कोरोना संक्रमणबाट पर्सामा एकै दिन २ जनाको मृत्यु

सांकेतिक तस्वीर

वीरगन्ज । कोरोनाको दोस्रो लहर सुरु भएपछि पर्सामा एकै दिन दुई संक्रमितको मृत्यु भएको छ । वीरगन्ज १६ की ६१ वर्षीय महिलाको मृत्यु भएको १० घण्टा पछि वीरगन्ज महानरपालिका १९ विन्दवासिनीका ६३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतक पुरुषलाई वीरगन्जको नारायणी अस्पतालमा गएको ५ गते आइतबार नै भर्ना गरिएको थियो । उनको आरटी पिसिआर पोजेटिभ रिपोर्ट ६ गते सोमबार आएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले बताए । बिहीबार उपचारका क्रममा उनको निधन भएको डा. दासको भनाइ छ ।

मृतक पुरुषको बिहीबार बिहान करिब १० बजेर ५० मिनेटमा मृत्यु भएको हो । बिहिबार नै मृत्यु भएकी महिलाको भने बिहान करिब १ बजेर १५ मिनेटमा मृत्यु भएको डा. दासले बताए । नारायणी अस्पतालमा दोस्रो लहरको कोरोनाका कारण एकैदिन दुई जनाको मृत्यु भएको यो पहिलो घटना हो । कोरोनाको दोस्रो लहर बढेयता वीरगन्जका अस्पतालमा ल्याइएका मध्ये कुल ९ जनाको मृत्यु भइसकेको नारायणी अस्पतालले जनाएको छ । ’em मध्ये दुई जनाको भने नीजि अस्पताल नारायणी बयोधामा र ७ जनाको भने नारायणी अस्पतालमा उपचारकै क्रममा निधन भएको

मृतक मध्ये सात जनाको नारायणी अस्पतालमा र २ जनाको वीरगन्जकै नीजि अस्पताल नारायणी बयोधामा मृत्यु भएको चिकित्सक दालले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 447 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ