Tuesday, June 22, 2021
Home भर्खरै फुट सँघारमा जसपा

फुट सँघारमा जसपा

सुभाष साह,

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुट सँघारमा पुगेको छ । दुई ध्रवमा विभाजित जसपा नेता एकअर्काको निर्णय मान्न तयार नहुँदा पार्टी फुटनजिक पुगेको हो ।

हालै लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेपछि ‘प्रदेशमा मन्त्री भएकालाई कारबाही गरिएको’ जसपाले जनाएको छ । तर, पुनः अर्को पत्रमा ‘कसैलाई पनि कारबाही नगरिएको’ उल्लेख छ ।

जसपा अध्यक्ष महन्थ ठाकुरले बिहीबार पत्रमार्फत ‘कोही कसैलाई कारबाही नगरिएको’ जनाएका छन् । तर, जसपा अर्का अध्यक्ष उपेन्द्र यादव समूहले ‘पार्टी निर्णय नै नभई लुम्बिनी प्रदेश सरकारलाई समर्थन गर्दै सरकारमा सहभागी भएपछि चार सांसदलाई कारबाही गरिएको’ उल्लेख गरेको छ ।

लुम्बिनी प्रदेश सभा सचिवालयले निकालेको सूचनाअनुसार सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेको पद गुमेको छ ।

राजनीतिक दलसम्बन्त्री ऐन २०६३ को दफा ३४ बमोजिम जसपाले चार सांसदलाई कारबाही गरेको पत्र लुम्बिनी प्रदेश सभा सचिवालयमा पुगेको थियो । पत्रमा जसपाले पार्टी सदस्यता नै नरहनेगरी कारबाही गरेको उल्लेख भएको सचिवालयले निकालेको सूचनामा भनिएको छ ।

यद्यपि, जसपा अध्यक्ष ठाकुरले लुम्बिनी प्रदेशका चार सांसदलाई पदमुक्त गर्ने निर्णय पार्टीले नगरेको जनाएका छन् । लुम्बिनी प्रदेश सभामुखलाई पत्र लेख्दै ठाकुरले पार्टी केन्द्रीय कार्यकारिणी समितिबाट सांसदलाई पदमुक्त गर्ने निर्णय नभएको उल्लेख गरेका हुन् ।

‘लुम्बिनी प्रदेशमा पूर्वराजपा नेपाल र पूर्वसपाका प्रदेश समिति समायोजन हुन नसकी जसपा नेपालको प्रदेश समिति गठन हुन बाँकी नै रहेको’ पत्रमा उल्लेख छ ।

‘तर प्रदेश सभामा दुवै संसदीय दलको समायोजन भई जसपा नेपालको ६ सदस्यीय संसदीय दल गठन भई कार्यरत रहेकाले यसैलाई स्वायत्तता दिई प्रदेशसभा सम्बन्धी सम्पूर्ण कार्य लोकतान्त्रिक प्रक्रियाबाट गर्न गराउन निर्देशन पठाइसकेको’ भन्दै ठाकुरले पठाएको पत्रमा भनिएको छ, ‘त्यसैलाई मान्यता दिइने बेहोरा जानकारी गराइन्छ, साथै केन्द्रीयस्तरबाट लुम्बिनी प्रदेश सभा सदस्यलाई कुनै कारबाही नभएको व्यहोरासमेत अनुरोध छ ।’

स्रोतका अनुसार शीर्षनेता नै दुई ध्रवमा विभाजित भएपछि पार्टी फुटनजिक पुगेको छ । यसबीच कुनै सहमति नभए पार्टी स्पष्ट रूपमा फुट्ने निश्चित भएको जसपा एक नेताले बताए । लुम्बिनी प्रदेशको ‘भाडभैलो’देखि ‘संघीय सरकारमा सहभागी हुने कि नहुने ?’ भन्ने विषयमा समेत पार्टीभित्र विवाद छ ।

‘लुम्बिनीमा मात्रै नभई संघीय सरकारमा सहभागी हुने कि नहुने ?’ भन्ने विषयमा समेत पार्टीभित्र मतभेद छ,’ स्रोतले भन्यो, ‘यी घटना हेर्दा पार्टीभित्र कुनै सहमति नभए फुटने निश्चित भइसकेको छ । व्यवहारिक रूपमा पार्टी फुटिसक्योभन्दा पनि हुन्छ । कानुनी रूपमा फुट्न बाँकी नै छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाले उठाउँदै आएको विभिन्न मागमध्ये मुद्दा फिर्ता पूरा गरेका छन् । बाँकी मुद्दा फिर्ताका माग केही पूरा गर्ने प्रक्रियामा रहेको छ । ती फिर्तापछि जसपा अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो समूहले सरकारमा सहभागी हुने वातावरण बन्दै गएको प्रक्रिया सार्वजनिक रूपमा दिइरहेका छन् ।

तर, अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई समूह ‘पार्टी कुनै पनि हालतमा सरकारमा सहभागी नहुने’ अडानमा छन् । यादवनिकट रहेका जसपा कार्यकारिणी सदस्य रामसहाय यादवले प्रतिगामी सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएर हटाउनुपर्ने बताए ।

‘ओली सरकारले नै मुद्दा लगाउने काम ग-यो विगतमा, अहिले फिर्ता लिइरहेको छ । हाम्रा धेरै माग अहिले सम्बोधन नै नभई सरकारमा जाने कुरा गरे भ्रम फैलाउन खोजिएको छ,’ यादवले भने, ‘संसद् विघटन गरेको सरकारविरुद्ध हामी आन्दोलन गर्ने विकल्प दिन्छौं ।’

अर्कातर्फ महतोनजिकका जसपा कार्यकारिणी समिति सदस्य मनीष सुमनले सरकारले पार्टीले उठाउँदै आएको माग सम्बोधन गरिरहेकाले सरकारमा जाने वातावरण बनिरहेको बताए ।

‘हाम्रा केही माग सम्बोधन भएको छ । अझै धेरै माग सम्बोधन गर्न बाँकी छ । तर, मुद्दा फिर्ताले सरकारमा जाने वातावरण बन्दै गइरहेको छ,’ सुमनले भने, ‘हामी अहिले नै सरकारमा जादैनौं । पार्टीले निर्णय गरेपछि सोहीअनुसार हुन्छ । सरकार अहिलेको अवस्थामा बहुमतमै छ । माओवादीले दिएको समर्थन अझै फिर्ता लिएको छैन । अरूले अविश्वास प्रस्ताव पनि ल्याएको छैन । यस्तो अवस्थामा सरकारलाई हाम्रो आवश्यकता छैन ।’

संविधान संशोधन, जेलमा रहेका सांसद रेशम चौधरीको रिहाई, मुद्दा फिर्ता, नागरिकतालगायत माग जसपाले विगतदेखि उठाउँदै आएको छ । यही विषयमा पटकपटक सहमति गर्दै विभिन्न घटक सरकारलाई समर्थन दिनुका साथै सरकारमै सहभागी हुदै आएका थिए ।

सत्ता समीकरणको विषयलाई लिएर दुई धु्रवमा विभाजित जसपा नेता भट्टराई, यादव र राई समूह ‘ओली नेतृत्वको सरकारस“ग कुनै पनि हालतमा सहकार्य नगर्ने’ पक्षमा छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)स“ग मिलेर वैकल्पिक सरकार गठन गर्नुपर्ने पक्षमा यो समूह रहेको छ । तर, ठाकुर र महतो समूह मधेस मुद्दा ओली सरकारले सम्बोधन गरिरहेकाले यही सरकारलाई समर्थन गर्नुपर्ने अडानमा छ ।

ओली सरकारलाई नै समर्थन गरेर सरकारमा सहभागी हुनुपर्ने ठाकुर र महतो समूहको अडानका कारण डा. भट्टराई, यादव र राई समूहको माग अस्वीकृत हँुदै आएको छ । यद्यपि, कार्यकारिणी समिति बैठक बस्नुपर्ने माग उठेपछि अहिले कोरोना महामारीका कारण बस्न सकेको छैन ।

(Visited 200 times, 1 visits today)
Loading comments...

आजको समाचार

कविता : मुस्कान हराएको छ

आशु झर्छ,मुटु दुख्छ देशको यस्तो मुहार हेर्दा काने भाछ सरकार उता चिन्ता यता गुहार हेर्दा भुकम्पको यादले नछोड्दै कोरोनाको कहर आयो बाढी,पहिरो,डढेलो सबै दुखै दुःखको लहर आयो जनताको...

४५२२ जनामा काेराेना संक्रमण पुष्टि, ४१ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा ४ हजार ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा ३...

संशोधित राजस्वको लक्ष्य भेटाउन सरकारलाई गाह्रो

काठमाडौं । सरकारले सोमबारसम्ममा वार्षिक राजस्व लक्ष्यको ८१ दशमलव ०८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष सिद्धिन २४ दिन मात्र...

डेम्बेलेले युरो गुमाउने

पेरिस । फ्रान्सेली फरवार्ड औसमाने डेम्बेले युरोकपको बाँकी खेल गुमाउने भएका छन् । शनिबार राति हंगेरीसँग १–१ गोलको बराबरी खेल्दा डेम्बेलेले चोट बोकेका थिए...

साताका लोकप्रिय समाचार

योगको उद्गमस्थल नेपालनै हाे, यसलाई सरकारले विश्वव्यापी बनाउने छ : प्रधानमन्त्री

  काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र साधनालाई प्रश्रय दिनुपर्ने बताएका छन्...

छोरीको प्रेमीलाई फसाउन घरमा पेस्तोल राखेका थिए चौधरीले

  उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले अमेरिकन पेस्तोल र त्यसका लाग्ने गोली म्यागजीन सहित बिहीवार एक जनालाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका–...

अर्जेन्टिनासँग पाराग्वे पराजित

लन्डन । कोपा अमेरिका अन्तरगत मंगलबार विहान २ वटा खेल सम्पन्न भएका छन् । दोस्रो खेलमा अर्जेन्टिनाले पाराग्वेलाइ १–० गोल अन्तरले हराएको छ ।...

रोनाल्डोलाई रोक्न सक्ला जर्मनीले ?

लन्डन । यूरो कपअन्तर्गत आज तीन खेल हुँदैछ । समूह ‘एफ’ यो दोस्रो चरणको खेल हो । आज साँझ ६:४५ मा पहिलो खेल हंगेरी...

ट्रेन्डिङ

धादिङमा राष्ट्रिय गौशाला निर्माणको लागि ज्ञान महायज्ञ हुने

काठमाडौं । ब्रम्हाण समाज निलकण्ठ नगर कार्यसमिति, धादिङले धादिङमा राष्ट्रिय गौशला निर्माणको लागि यही चैत्र ३ देखि चैत्र १० गतेसम्म धादिङ, निलकण्ठ नगरपालिका...

अब पिसिआर रिपोर्ट सम्बन्धित व्यक्तिलाई दिन पाउने

काठमाडौँ । सबै प्रयोगशालाले अब पिसिआर परीक्षणको रिपोर्ट सम्बधित व्यक्तिलाई दिन पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसिआर...

संकटका बीच खुसी साट्न आयो दसैं

ललितपुर । कोरोना भाइरसको महामारीका बीच नेपालीको महान् पर्व बडादसैं आज (शनिबार)बाट सुरु भएको छ । संकटका बीच पनि नेपालीहरू दसैंको आगमनसँगै खुसी साट्ने...

बायर्न सुपर कप च्याम्पियन

बुडापेस्ट । युरोपेली च्याम्पियन जर्मन महारथी बायर्न म्युनिख यूईएफए सुपर कप च्याम्पियन बनेको छ । सिजनको पहिलो उपाधि जित्ने क्रममा बायर्नले युरोपा लिग च्याम्पियन...

खोप वाचा अन्योलमै

काठमाडौं । विभिन्न देशले कोरोना संक्रमण रोकथामका लागि अति आवश्यक मानिएको खोप खरिद वा अनुदान उपलब्ध गराउने प्रतिबद्धता अन्योल बनेको छ । हालसम्म अमेरिका,...

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा । बाँकेमा कोरोनाको उपचार हुँदै आएको भेरी अस्पताल र शिक्षण अस्पतालमा थप आठ सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा चार र...

राष्ट्रिय सहकार्यको खाँचो

कोरोना महामारीको रोकथामलाई प्रभावकारी बनाउन र देशलाई नियमित गतिविधिमा प्रवेश गराउन अझै पनि राष्ट्रिय सहकार्यको जरुरी छ । सिंगो देश लकडाउनमा रहेको अवस्थामा आन्तरिक...

राजमार्गमा बाघको ‘क्याटवाक’ !

बर्दिया । लकडाउन भएयता राजमार्गमा सवारीसाधन खासै गुडेका छैनन् । राजमार्गमा सवारीसाधनको चाप नभएपछि निकुञ्जका वन्यजन्तु दिनहुँजसो राजमार्गमै देखिन थालेका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज...

पत्रकार डेकेन्द्रका हत्या आरोपित पुर्पक्षका लागि थुनामा

दैलेख । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य आरोपितमध्येका एकलाई जिल्ला अदालत दैलेखले मङ्गलबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । पत्रकार थापाको हत्यामा...

इंग्ल्यान्ड–पाकिस्तान सिरिज हुने दाबी

कराँची । इंग्ल्यान्डको भ्रमणमा जाने पाकिस्तानी २९ खेलाडीमध्ये १० जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ रिपोर्ट आएको छ । यी खेलाडीमा कोरोनाको लक्षण देखिएको छैन...

नेपाली शासनमा देखिएका संस्थागत चुनौती

नेपालको राजनीतिक इतिहास अध्ययन गर्दा यसले सरदर १० वर्षमा एउटा संविधान प्राप्त गरेको छ । कोतपर्वदेखि माओवादी द्वन्द्वसम्म आइपुग्दा धेरैवटा रक्तरञ्जित राजनीतिक घटनाक्रम पार...

सांसद जयपुरी घर्तीले पठाइन् गृह जिल्लामा स्वास्थ्य सामाग्री

काठमाडौँ । सांसद जयपुरी घर्तीले स्वास्थ्यजन्य सामाग्रिीगृह जिल्ला रोल्पा पठाएकी छिन् । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति समेत रहेकी घर्तीले रोल्पाका लागि २...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)