोरोनाको ग्राफ निरन्तर उक्लिएपछि बाँकेमा निषेधाज्ञा पुनः थपियो

नेपालगन्ज । बाँकेमा बितेका १० दिन अघिदेखि जारी गरिएको निषेधाज्ञा पुनः तीन दिनका लागि थप गरिएको छ । यसकै बीचमा कोरोनाको ग्राफ उकालो लागेपछि...

रेशम चौधरीको रिहाइप्रती प्रधानमन्त्री नरम, जसपासंग सत्ता सहकार्य !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच सत्ता सहकार्य हुने भएको छ । जसपाले उठाउँदै आएको मागप्रति प्रधानमन्त्रीसमेत रहेका एमाले...

किन फर्कन्छन् कन्यामबाटै पर्यटक ?

इलाम । झापाबाट इलाम पस्दा सवैभन्दा पहिला कन्याम आउने भएकाले पनि धेरैलाई जिल्लाको प्रमुख पर्यटकिय गन्तब्य कन्याम नै लाग्नु स्वाभाविक छ । चियावारीको जिल्ला...

माझी बस्तीमा खुसी : डाक्टर आए सित्तैमा जाँचे, औषधी निशुल्क दिए

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–१४ झ्याडी माझी बस्तीकी ८० वर्षीया सुन्तली माझीले जिवनको यो उमेरसम्म अस्पताल र स्वास्थ्यकर्मीलाई नजिकबाट आफ्नो स्वास्थ्य समस्याको बारेमा बताउन...

कोरोनाबाट विश्वभर २ लाख ४८ हजारको मृत्यु, मृत्युदर घटदै

जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ४८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३५ लाख ६८ हजार नाघेको छ । जोन्स...

टौखेलको मकैबारीमा रगतले लतपतिएको शव फेला, हत्या गरिएको आशंका

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका ३ टौखेल बस्ने ३८ वर्षीय पुरुषको शव फेला परेको छ । चन्द्रागिरि नगरपालिका १० स्थायी ठेगाना भएका अमित शाहीको...

च्याम्पियन बन्ने लक्ष्यमा धनगढी र काठमाडौं

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हँुदैछ ।...

धनकुटामा गृहमन्त्रीलाई कालो झण्डा

धनकुटा । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई आज धनकुटामा कालो झण्डा देखाइएको छ । नेकपा जिल्ला कमिटी धनकुटाको केपी ओली समूहले आयोजना गरेको कार्यकर्ता...

ला लिगा जुन दोस्रो सातादेखि गर्ने तयारी

मड्रिड । स्पेनिस सरकारको अनुमति पाएको अवस्थामा स्पेनिस ला लिगा आयोजकले १२ जुनदेखि कोरोना महामारीका कारण स्थगित भएको स्पेनिस ला लिगा सुरु गर्ने तयारी...

ओली उपचार र नेपालीको अपेक्षा

केही समययता भएका चर्चा परिचर्चा मूलतः दुई विषय केन्द्रित छन् । एउटा हो कोरोना भाइरस ‘कोभिड –१९’ र अर्को हो प्रधानमन्त्री केपी शर्मा ओलीको...

फिल्डमा खटिने पत्रकारलाई पिपिई

काठमाडौं । नेपाल वातावरण पत्रकार समुहले कोभिड १९ जोखिम बढेको भन्दै फिल्डमा खटिने पत्रकारहरुलाई पिपिई (व्यक्तिगत सुरक्षा सामाग्रि) उपलब्ध गराएको छ । कृयाशील ३०...

क्वारेन्टाइन रित्तिँदै, गाउँ भरिँदै

बर्दिया । जेठ महिनाको मध्य तिर जिल्लाका करिब १ सय ५० क्वारेन्टाइन भरिभराउ थिए । अहिले यहाँका क्वारेन्टाइनस्थल बिस्तारै रित्तिँदै गएका छन् । क्वारेन्टाइन...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)