अखिल क्रान्तिकारीले संगठन सम्बन्धि दुई महिने अभियान स्थगित गर्यो

 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकटको अनेरास्ववियू (क्रान्तिकारी) ले संगठन सम्बन्धि दुई महिने अभियान स्थगित गरेको छ । कोरोना महामारीले सिर्जित परिस्थितिका कारण अनेरास्ववियू (क्रान्तिकारी) ले आफ्नो दुई महिने अभियान एक हप्ताका लागि स्थगित गर्ने निर्णय गरेको हो । संगठनका अध्यक्ष रञ्जीत तामाङ्गले आज एक विज्ञप्ति जारी गर्दै अभियान स्थगित भएको जनाएका छन् ।

अखिल (क्रान्तिकारी) को गत १४ चैत्रमा सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले अगामी सम्मेलन सहित संगठन सुदृढीकरण सम्बन्धी विभिन्न निर्णय गरेको थियो । केन्द्रीय समितिको विस्तारित बैठकले अखिल क्रान्तिकारीको केन्द्रीय समितिको संख्या दुई सय २८ कायम गर्दै जिल्लाहरुको संयोजक र इञ्चार्जहरु पनि तोकेको थियो ।

बैठकले संगठन विस्तार तथा सुदृढीकरण अभियान सन्चालनका लागि संयोजक समेत तोकेको थियो । प्रदेश नं. १ मा तिलकराज भण्डारी, राजकुमार याक्सो र मदन भट्टराई, प्रदेश नं. २. मा दीपक देवकोटा, गजेन्द्र देव र सूर्यनारायण शाह, बागमती प्रदेशमा उत्तम अधिकारी, जीपी मैनाली र पवन कार्कीलाई जिम्मेवारी दिइएको छ ।

यसैगरी गण्डकी प्रदेशमा सुरेन्द्र बस्नेत, आशा तमु र क्षितिज सापकोटा, लुम्विनी प्रदेशमा इन्द्र भुसाल, मिलन एम.सी. र नारायण खनाल, कर्णाली प्रदेशमा दिपेश पुन र अमरजङ शाही तथा सुदूरपश्चिम प्रदेशमा विजय गौतम, लक्ष्मी जोशी र मदन भुललाई जिम्मेवारी तोकिएको थियो । विश्वविद्यालय विशेष प्रदेशमा पञ्चा सिंह, तुकमान महरा र अच्युत भट्टलाई अभियान सञ्चालन गर्ने जिम्मेवारी दिइएको थियो । जिम्मेवारी पाएका अधिकांश नेताले प्रदेश स्तरिय भेला तथा बैठक सम्पन्न गरिसकेको प्रवक्ता जीपी मैनालीले बताए ।

अभियान अन्तर्गत २० वैशाखसम्म प्रदेशस्तरीय प्रशिक्षण, भेला तथा बैठक गर्ने कार्ययोजना बनाइएको भएता पनि एक हप्ताका लागि सबै स्थगित भएका छन् । प्रवक्ता मैनालीका अनुसार वैशाख मसान्तसम्म जिल्लाका प्रशिक्षण तथा बैठक र इकाइ गठन, पुनर्गठन तथा भेला सम्मेलन सम्पन्न गर्ने, १ जेठमा विद्यार्थी दिवसको अवसर पारेर सात वटै प्रदेशमा जनपरिचालन सहित विद्यार्थी प्रदर्शन सभा गर्ने अखिल क्रान्तिकारीको तयारी थियो । यस्तै १५ जेठसम्म स्थानीय निकाय कमिटीहरुको सम्मेलन सम्पन्न गर्ने र क्याम्पस कमिटीहरुको भेला/सम्मेलन सम्पन्न गर्ने कार्ययोजना पनि प्रभावित भएको छ ।

विज्ञप्तिमा अध्यक्ष तामाङ्गले सबै नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गर्न अपिल गरेका छन् । क्रान्तिकारीले सबै विश्वविद्यालयलाई बैकल्पिक विधिबाट परिक्षा सञ्चालन गर्न अपिल पनि गरेको छ । संगठनले संकटमा परेका विद्यार्थी, मजदुर तथा नागरिकलाई उचित राहतको व्यवस्थापन गर्न पनि सरकारको ध्यानाकर्षण गरेको छ । ‘बढ्दो संक्रमणका कारण उपचार अभावका घटनाहरु बढिरहेको छ । अस्पतालहरूमा आवस्यक सामग्री अभाव भएका छन् । स्वास्थ्य कर्मीहरुलाई आवश्यक सुरक्षा सामग्रीको अभाव जस्ता घटनाहरुले महामारी अझ भयाभह बन्नसक्ने संकेतहरु देखिदा पनि राज्य बाँसुरी बजाएर बस्नु निन्दनीय छ ।

यसर्थ कोरोनाका कारण गरिएको निशेधाज्ञाका कारण स्थगित पढाई, परिक्षाहरुलाई अनलाईन र भर्चुअल बिधि मार्फत गर्ने व्यवस्था मिलाउन, निशेधाज्ञा अवधिको शिक्षण शुल्क राज्यले बहन गर्न, विद्यार्थी एवम आम जनतालाई स्वास्थ्य बिमाको व्यवस्था मिलाउन, पर्याप्त खोपको ब्यवस्था मिलाई सबैलाई उपलब्ध गराउन, कोरोना संक्रमण रोक्न प्रभावकारी योजना बनाउन सरकारलाई बिशेष ध्यानाकर्षण गराउदछौं’ बिज्ञप्तीमा भनिएको छ, ‘संक्रमितको निःशुल्क उपचारको प्रबन्ध गर्न तथा मृतकको परिवारलाई आवश्यक स्वास्थ्य सुरक्षा साथै राहत उपलब्ध गराउन सरकार संग बिशेष माग गर्दछौं । श्रमिक, मजदुर, किसान, दैनिक ज्यालादारीबाट जीविका चलाउने करोडौँ श्रमजीवी जनतालाई यो महामारीले हात मुख जोड्ने समस्या भएका जनतालाई राहत बितरण गर्न माग गर्दछौं ।’

तपाइको प्रतिक्रिया
(Visited 236 times, 1 visits today)

epaper

ताजा समाचार

रोलिङसँग फिदिम ३–० ले स्तब्ध