Monday, May 17, 2021
Home प्रदेश प्रदेश ५ नेपालगञ्जमा बिरामीलाई बेड छैन, अक्सिजन अभाव हुन थाल्याे

नेपालगञ्जमा बिरामीलाई बेड छैन, अक्सिजन अभाव हुन थाल्याे

राजधानी समाचारदाता,

राँझा ।  बाँकेमा कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि भर्ना गर्न कोभिड अस्पतालमा शय्या अभाव भएको छ । अस्वाभाविकरूपमा कोरोना सङ्क्रमण फैलिएपछि नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पताल भरिभराउ भएको छ । भेरी अस्पतालमा अहिले एउटा शय्या पनि खाली नरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले बताए।

उनका अनुसार अस्पतालले कोरोना सङ्क्रमित बिरामी उपचारका लागि तयार गरिएको कोभिड वार्डका सबै १४२ शय्या भरिएका छन् । अहिले पनि गम्भीर प्रकृतिका बिरामी आउने क्रम नरोकिएकाले आउँदा दिन अझै भयावह हुने सम्भावना बढेको छ ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अस्पताल कोरोनाका बिरामीले भरिभराउ भएकाले अक्सिजनको मात्रा कम भएका बिरामीलाई समेत घर पठाउनुपर्ने बाध्यता रहेको बताए । उनले सङ्क्रमण रोकथाम र सङ्क्रमित गम्भीर प्रकृतिका बिरामीलाई उपचार व्यवस्था मिलाउन सबैले आ–आफ्नो स्थानबाट सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरे । कोरोना सङ्क्रमित बिरामीको उपचार गर्दै आएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका फिजिसियन डा आसिम किदवाइले अस्पतालमा शय्या अभाव भएकाले बिरामीलाई भर्ना गर्न नसकिने बताएका छन् ।

उनले अहिले पनि शिक्षण अस्पतालमा तीन गम्भीर प्रकृतिका बिरामीले आइसीयू शय्या पर्खेर बसेको जानकारी दिँदै कोभिडका बिरामी राख्ने वार्ड समयमै नबनाउँदा अहिले स्थिति नियन्त्रण बाहिर गएको उल्लेख गरे । कोरोना सङ्क्रमित बिरामीको उपचारमा निरन्तर खटिएका स्वास्थ्यकर्मी स्थिति नियन्त्रण बाहिर जाँदा चिन्तित छन् । भेरी अस्पतालका फिजिसियन डा खगेन्द्रजङ्ग शाहले अहिले लक्षणसहितका सङ्क्रमित त्यसमा पनि अक्सिजन चाहिनेहरु बढी रहेको बताउछन् । उनले परिवारका एक सदस्यलाई सङ्क्रमण पुष्टि भए अहिले प्राय सबैमा सङ्क्रमण देखिएको बताए ।

बाँकेका कोभिड सङ्क्रमण व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले निरन्तर सङ्क्रमितको सङ्ख्या बढिरहेकाले अस्पतालमा शय्या थप्ने र अक्सिजनको व्यवस्थापनमा सबैको ध्यान र सहयोग केन्द्रित गर्न जरुरी रहेको बताए । रासस

(Visited 54 times, 1 visits today)
Loading comments...

आजको समाचार

१ लाख संक्रमित घरमै

निर्देशिका भन्छ, बिरामीको नियमित अनुगमन काठमाडौं । देशभर १ लाख २ हजार ४ सय ५५ कोरोना संक्रमित घरमै छन् । सरकारले उनीहरूको अवस्थाबारे चासो...

साताका लोकप्रिय समाचार

युभेन्टसका रोनाल्डोको अर्का कीर्तिमान

टुरिन । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाएको खेलमा युभेन्टसले इटालियन सिरी ‘ए’ मा सासुओलोलाई ३–१ ले पराजि गरेको छ । रोनाल्डोले सासुलोविरुद्ध एक...

९ सय ९९ रुपैयाँमै पल्स अक्सिमिटर

काठमाडौं । ई–कमर्स प्लेटफर्म रिचार्जरले कोभिडसँग सम्बन्धित उपकरण तथा सामान सस्तो मूल्यमा उपलब्ध गराउने लक्ष्यकासाथ इसेवासँगको सहकार्यमा जम्मा ९ सय ९९ रुपैयाँमै पल्स अक्सिमिटर...

‘भेरोसेल’को दोस्रो डाेज लगाउने तालिका यस्ताे छ (सूचीसहित)

काठमाडाैं ।  सरकारले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आजदेखि काठमाडौँ जिल्लामा लगाउने शुरुआत गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँ सूचना प्रकाशित गरी...

इटहरीमा दुई दिनमा तीन जनाको मृत्यु

इटहरी । इटहरीमा दुईदिनमा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाको दोस्रो भेरियन्ट आइकन इटहरी उपमहानगरपालिकामा कोरोनाका कारण दश जनाको मृत्यु...

गणपतमा अब टाइगरसँग नोरा

मुम्बई । बलिउड अभिनेता टाइगर श्राफ नयाँ फिल्म गणपतको तयारीमा यसअघि जुटिरहेका थिए । सोही क्रममा मुम्बईमा कोरोनाको दोस्रो लहर सुरु भएपछि यसको काम...

ट्रेन्डिङ

मोडर्नाको कोभिड–१९ को खोप परीक्षण अन्तिम चरणमा

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको बायोटेक कम्पनी मोडर्नाले मानिसमा कोभिड–१९ को खोप (भ्याक्सिन) परीक्षण यसै महिना अन्तिम चरणमा प्रवेश गर्ने जनाएको छ । आगामी जुलाई...

हिमालयलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सलाई भूमिस्थ प्रबन्ध सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न नियामक नेपाल नागरिक...

मस्त निन्द्रामा रहेको बेला अमृतालाई गोली हानिएको थियो

रौतहट । रौतहटमा बुधबार राती फेरी एक युबतीको सुतिरहेको अबस्थामा हत्या भएको छ । जिल्लाको माधवनारायण नगरपालिका वाड नंं ७ लौकाहाकी १७ वर्षीया अमृत...

युट्युबमा चलचित्र साइनो

काठमाडौं । नेपालकी प्रथम अभिनेत्री भुवन थापा चन्दले निर्माण गरेको चलचित्र आफ्नो चलचित्र साइनोलाई युट्युबमा रिलिज गरेकी छन् । बोधी एचडी युट्युब च्यानलबाट उनले...

भारतले भन्यो ‘ओली नेतृत्वको सरकार बनेपछि द्धिपक्षिय साझेदारीमा उल्लेख्य उपलब्धि’

काठमाण्डौं । छिमेकी मुलुक भारतले केपी शर्मा ओली नेतृत्वमा नेकपाको सरकार बनेपछि द्विपक्षीय साझेदारीमा सबैभन्दा उल्लेख्य काम उर्जा क्षेत्रमा भएको बताएको छ । नेपालका लागि...

बाघको आक्रमणबाट रौतहटमा एकको मृत्यु, २ जना घाइते

रौतहट । रौतहटको रंगपुर साझेदारी वन ब्यबस्थापन समितिको वन बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । बाघको...

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

यसरी मनाइयो जुम्लामा खस सँस्कृतिको साउने संक्रान्ति (फोटो फिचर)

जुम्ला । हिजो बिहीबार साउन महिनाको पहिलो दिन थियो । जब साँझ छिप्पिदै गयो, एकाएक घरका छतछतमा आगोका राँका चम्किदै गए । सिधा वारपारका...

कोरोना संक्रमणबाट एकैदिन २२ जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट...

दुम्किवासमा तनाव, मध्यरात १३ सेल अश्रुग्यास प्रहार

कावासोती । ट्र्याक्टर चालकको मृत्युका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा तनाव सिर्जना भएको छ । चालकको मृत्युपछि दुम्किवासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।...

खोजी सिंगो आकाशको

कथाकार शोभा ज्ञवालीले खोजेको एउटा पूर्ण आकाशको कथाचित्र हो, ‘सम्पूर्ण आकाश’ कथा संग्रह । नारी संवेदना, समानता, सहअस्तित्व र सहभागिताको कोणबाट विषय बस्तुलाई मर्मस्पर्शी...

प्रतिनिधिसभा विघटनविरुद्ध स्थानीय तहमा कांग्रेसको प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज शनिबार स्थानीय तहमा प्रदर्शन गर्दैछ । कांग्रेसले ७ सय ५३ वटै स्थानीय तहमा प्रदर्शन गरिरहेको छ । प्रधानमन्त्रीको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)