Tuesday, October 27, 2020
Home Breaking News दिनभरको कार्यक्रम सकी प्रधानमन्त्री शिक्षण अस्पतालमा

दिनभरको कार्यक्रम सकी प्रधानमन्त्री शिक्षण अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुने भनिएपछि अपराह्नदेखि नै सञ्चारकर्मी अस्पतालमा पुगेका थिए ।

उहाँ आउने प्रतीक्षामा सञ्चारकर्मी दिनभरि नै अस्पताल परिसरमा रहेका थिए तर प्रधानमन्त्री बालुवाटारमा विभिन्न कार्यक्रममा सहभागी भएर मात्र साँझ ६ः१० मा अस्पताल पुग्नुभयो । उहाँ ढोकाभन्दा पर नै गाडी रोकेर हिँड्दै अस्पताल प्रवेश गर्नुभएको थियो । प्रधानमन्त्रीसँगै उहाँकी पत्नी राधिका शाक्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलसमेत रहनुभएको थियो ।

प्रधानमन्त्री ओलीको बुधबार पुनः मिर्गौला प्रत्यारोपण गरिँदै छ । मिर्गौला दिने व्यक्तिको नाम औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । दाताको सबै परीक्षण भने गरिसकिएको छ । नेकपाका अध्यक्ष ओलीको २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

“त्यतिबेला नेपालमा मिर्गौला प्रत्यारोपणको सेवा नभएकाले भारतमा गरिएको थियो”, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भन्नुभयो, “तर अहिले नेपालमा नै मिर्गौला प्रत्यारोपणको सेवा उपलब्ध रहेको छ । नेपालकै अनुभवी चिकित्सक, विशेषज्ञ र अस्पताल रहेका छन् । मुलुकले हासिल गरेको यो सामथ्र्यमा गौरव गर्दै प्रधानमन्त्रीले स्वदेशमै मिर्गौला प्रत्यारोपण गर्ने निर्णय लिनुभएको हो ।”

गत कात्तिकयता मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्रीले नियमित डायलोसिस गराउँदै आउनुभएको छ । चिकित्सकको सल्लाहमा नै उहाँ अहिले पुनः मिर्गौला प्रत्यारोपण गर्दै हुनुहुन्छ । प्रेस सल्लाहका थापाले प्रधानमन्त्रीको स्वास्थ्यवस्थाबारे समयसमयमा जानकारी गराइने र अस्पतालले पनि बुलेटिनमार्फत जानकारी दिने बताउनुभयो ।

शिक्षण अस्पताल, प्रत्यारोपण विभागका प्रमुख प्रा डा प्रेमराज ज्ञवालीको नेतृत्वमा टोली तयारी अवस्थामा छ । प्रा डा ज्ञवालीसँगै अस्पतालका युरोलोजी विभागका प्रमुख डा उत्तम शर्मा, डा पवन चालिसे, प्र्रा डा दिव्यासिंह शाहलगायत चिकित्सकको सहभागिता रहनेछ । प्रत्यारोपण टोलीलाई सघाउन भारतबाट पनि विशेषज्ञ चिकित्सक नेपाल आएका छन् । डा ज्ञवालीले प्रत्यारोपणपूर्व उहाँको रगत, दिसा पिसाबलगायत जाँच हुने बताउनुभयो । “प्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई आजदेखि प्रत्यारोपणको पूर्वतयारीमा राखिनेछ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीको मुटुको एन्जियोग्राफी गर्दा भने मुटुमा कुनै समस्या नदेखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरका मुटु रोग विभाग प्रमुख प्रा डा अरुण सायमीले जानकारी दिनुभयो । “प्रधानमन्त्रीको एन्जिओग्राफी गरियो, प्रधानमन्त्री प्रत्यारोपणका लागि तयारी अवस्थामा हुनुहुन्छ”, उहाँले भन्नुभयो, “प्रत्यारोपणका लागि प्रधानमन्त्रीको शारीरिक अवस्था अत्यन्त ठीक छ, त्यही भएर आज भर्ना हुनुभएको हो ।”

प्रधानमन्त्री ओलीले आफ्नो मिर्गौला प्रत्यारोपणका लागि अस्पताल जानुपूर्व आज भिडिओ सन्देश दिनुभएको थियो । अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओली आज दिनभर आफ्नो निवास बालुवाटारमा विभिन्न कार्यक्रममा व्यस्त हुुनुहुन्थ्यो । प्रधानमन्त्री अध्यक्ष रहेको राष्ट्रिय योजना आयोगको आजै बसेको पूर्ण बैठकले १५ औँ योजनाको आधारपत्रलाई स्वीकृत गरेको थियो ।

यो पनि पढ्नुहोस   त्यसपछि हस्तनाको घरमा दसैं आयो

तयारी पूरा

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको सम्पूर्ण तयारी पूरा भएको अस्पतालले जनाएको छ । उहाँका लागि आवश्यक मिर्गौला दिने व्यक्ति पनि आजै अस्पताल भर्ना भइसक्नुभएको छ । आजै साँझदेखि नै प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण हुने छ । शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले भन्नुभयो, “कुनै पनि ‘अप्रेशन’ गर्नका लागि केही तयारी गर्नुपर्छ, त्यही तयारीका लागि प्रधानमन्त्रीलाई आजै अस्पताल भर्ना गरिएको हो ।” प्रधानमन्त्री ओली शिक्षण अस्पतालको अतिविशिष्ट व्यक्तिका लागि छुट्टयाइएको ‘डिलक्स’ कक्षमा भर्ना हुनुभएको छ । उहाँ ६०१ नं शय्यामा भर्ना हुनुभएको छ । प्रधानमन्त्रीले स्वदेशमै मिर्गौलाको प्रत्यारोपण गर्ने निर्णय लिएपछि यसलाई शिक्षण अस्पताल चिकित्सकले अवसरका रुपमा लिएका छन् । “हामीले अवसरका रुपमा लिएका छौँ”, उहाँले भन्नुभयो, “शिक्षण अस्पतालप्रति सबैको विश्वास थियो, यो झन् बढेर गएको छ ।”

छ दिनमा घर पठाउँछौँः कार्यकारी निर्देशक

मिर्गौला प्रत्यारोपण गरेका बिरामी सामान्यतयाः छ दिनमा घर फर्कन सक्नेछन् । कार्यकारी निर्देशक खड्गाले प्रत्यारोपण सम्पन्न भएको छ दिनमा प्रधानमन्त्रीलाई घर पठाइने बताउनुभयो । “अहिलेसम्मको हाम्रो अनुभवले त्यही बताउँछ”, उहाँले भन्नुभयो, “हाम्रो लक्ष्य पनि त्यही छ, प्रत्यारोपण भएको छ दिनमा ‘डिस्चार्ज’ गर्छौँ, हाम्रो ‘रुटिन’ त्यही हो, कुनै पनि बिरामीलाई पाँचदेखि छ दिनमा घर पठाउँछौँ ।” शिक्षण अस्पतालमा साताको एक दिन बुधबार मिर्गौला प्रत्यारोण हुँदै आएको छ । एक जनामा मिर्गौला प्रत्यारोपण गर्न तीनदेखि चार घण्टा लाग्ने उहाँले बताउनुभयो ।

सातामा दुई वटा मिर्गौला प्रत्यारोपण हुँदै आएको कार्यकारी निर्देशक खड्गाले जानकारी दिनुभयो । सेवा शुभारम्भ गरिएको एक दशकका अवधिमा शिक्षण अस्पतालमा हालसम्म करीब ८०० जनामा मिर्गौलाको सफल प्रत्यारोपण भइसकेको उहाँले जानकारी दिनुभयो । शिक्षण अस्पतालमा २०६५ साउनमा पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो ।

सर्वसाधारणबाट प्रशंसा

स्वदेशमै मिर्गौलाको प्रत्यारोपण गर्ने देशका कार्यकारी प्रमुखको निर्णयको जनस्तरमै तारिफ भएको छ ।

सानोभन्दा सानो स्वास्थ्य समस्याको उपचारका लागि विदेश जाने परम्परा त्यागेर स्वदेशमै उपचार गर्ने प्रधानमन्त्रीको निर्णय धेरै राम्रो भएको सर्वसाधारणको प्रतिक्रिया छ । शिक्षण अस्पताल परिसरमा भेटिइनुभएका धापासीका दीपक शर्माले प्रधानमन्त्रीले स्वदेशमै मिर्गौला प्रत्यारोपण गर्ने निर्णय लिएर निकै राम्रो सन्देश दिनुभएको बताउनुभयो । “प्रधानमन्त्रीको निर्णय मलाई निकै राम्रो लागेको छ”, उहाँले भन्नुभयो, “शिक्षण अस्पतालमा धेरै राम्रो सेवा छ, अन्य नेताले पनि यहीँ उपचार गराए हुन्छ ।” प्रधामन्त्रीसँगै त्रिवि शिक्षण अस्पतालमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलगायत उहाँको सचिवालयका सदस्य पनि पुग्नुभएको थियो । शिक्षण अस्पतालमा प्रधानमन्त्रीका शुभेच्छुकको पनि बाक्लो उपस्थिति थियो ।

(Visited 132 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोलकतालाई पञ्जावको धक्का

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जाव विजयी भयो । पञ्जावसँग कोलकता नाइट राइडरलाई ८ विकेटले पराजित मात्र...

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

बसन्तको ‘डाँफे चरी’मा पल र रियासाको प्रेम

कात्तिक । गायक बसन्त लम्सालको नयाँ गीत ‘डाँफे चरी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा बसन्त सँगै शान्ति श्रीसार्वज परियारको स्वर रहेको छ ।...

बिहेबाट फर्किएका बिककाे अपरिचित व्यक्तिले खुट्टा काटिदिए

तुलसीपुर । गएराति अज्ञात समूहले खुट्टा काटिदिएपछि एक व्यक्ति गम्भिर घाईते भएका छन् । घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निबासी ४५ बर्षका कुमार...

साताका लोकप्रिय समाचार

‘यस पल्टको दशैंमा कोरोनाको बली’ (सप्तरीको फोटोफिचर)

राजविराज । दशैंको बेला यहाँका शक्तिपीठहरुको रौनक बेग्लै हुन्थ्यो । धार्मिक, साँस्कृतिक र एतिहासिक महत्व बोकेको जिल्लास्थित छिन्नमस्ता, कंकालिनी, राजदेवी र भगवती लगायत आधा...

पीसीआर परीक्षण नै नहुने इटहरीमा कसरी थपिन्छन् संक्रमित !

इटहरी । गएको असोज २७ गते इटहरी उपमहानगरपालिकाले एक सूचना जारी गर्दै २८ गतेदेखि पीसीआर परीक्षण नहुने जानकारी गरायो । स्वाब संकलनका लागि किट अभाव...

परिश्रमीको मनपरेको मायाले…सार्वजनिक

काठमाडौं । डिलाइटेड नेपालले बडादशै २०७७ को कोशेली स्वरुप ‘मनपरेको मायाले’ नामक गीतको म्युजिक भिडियो बजारमा ल्याएको छ । पछिल्लो समय चर्चामा रहेकी लोकप्रिय...

मर्यादपुरमा प्रतिगामी षड्यन्त्र, नागरिकद्वारा प्रतिकार

गौर। मौलापुर नगरपालिकाको मर्यादपुरमा आयोजित शुभकामना आदानप्रदान प्रदान तथा जनचेतना कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । सोमबार नेकपा नेता तथा सांसद प्रभु साहद्वारा आयोजित...

परिस्थितिको बाध्यता अनुरुप चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन अपिल गर्नुभएको छ । बडादशैँका अवसरमा आज शुभकामना...

ट्रेन्डिङ

ज्ञानबिनाको दिशाविहीन डिग्री

गरिबी कम गर्ने एउटा प्रमुख औजारका शिक्षा हो । तर, नेपालमा शिक्षा नै विकासको बाधक बनेर बसेको छ । संस्कारयुक्त नभएको शिक्षा प्रणालीले कतै...

शसस्त्र प्रहरीद्धारा पाँच लाख नगद सहित, हुण्डी कारोवारी पक्राउ

सर्लाही । सर्लाहीमा शसस्त्र प्रहरीले पाँच लाख नगद सहित एक हुण्डी कारोवारीलाई पक्राउ गरेको छ । मलंगवा...

कोरोना विशेष अस्पतालबाट निको भएर फर्किए दश संक्रमित

बुटवल ।  बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराएका दश जना कोरोना संक्रमित आज निको भएर घर फर्किएका छन् । दुई हप्ता अगाडि कोरोना संक्रमण...

कोरोना अपडेटः विश्वभर २ लाख ८७ हजारको मृत्यु

जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४२ लाख ६९ हजार नाघेको छ । जोन्स...

पारस फिनिक्स कलेजको ब्रान्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले फिनिक्स कलेज अफ म्यानेजमेन्टको ‘ब्रान्ड एम्बासडर’ नियुक्त भएसँगै सोही कलेजबाट मास्टर्स इन बिजिनेस एड्मिनिस्ट्रेसन (एमबीए)...

तीन राप्रपाबीच एकता सहमति, तीनै जना अध्यक्ष, डेढ वर्षपछि महाधिवेशन

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर राणा तथा डा. प्रकाशचन्द्र लोहनी संयुक्त अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पाटी (संयुक्त) बीच...

सरकार पुनर्गठनको आन्तरिक तयारीमा ओली र दाहाल

काठमाडौं । दसैंअघि नै सरकार पुर्नगठन तयारीमा रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच...

यस्ता छन् मन्त्रीका दाबेदार

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी सुरु भएसँगै मन्त्री बन्न दौडधूप सुरु भएको छ । प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल मन्त्रिपरिषद् पुनर्गठनको आन्तरिक तयारीमा...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

त्यसपछि हस्तनाको घरमा दसैं आयो

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विक दसैं कसरी मान्ने होला भनेर चिन्तामा थिइन् । केही दिन अगाडी ६ सन्तानकी एक्ली आमा...

दशैँको मुख्य दिन विजयादशमी, उत्तम साइत १०ः१९ बजे

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।...

भर्खरै

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

कोलकतालाई पञ्जावको धक्का

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जाव विजयी भयो । पञ्जावसँग कोलकता नाइट राइडरलाई ८ विकेटले पराजित मात्र...

बसन्तको ‘डाँफे चरी’मा पल र रियासाको प्रेम

कात्तिक । गायक बसन्त लम्सालको नयाँ गीत ‘डाँफे चरी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा बसन्त सँगै शान्ति श्रीसार्वज परियारको स्वर रहेको छ ।...

मर्यादपुरमा प्रतिगामी षड्यन्त्र, नागरिकद्वारा प्रतिकार

गौर। मौलापुर नगरपालिकाको मर्यादपुरमा आयोजित शुभकामना आदानप्रदान प्रदान तथा जनचेतना कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । सोमबार नेकपा नेता तथा सांसद प्रभु साहद्वारा आयोजित...

धेरै पढिएका

७ सय ७९ सदस्यीय जसपाको केन्द्रीय समिति घोषणा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराई नियुक्त भएका छन् । जसपा कार्यकारिणी समितिको मंगलबार सम्पन्न दुई दिने बैठकले...

दसैं आयो, बृद्ध र एकल महिलाको भत्ता आएन

सङ्खुवासभा । सामाजिक सुरक्षा भत्ताको आशमा रहेका खाँदबारी नगरपालिकाका बृद्ध बृद्धाको यो सालको दसैँ खल्लो भएका छ । कोरोना भाइरस संक्रमण तथा बढ्दो महंगी...

सामाजिक दूरी कायम गरी दशैँ मनाउन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बद्र्वन गर्न आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बडादशैँ, २०७७...

कोलकतालाई पञ्जावको धक्का

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जाव विजयी भयो । पञ्जावसँग कोलकता नाइट राइडरलाई ८ विकेटले पराजित मात्र...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

(Visited 85 times, 1 visits today)