धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा रहेका २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
मंगलबार ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुस्टि भएको कैलाली प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भरत चौधरीले बताए । कोरोना पुस्टि भएपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालयकै आइशोलेसनमा राखिने प्रहरी नायव उपरीक्षक चौधरीले बताए ।
‘संक्रमण देखिएकाहरु सबैको अवस्था सामान्य छ’ उनले भने, ‘हामीले अब प्रहरी कार्यालयमा आउनेहरुमाथि पनि कडाइका साथ निगरानी गरिरहेका छौं । यस्तै कार्यालयमा कार्यरत प्रहरी कर्मचारीको पनि परीक्षण गर्ने तयारी छ ।’
तपाइको प्रतिक्रिया
(Visited 229 times, 1 visits today)