अक्सिजनसहितको आइशोलेसन तयार गर्दै बर्दियाका पालिका

बर्दिया । पछिल्लो समयमा बर्दियामा पनि नयाँ प्रजातीको कोरोनाको महामारी फैलदै गएको छ । कोरोनाको महामारी तिब्र गतिमा बढ्दै गएपछि स्थानियबासी त्रसीत भएका छन् । सामान्य लक्षणसँगै अक्सिजन लिनु पर्ने बिरामी पनि बढ्दै गएका छन् । अक्सिजन दिनु पर्ने बिरामी बढ्दै गएपछि जिल्लाका विभिन्न पालिकाहरुले अक्सिजनसहितको आइशोलेसन कक्ष पनि तयार गरी सेवा दिन थालेका छन् ।

स्वास्थ्य कार्यालय बर्दियाका अनुसार बारबर्दिया नगरपालिकाले आफनो नगरमा अक्सिजनसहितको २० वटा आइशोलेसन कक्ष निर्माण गरी सेवा दिन दिन थालेको छ । गेरुवा गाउँपालिकाले १० वटा अक्सिजनसहितको आइशोलेसन तयार गरेको छ । यसैगरी मधुवन नगरपालिकाले अक्सिजनसहितको आइशोलेसन कक्ष तयार गरेको जनाएको छ । मधुवनमा हाल ५ वटा वेड अक्सिजनसहितका छन् । अरु वेड थप्दै जाने पालिकाले जनाएको छ ।

स्वास्थ्य कार्यालय बर्दियाका अनुसार राजापुर नगरपालिकाले २० वेडको आइशोलेसन कक्ष तयार पारेको छ । जसमा ७ वेड अक्सिजनसहितका छन् । बासगढी नगरपालिका पनि ७ वडा वेड अक्सिजनसहितका छन् । ठाकुरबाबा नगरपालिकामा हाल ५ वेड अक्सिजनसहितको आइशोलेसन तयार गरिएको छ । भने केही दिन भित्रै २० वटा अक्सिजनसहितको वेड तयार गरिने स्वास्थ्य शाखाका प्रमुख इन्द्र राजवंशीले जनाकारी दिए । बढैयाताल गाउँपालिकाले अक्सिजनसहितको आइशोलेसन कक्ष निर्माण कार्य अन्तिम चरणमा रहेको जनाएको छ । जिल्ला अस्पतालमा छुट्टै कोरोना वार्ड नहुँदा विरामी मर्कामा परेका छन् । अस्पतालमा आएका कोरोनाका विरामीहरु पालिकाहरुले तयार पारेको आइशोलेसन कक्षमा जान बाध्य भएका छन् । जिल्ला अस्पतालमा जनशक्ति र स्थान अभाव भएको बताइएको छ ।

जिल्लाका हरेका पालिकाहरुमा एन्टिजेन्ट विधीद्धारा कोरोना जाँच गर्ने गरिएको छ । विशेष अवस्थाका विरामीको स्वाब पिसीआर जाँचका लागि नेपालगंजमा पठाइने गरिएको छ । दोस्रो चरणको कोरोना महामारी फैलिएयता हालसम्म साढे ५ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए । दोस्रो चरणको कोरोना महामारी फैलिएयता ८ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

जिल्लामा कोरोना संक्रमण फैलन थालेपछि प्रशासनले बैशाख १३ गतेदेखि २० गतेसम्म निषेधाज्ञा जारी गरेको छ । स्वास्थ्य कार्यालयले कोरोनाका सामान्य विरामीलाई घरमै बस्न आग्रह गरेको छ । अक्सिजन दिनु पर्ने विरामीलाई स्वास्थ्य कार्यालयमा समन्वय विभिन्न पालिकाले तयार गरेको आइशोलेसनमा जान र भेन्टिलेटरको आवश्यक भएका विरामीलाई जिल्लाको समन्वयमा अस्पताल जान अनुरोध गरेको छ । कोरोना संक्रमण फैलन नदिन निषेधाज्ञाको पालना गरी घरमै सुरक्षित भएर बस्न प्रशासनले अनुरोध गरेको छ ।

भारतसँगको खुला सीमानाका कारण जिल्लामा कोरोना संक्रमणको अवस्था भयावह हुने अनुमान गरिएको छ । भारतसँग सिमा जोडिएका मुख्य नाकामा हेल्पडेस्क राखिए पनि चोरी बाटो हुँदै नेपाल भित्रने क्रम रोकिएको छैन ।

तस्विर : बारबर्दिया नगरपालिकामा तयार पारिएको अक्सिजनसहितको आइशोलेसन कक्ष

तपाइको प्रतिक्रिया
(Visited 257 times, 1 visits today)

epaper

ताजा समाचार

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजद्वारा प्रधानमन्त्री राहत कोषमा ३ करोड सहयोग