धनगढी । सुदूरपश्चिम प्रदेशका छ जिल्ला औलों रोगको जोखिममा रहेका छन् । प्रदेशको कैलाली, कञ्चनपुर, अछाम, बैतडी, डडेल्धुरा र डोटी जिल्ला औंलो रोगको जोखिममा रहेको तथ्यांकहरूले देखाएको हो ।
सुदूरपश्चिम प्रदेश प्रादेशिक स्वास्थ्य निर्देशनालय, दिपायलका अनुसार प्रदेशका विभिन्न जिल्लामा चालू आर्थिक वर्ष २०७७÷०७८ मा एक सय ८६ औलोका नया“ बिरामी फेला परेका छन् ।
प्रादेशिक स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा कैलाली जिल्लामा सबैभन्दा बढी औलोका नया“ केस फेला परेका छन् । कैलालीमा चालू आर्थिक वर्षमा ७० जना औलोका बिरामी फेला परेका छन् ।
त्यस्तै, कञ्चनपुर जिल्लामा ३६, अछाम जिल्लामा १४, बैतडी जिल्लामा १२, डडेल्धुरा जिल्लामा नौ र डोटी जिल्लामा औलोका सात जना बिरामी फेला परेको स्वास्थ्य निर्देनालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा स्थानीय भन्दा पनि बाहिरबाट बढी औलोंका बिरामी आएको तथ्यांकले देखाएको छ । प्रदेशमा चालू आर्थिक वर्षमा एक सय १५ जना आयातित औंलोंका बिरामी रहेको जनाइएको छ ।
प्रदेशमा गत आर्थिक वर्ष २०७६/७७ मा तीन सय २० औलोका बिरामी रहेका थिए । तीमध्ये दुई सय ५५ जना बाहिरबाट आएका औंलोका बिरामी रहेका थिए भने ६५ जना स्थानीय औलोका बिरामी रहेका थिए । सुदूरपश्चिम प्रदेशमा कैलालीमा सबैभन्दा बढी आयातित औलोंका बिरामी रहेको स्वास्थ्य निर्देनालयले जनाएको छ ।
प्रदेशमा आर्थिक वर्ष २०७४/७५ मा औलोका बिरामी संख्या पा“च सय ८१ थियो भने अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा यो संख्या घटेर चार सय ५६ रहेको थियो ।
प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका १८ वडा औलोको उच्च जोखिममा रहेका छन् भने ९३ वडामा औलोको जोखिम मध्यम खालको रहेको छ ।
कैलाली स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका औलोंको उच्च जोखिम रहेको स्थानीय तहका रुपमा रहेका छन्् । कैलालीका तीन वटा वडा औंलोको उच्च जोखिममा रहेका छन् भने ४४ वडामा यसको जोखिम मध्यम खालको रहेको जनाइएको छ ।
कैलाली स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले सन् २०२२ भित्र स्थानीय औलोंलाई सून्यमा झार्ने लक्ष्य निर्धारण गरिएको बताए । उनले भने– अहिले कैलाली जिल्लामा स्थानीय औंलोका बिरामी फेला परेका छैनन । आयातित औलोंका बिरामीको संख्या पनि कक हु“दै गएकोे छ ।
कैलालीमा गत आर्थिक वर्ष २०७६/७७ मा एक सय नौ जना औलोका बिरामी रहेकोमा एक सय दुई जना आयातित औलोका बिरामी रहेका थिए ।
माईक्रोस्टाट्रीफीकेसन २०१९ का अनुसार सूदूरपश्चिम प्रदेशका ३० वटा वडाहरूलाई औंलोको उच्च जोखिमका रुपमा राखिएको छ । भने एक सय चार वटा वडाहरूमा मलेरीया (औलो) को जोखिम मध्यम खालको रहेको उल्लेख छ ।
अघिल्लो आर्थिक वर्ष २०७५/७६ वार्षिक रक्त परीक्षण दर तीन दशमलव ३२ प्रतिशत रहेको थियो । भने अघिल्लो आर्थिक वर्ष २०७५÷२०७६ मा यो संख्या एक दशमलव १५ प्रतिशतमा झरेको थियो । तर, प्रदेशका केही पहाडी र हिमाली जिल्लामा यो दर बढे पनि तराइका कैलाली र कन्चनपुर जिल्लामा रक्त परीक्षणको दर घटेको तथ्यांकले देखाएको छ ।
सूदूरपश्चिम प्रदेश विगत आर्थिक वर्षहरूमा वार्षिक परजिवि प्रकोप दरमा कमी आइरहेको छ । आर्थिक वर्ष २०७४/७५ मा वार्षिक परजिवी प्रकोप दर सून्य दशमलव २१ रहेको थियो भने अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा यो संख्या सून्य दशमलव १६ मा झरेको थियो । त्यस्तै, गत आर्थिक वर्ष २०७६/७७ मा यो दर सून्य दशमलव आठ प्रतिशतमा झरेको छ ।
कैलाली स्वास्थ्य कार्यालयका अनुसार औंलों संक्रमण अन्य व्यक्तिमा सर्न नदिन स्वास्थ्य कार्यालयले विभिन्न गतिविधि गरिरहेको छ । स्वास्थ्य कार्यालय प्रमुख धामीले भने– औलोको जोखिम क्षेत्रको पहिचान, संक्रमितको पहिचान तथा परीक्षण, निःशुल्क उपचार, किटनाशक झुल वितरण, विषादी छडकाउ लगायतका गतिविधि स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखाले गर्दै आएका छन् ।
कैलाली स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/७५ मा २० हजार दुई सय ६८ थान कीटनाशक झुल विरतण गरिएको थियो । त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा कैलालीमा ५१ हजार नौ सय ९० वटा किटनाशक झूल वितरण गरिएको थियो । गत आर्थिक वर्ष २०७६/७७ मा २२ हजार तीन सय ३६ थान कीटनाशक झुल वितरण गरिएको थियो ।






